उर्जा

चिनी उद्योगबाट सय मेगावाट विद्युत् उत्पादन गफमै सीमित


काठमाडौं– नेपालका चिनी उद्योगहरुबाट उत्पादन हुन सक्ने सम्भावना रहेको करिब ८० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने विषयमा सरकार उदासिन देखिएको छ।

ppppppppp1.jpg

करिब एक दशकअघिदेखि छलफलमा रहेको यो विषयमा गतवर्ष अघिल्लो सरकारको मन्त्रिपरिषद्ले नीतिगत निर्णय गरेको थियो । चिनी उद्योगहरुबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न सकिने उद्योग मन्त्रालयको प्रस्तावलाई तत्कालिन मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो। तर, हालसम्म उक्त विषयमा ठोस काम अघि बढ्न सकेको छैन।

‘देशभरका ११ ओटा चिनी उद्योगबाट कुल ८२ मेगावाट विद्युत् उत्पादन हुन सक्ने अनुमान गरेर केही समयभित्रै ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न सकिने देखिएको थियो,’ तत्कालिन उद्योगमन्त्री महेश बस्नेतले भने, ‘उद्योगीहरु पनि विद्युत् उत्पादन गर्न सहमत हुनुभएको थियो। तर, सरकार परिवर्तनपछि यो विषयमा के प्रगति भएको छ मलाई जानकारी भएन।’ विद्युत् ऐन २०४९ ले चिनी उद्योगको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने विषयमा कुनै परिकल्पना नगरेकोले सरकारी निर्णयकै आधारमा विद्युत् प्राधिकरणले सम्झौता गरेर उद्योगसँग उत्पादित बिजुली किन्न सक्ने गरी तत्कालिन सरकारले उद्योग मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको उनको भनाइ छ। खास गरी हिउँदको ५ महिना सञ्चालन हुने चिनी उद्योगहरुले उत्पादन गर्ने विद्युत् विद्युत् प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा खरिद गर्न सकिने विषयमा यसअघि छलफल हुँदै आएको थियो।

वर्तमान सरकारका बहालवाला उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पनि चिनी उद्योगहरुको विद्युत् खरिदका विगतमा अघिल्लो सरकारले अघि बढाएको योजनालाई आफूहरुले पनि निरन्तरता दिइरहेको बताएका छन्। ‘एउटा उद्योगबाट ४ देखि ५ मेगावाटसम्म विद्युत् उत्पादन गर्न ४ ओटा उद्योगहरु इच्छुक देखिएका छन्,’ मन्त्री पाण्डेले भने, ‘अन्य उद्योगलाई पनि हामीले विद्युत् उत्पादनका लागि प्रोत्साहित गरिरहेका छौं।’

चिनी उद्योगको विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि जर्मन सहयोग नियोग(जीआईजेड)ले सहयोग गर्ने इच्छा देखाइरहेको छ । त्यस्तै, अन्तराष्ट्रिय वित्त निगम(आईएफसी)ले पनि यस कार्यका लागि आर्थिक सहयोग गर्न इच्छा जनाइरहेको छ। हाल मधेसमा भइरहेको बन्दहड्तालका कारण चिनी उद्योग सञ्चालन हुन सकिरहेका छैनन्। कतिपय चिनी उद्योगले कृषकलाई दिनुपर्ने भुक्तानी नै बाँकी राखेका छन्। चिनी उद्योग सञ्चालन गर्न र ती उद्योगहरुबाट उत्पादन हुन सक्ने विद्युत् उत्पादन गर्ने विषयमा पहल थाल्न आफूले नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसँग आग्रह गरेको मन्त्री पाण्डेले बताए। ‘मैले आजै मात्र उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसँग यस विषयमा छलफल गरेको छु,’ उनले भने।

चिनी उद्योगले उखुलाई पेलेर सर निकाली चिनी बनाउँछ भने सुक्खा खोइलालाई बालेर उखुको रस तताउने काम गर्छ । पेलेर सर निकालिसकेको त्यही खोइलालाई बालेर बाफ(स्टिम) उत्पादन गर्न सकिन्छ । खोइलालाई उच्च क्षमताको ब्वायलर(पानी तताउने संयन्त्र)मा राखी उत्पादन गरेको बाफले विद्युत् टर्वाइनहरु घुमाएर विद्युत् उत्पादन गर्न सकिन्छ।

भारतकै चिनी उद्योगहरुको उदाहरणलाई लिने हो भने भारतभर रहेका करिब २ सय २५ चिनी उद्योगहरुले कुल २ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गरिरहेका छन्। त्यस्ता चिनी उद्योगहरुले आफ्नो लागि आफैले उत्पादन गरेको विद्यूत् उपभोग गर्छन् । र, राष्ट्रिय प्रसारणमा बिक्री गर्न व्यवसायीक रुपमा पनि विद्युत् उत्पादन गर्दै आएका छन् । चिनीका साथै सह उत्पादनको रुपमा उत्पादन गरिने विद्युत्ले त्यहाँका चिनी उद्योगहरुले मनग्ये लाभ लिइरहेका छन् भने मुलुकको उर्जा संकट समाधानका लागि पनि योगदान गरेका छन् । चिनीको सह–उत्पादनका रुपमा विद्युत्, इथानोल, स्प्रिट, मदिराजस्ता अनेक उत्पादन दिन सक्ने चिनी उद्योगलाई भारत सरकारले पनि उच्च प्राथमिकता दिइरहेको chha

सोम, पुस २०, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

सरकारले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना आन्तरिक स्रोत परिचालन गरेर निर्माण गर्ने घोषणा

जेठ, काठमाडौं । चिनियाँ कम्पनीलाई निर्माणको जिम्मा दिइएको पश्चिम सेती जलविद्युत आयोजना आन्तरिक स्रोतबाटै बनाउने अर्थमन्त्री डा. युवराज खतिवडाको घोषणालाई सरकारकै अर्को निकाय लगानी बोर्डले खण्डन गरेको छ । अर्थमन्त्री खतिवडाले जेठ १५ मा सार्वजनिक गरेको आर्थिक वर्ष ०७५/०७६ को बजेटमार्फत सरकारले ७५० मेगावाटको पश्चिम सेती...

दुई पेट्रोल पम्पमा सिलबन्दी

नेपाल सरकारले मापदण्ड विपरित काम गर्ने दुई पेट्रोल पम्पलाई सिलबन्दी गरेको छ । सोमबार बिहान उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, मातहतका आयल निगम र गुणस्तर तथा नापतौल विभागले राजधानीका विभिन्न पेट्रोल पम्पमा अनुगमन गर्दा मापदण्ड विपरित काम गरेका प्रशान्ति आयल स्टोर एकान्तकुना र ललितपुरको सातदोबाटो...

बहुप्रतिक्षित मेलम्ची खानेपानी अायाेजनाकाे सुरुङमार्ग खन्ने काम पूरा

बहुप्रतिक्षित मेलम्ची खानेपानी अायाेजनाकाे सुरुङमार्ग खन्ने काम पूरा भएकाे छ । अब सुन्दरीजलबाट मेलम्ची हेडवर्क्ससम्म सुरुङभित्रैबाट पुग्न सकिने आयोजनाले जनाएको छ । मेलम्ची खानेपानी विकास समितिले २६ किलोमिटर लामो सुरुङ खनिसक्ने कामलाई ऐतिहासिक उपलब्धि भनेको छ । आगामी २०७५ सालको दशैँ अगाडि नै मेलम्ची नदीबाट दैनिक १७...

१११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरको काम द्रुत गतिले अगाडि

चैत, रसुवा । उत्तरी रसुवाको टिमुरे तथा थुमन क्षेत्रमा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरको काम द्रुत गतिले अगाडि बढेको छ । हाइड्रोपावरका आयोजना प्रमुख छवि गैरेका अनुसार विद्युत्गृहमा पानी पठाइने चार हजार २०० मि हेडरेस सुरुङको लम्बाइमध्ये हालसम्मको निर्माण ७७ प्रतिशत पूरा भएको छ ।   खन्न...

नेपाल नापतौल तथा गुणस्तर विभागले काभ्रेका तीन वटा ग्यास उद्योग बन्द गर्न निर्देशन

पुस, काभ्रे । नेपाल नापतौल तथा गुणस्तर विभागले काभ्रेका तीन वटा ग्यास उद्योग बन्द गर्न निर्देशन दिएको छ । शुक्रबार अनुगमनमा आएको विभागको टोलीले जिल्लामा सञ्चालित तीन वटै ग्यास उद्योग सञ्चालनमा रोक लगाएकोहो ।   बनेपा १० स्थित थापा गाउँमा रहेको सगरमाथा ग्यास उद्योग (सगर ग्यास) सूर्य...

घरमा उत्पादित सौर्य बिजुलीको मूल्य ७ रुपैयाँ ३० पैसा बढी भएको बिजुली प्राधिकरणलाई

काठमाडौं । घर-घरमा उत्पादित सौर्य ऊर्जाको मूल्य प्रतियुनिट सात रुपैयाँ ३० पैसा तय भएको छ । घरमा उत्पादित सौर्य ऊर्जा बढी भएमा घरधनीले विद्युत प्राधिकरणलाई बिक्री गर्नसक्ने छन् ।   घर-घरमा खपत हुँदै आएको बिजुलीभन्दा बढी सौर्य ऊर्जा खरिद गर्ने कार्यविधि ऊर्जा मन्त्रालयले तयार पारेको हो । त्यससँगै...