स्थानीय समाचार

नेपाल भाषाका साहित्यकारको पुस्तक प्रकाशन गरिने


काठमाडौँ । भूकम्पबाट क्षति भएको नेपाल भाषा परिषद्को भवनको पुनःनिर्माण गर्न पहल भइरहेको छ ।

भवनको पुनःनिर्माणका लागि भारतीय राजदूतले अभिरुचि देखाएको र त्यसका लागि आफूले प्रस्तावपत्र पठाइसकिएको परिषद्का सचिव नवीन चित्रकारले जानकारी दिनुभयो ।

नेवार समुदायको साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको परिषद्को भवन पुरानो डिजाइनमा कुनै परिवर्तन नगरी निर्माण गर्ने योजना रहेको उहाँको भनाइ छ ।

स्वदेशी तथा विदेशीलगायत गैरनेवार समुदायका लागि अध्ययन तथा अनुसन्धानको केन्द्रका रुपमा रहेको सो परिषद्ले विशेष गरी नेपाल भाषाको साहित्यको विकासका लागि निरन्तर काम गर्दै आएको छ ।

नेपाल भाषाको क्षेत्रमा उल्लेखनीय योगदान गरेका कविकेशरी चित्तधर हृदयका नाममा ‘चित्तधर सिरपा’,नेपाल भाषाका क्षेत्रमा उल्लेखनीय सेवा गर्नुभएका नेत्री मोतीलक्ष्मी उपासिकाका नाममा ‘मोतीलक्ष्मी सिरपा’, केशवलाल कर्माचार्य सिरपा तथा ठाकुरलाल सिरपा दिने प्रबन्ध पनि बर्सेनि हुँदै गएको छ ।

परिषद्को अगुवाइमा चित्तधर हृदय सङ्ग्रहालयको स्थापना, स्वदेशी तथा विदेशी विद्वान् आमन्त्रण गरी समय समयमा कवि गोष्ठी, अन्तक्र्रिया तथा साहित्यिक कार्यक्रम पनि हुँदै आएको छ ।

परिषद्ले नेपाल भाषाका क्षेत्रमा विभिन्न १०० भन्दा बढी महत्वपूर्ण पुस्तक पनि प्रकाशनमा ल्याइसकिएको छ । निकट भविष्यमा नेपाल भाषाका वरिष्ठ साहित्यकारको पुस्तक पनि प्रकाशन गरिने सो परिषद्ले जनाएको छ । रासस

 

आइत, पुस १९, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

समिट होटलको ३८ औ बार्षिक उत्सब भब्य रुपमा सम्पन्न

हरेक बर्ष सेक्टेम्बर १५ तारिकका दिन यस समिट होटलको ३८ औ बार्षिक उत्सब मा समिट होटलको आयोजनामा भएको ४ कि.मि.दौड प्रतियोगितामा पुरष ३८ र महिला ११ गरि जम्मा ४९ जनाको सहभागितामा भएको दौड प्रतियोगितामा पुरष तर्फ़ प्रथम बुद्ध घिसिंग, दोस्रो बाबुराम राई, तेस्रो शंकर आचार्य...

गोंगबुको सांस्कृतिक सम्पदाहरु

गोंगबु क्षेत्रका गणेश मन्दिरहरु  १) बीच विनायक २)जल विनायक ३)कार्य विनायक ४)शिध्दी विनायक गोंगबु क्षेत्रका पाटीहरु  १)बकैना पाटी २)कलकत्ते पाटी ३)नेवा छ्य पाटी ४)सांख टी ख्वाउने पाटी गोंगबु क्षेत्रका इनारहरु  १)गणेशस्थान नेरको इनार (हाल लोप भैसकेको छ ) २)ग्वाराको जग्गाको इनार (हाल लोप भैसकेको छ ) ३)नाति मानान्धरको घरनेरको इनार ४)बिज्ञान लोहनीको घरनेरको इनार ५)नेवा छेको इनार गोंगबु क्षेत्रका कुवाहरु  १)चन्द्र बहादुरको घरनेरको कुवा २)सार्की...

उग्रचण्डी नालाको गाईजात्रा परम्परा

गाईजात्रा नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । नेवार समुदायबाट यो संस्कृतिको बिकाश सुरू भएको जात्रा हो । नेवार समुदायमा यो चाडलाइ सापारु भनिन्छ । नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी...

बालबिबाह र जातीय छुवाछुत बिरुद्ध नाटक प्रर्दशन हुने

तमानखोला गाँउवालीका ४ लाम्मेला मा बालबिवहा र जातिय छुवाछुत बिरुद्ध नाटक प्रर्दशन हुने भएको छ ।। लाम्मेला परिर्वनशिल समुह काठमाण्डौ ले आज एक कार्यक्रम को आयोजना गरि आफ्नो आगामि दशैको समापन र तिहारको पूर्बसन्ध्यामा हुने कार्यक्रम को प्रर्पोजल सार्वजनिक गरेको छ । माधब छन्त्याल को...

बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आइतबारदेखि शुरु

साउन, भक्तपुर । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आइतबारदेखि शुरु भएको छ । नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ ।   गुँला पर्वको अवसरमा विशेषगरी नौँ बाजा बजाउने प्रचलन...

तीन युवाहरुको नयाँ अभियान

काठमाडौं । नेपालबाट विदेश पलायन हुने युवाहरुको संख्या बढ्दो छ । नेपालमा रहेका सिमितता तथा समस्याहरुलाई कारण मान्दै सुनौलो भविष्यको खोजीमा उनीहरु विदेश गइरहेका छन्। तर, सुलभ मल्टिपर्पोज सर्भिसका सञ्चालक दोय सालिकराम गिरी कुमार धिताल तथा सुमन भारति भने नेपालमा पनि विदेशमा जस्तै संघर्ष गर्ने हो...