प्रमुख समाचार समाचार

भारतीय मालवाहक गाडीको ठक्करबाट दुईको मृत्यु


विराटनगर  ।

भारतीय मालवाहक गाडी (लरी)ले मोटरसाइकललाई ठक्कर दिँदा आज अपराह्न विराटनगरमा दुई जनाको मृत्यु भएको छ ।

विराटनगर–१७ बस्ने ६० वर्षीय पवन यादवको घटनास्थलमै मृत्यु भएको र पछाडि सवार सप्तरीको मल्हनीया बस्ने वर्ष ६२ का सरजु यादवलाई नोबेल अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

कोसी राजमार्गमा उत्तर दिशाबाट दक्षिणतर्फ आउँदै गरेको एनएलओ १ डी ३३३० नम्बरको गाडीले को १० प ९७५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । रासस

 

आइत, पुस १९, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली २० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गर्दै अमेरिका

६ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार साँझ अमेरिका प्रस्थान गरेका छन् । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली २० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गर्दै अमेरिका गएका हुन् । टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका...

सरकारले पोर्न साइटमाथि प्रतिबन्ध लगाउने

असोज,काठमाडौं । सरकारले पोर्न साइटमाथि प्रतिबन्ध लगाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट यौनजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतिवन्ध लगाउन निर्देशन दिएको छ । दूरसञ्चार प्राधिकरण नियामक निकाय हो । मुलुकी अपराध संहिता २०७४को दफा १२१ तथा अन्य प्रचलित कानुनले यौनजन्य...

नेपालको संविधान, नेपाली कानूनको स्रोत, दस्तावेज मात्रै नभएर सारा नेपालीको सामूहिक चाहना –प्र.म.ओली

असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान सामूहिक चाहना समेटिएको साझा दस्तावेज भएको बताएका छन् । उनले संविधानले नेपाललाई बलियो, समृद्ध र मर्यादित बनाउने विश्वाससमेत व्यक्त गरे । ‘नेपालको संविधान, नेपाली कानूनको स्रोत, दस्तावेज मात्रै नभएर सारा नेपालीको सामूहिक चाहना समेटिएको साझा दस्तावेज हो’,...

बिम्स्टेक सदस्य राष्ट्रहरुका सेनाहरुको संयुक्त सैन्य अभ्यास शुरु नेपाल अन्तिम समयमा ब्याक

काठमाडौं:  भारतको पुणेमा सोमवारदेखि बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रहरुका सेनाहरुको संयुक्त सैन्य अभ्यास शुरु भयो। सो सैन्य अभ्यासमा नेपाल अन्तिम समयमा ब्याक भयो। नेपालको यो निर्णयसँगै भारतले असन्तुष्टि व्यक्त गरेको छ। प्रतिवद्धताका बाबजुद पनि अन्तिम समयमा नेपाल सैन्य अभ्यासबाट...

पशुपति र स्वयम्भूका बाँदरमा भएको क्यान्सरले मानिसलाइ सर्ने खतरा

भदौ, काठमाडौं । स्वयम्भू र पशुपतिका बाँदरहरुमा झाडापखाला फैलाउने जीवाणु देखिएको छ । बाँदरको दिसामा पाइएको क्याम्पिलो ब्याक्टेरिया मानिसमा सर्ने जोखिम रहेको र त्यो सरे आन्द्राको क्यान्सरसम्म हुने जानकारहरु बताउँछन् । स्ययम्भू र पशुपति क्षेत्रका धेरै बाँदरहरु बिरामी भएको जानकारी पाएपछि सेन्टर फर मनिक्युल डाइनामिक नेपाल...

चीन भ्रमणमा रहेका सभामुख महराले ल्हासामा सचिव यु यिंग्जेसँग शुक्रबार शिष्टाचार भेटवार्ता

भदौ, ल्हासा । सभामुख कृष्णबहादुर महरा र चीनको तिब्बत स्वशासित प्रदेशका कम्युनिष्ट पार्टीका सचिव यु यिंग्जेबीच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका सभामुख महराले ल्हासामा सचिव यु यिंग्जेसँग शुक्रबार शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा सभामुख महराले नेपालले लिएको विकास र समृद्धिको लक्ष्यमा चीन सरकारको...