facebook

फेसबुकबाट काउली र खसीबाेका बेच्छन् टिकाेटका बासिन्द/


बाबियाचौर (म्याग्दी)– जिल्लाको ग्रामीण क्षेत्र टिकोटका बासिन्दाले इन्टरनेट फेसबुकलगायत सामाजिक सञ्जालको सहायताले कृषि उपजको बजारीकरण गर्न थालेका छन्।

टिकोटका किसानले सामाजिक सञ्जाल फेसबुकमा आफूकहाँ उत्पादित कृषि उपजको बारेमा पोस्ट गरेपछि बजारका व्यापारीले सोही माध्यमबाट सम्पर्क र मोलमोलाई गर्न थालेका छन्। ताररहित प्रविधिको इन्टरनेट सुविधा उपलब्ध यहाँका किसान घरमै बसेर आलु, बन्दागोभी, काउली, गोलभेँडा, खसीबोका र खरायोको बजारीकरण गरिरहेका छन्।

‘फेसबुकमा आफूसँग भएको उपजको तस्बिर र मात्रा उल्लेख गरेर पोष्ट गरेपछि पोखरा र बेनीका व्यापारीले माग गर्छन्,’ स्थानीय किसान डिलमाया अर्मजाले भने, ‘फेसबुकबाट प्रचार र फोनबाट मोलमोलाई गरेर गाडी र ट्याक्टरमा सामान बजारमा पठाउँछौ।’

हिस्तान गाविस– ४, ५ र ६ मा पर्ने २०० घरधुरीको बसोवास रहेको टिकोटमा रासायनिक मल र बिषादीको प्रयोग नगरिकनै आलु, साग, बन्दागोभी र काउलीखेती गरिन्छ। यसैगरी घरघरमा स्थानीय जातका बाख्रा र खरायो पनि पालेका छन्। यहाँबाट वार्षिक रु. दुई करोड बराबरको कृषि उपज बेनी र पोखरा निकासी हुन्छ। हातहातमा मोबाइल र घरघरमा निःशुल्क वाइफाई इन्टरनेट सेवा उपलब्ध भएपछि डोकोमा सामान बोकेर बजारका पसल/पसल डुलाउँदै हिँड्नुपर्ने समस्याबाट कृषकले मुक्ति पाएका स्थानीय टिकोट माविका प्रधानाध्यापक प्रदीप पुनको भनाइ छ।

‘सूचना प्रविधिले यहाँका बासिन्दामा अद्भूत परिवर्तन ल्याएको छ,’ उनले भने, ‘कृषि उपज बजारीकरण मात्र होइन देश विदेशमा रहेका आफन्तसँग फेसबुक, भाइबर, स्काइपको माध्यमबाट सूचना, सन्देश आदानप्रदान समेत गर्छन्।’ इन्टरनेटको सहायताले टिकोटमा रहेको सामुदायिक उपचार केन्द्रमा टेलिमेडिसिन सेवा समेत सञ्चालनमा ल्याइएको छ। प्रत्येक बिहान ८ देखि ९ बजेसम्म मोडल अस्पताल काठमाडौँका चिकित्सकले टेलिमेडिसिनमार्फत स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गरेका छन्।

यसैगरी अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको भ्रमणमा आउने पर्यटक पनि पृष्ठभूमिमा देखिने हिमालको दृष्यमा रमाउँदै इन्टरनेट चलाउन पाउँदा दङ्ग परेका छन् । टिकोटमा सामाजिक कार्यकर्ता महावीर पुनको प्राविधिक सहयोगमा ताररहित इन्टरनेट सेवा विस्तार गरिएको हो। रासस

 

सोम, पुस २०, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अरु कुनै रहर छैनन् सान्तानहरु सक्षम भएको देख्ने मृत्युसंग सेल्फी फोटो खिचेर फेसबुकमा पोस्ट गर्ने अनि मन नपर्नेहरुलाइ पनि( RIP) हार्दिक श्रद्धाञ्जली लेख्न बाध्य पार्ने ! ...

अंग्रेजीमा गो भनेको :- जानु नेवारीमा वा भनेको :- आऊनु :- गोवा गोवा सम्मेलन भनेको त्यस्तै हो , जानु र आऊनु मात्रै अर्थहीन !!!!! ...

रसुवाली कबि

मासु नखा भन्ने मान्छेहरुले त कमसेकम आफु पनि यो धर्तीमा एकदिन रहन्न भन्ने त सोच्नुपर्छ नि ! । ठिकै छ ईको सिष्टम त नबुझे पनि प्रकृति कसरी चलिरहेको छ भन्ने कुरा त था हुन्छ नि महानुभावहरु ! बाघ, स्याल, सिहंले मासु नखाए कसरी बाच्छँ ...

गुप्त बहादुर श्रेष्ठ

सुरक्षाकर्मी र सर्वसाधारणको नृशंस हत्या गर्नेहरुलाई राजनीतिक आवरणमा आममाफी दिने गल्ती यो सरकारले भुलेर पनि नगरोस् । ...

गायक संजय श्रेष्ठ

एउटा सनकीले सलाइन बाट ग्लुकोज चढाएर शरीरमा चाहिने आवस्यक तत्व प्राप्त गर्दै भोकै बसेको भन्दै “आमरण अनशन ” को आठ शृङ्खला पार गर्दासम्म उसको वरिपरि अस्पतालका प्राय सबै डाक्टरहरु हामी साथमा छौ भन्दै उसको सुरक्षामा अहोरात्र खटिने , तर अहिले त्यही अस्पतालमा एउटा गरिबको छोराले...

Pratap Tamrakar

हाम्रो कला र संस्कृति, हाम्रो पहिचान र चिनारी, जोगाअौं सबै मिली साथसाथमा हातेमालो गर्दै, पनौती परिक्रमा अाफ्नोपनको अात्मीयता भर्दै। पनौती गुंलाबाजा परिक्रमामा हामी सबै साथसाथ होअौं। ...