समाचार

महिलाको शरीरभित्रै बन्छ रक्सी, सधैभरी नसामा लठ्ठ


mapase
उनलाई अल्कोहलको नसा लाग्नका लागि कुनै रक्सी पिइरहनु पर्दैन । रक्सीको थोपा नखाइकन पनि उनी सधै रक्सीकै नसामा हुन्छिन् । त्यसैले उनलाई ट्राफिक पुलिसले पटक पटक मापसेको आरोपमा पक्राउ पनि गर्‍यो । जाँचका क्रममा उनको रगतमा सवारी चालकको कानूनी सिमा भन्दा ४ गुणा बढि अल्कोहल पाइएपछि उनलाई मापसे गरेर सवारी हाँकेको आरोपमा कारवाही अगाडि बढाउनुको विकल्प थिएन ।

तर रगतमा रक्सीको मात्रा गाडी चलाउन मिल्ने मात्राभन्दा ४ गुणा बढि हुँदा पनि यी महिलाले सफाइ पाइन् । कारण, उनले रक्सी खाएर गाडी चलाएकी थिइनन् । उनको सरीरले आफै रक्सी उत्पादन गरिरहेको हुन्छ । यहीँ यथार्थ बुझेर न्यायाधीशले उनीमाथिको अभियोग खारेज गरिदिए र उनलार्य सफाइ दिए ।

अमेरिकाको न्युयोर्ककी ती नाम नखुलाइएकी महिलाका वकिल जोसेफ मारुसकका अनुसार ती महिलाको सरीरमा आफै अल्कोहलको स्तर बढ्ने प्रमाणित भएपछि न्यायधीशले उनीमाथिका सबै आरोप खारेज गरिदिएका हुन् ।

वास्तवमा ती महिला अटो ब्रुअरी सिन्ड्रोम नामक रोगबाट पीडित छिन् । यो रोगका कारण सरीरमा आफै अल्कोहल उत्पादन हुन्छ र रगतमा अल्कोहलको मात्रा विस्तारै बढ्दै जान्छ ।

ब्रेथलाइजरबाट जाँचका क्रममा मापसे गरेर ट्राफिक नियम तोडेको आरोपमा उनलाई न्युयोर्कको ह्यामबर्गबाट पक्राउ गरिएको थियो र उनीमाथि मुद्धा दायर गरिएको थियो । तर उनका वकिलले ती महिलाको स्वास्थ्य समस्याको बारेमा चिकित्सा प्रतिवेदन पेश गरेपछि सोही प्रमाणको आधारमा न्यायाधीशले उनलाई सफाइ दिएका हुन् ।

यो रोग निकै दुर्लभ रोग हो जसमा पेट तथा आन्द्रामा पाइने ढुसीले खानामा हुने कार्बोहाइड्रेटलाई इथालोन अल्कोहमा बदल्छ । अरु सामान्य व्यक्तिकोे ज्यानै समेत खतरामा पर्ने अल्कोहलको स्तर रगतमा पुग्दासम्म पनि यो रोग भएका मानिसहरुमा रक्सीको खासै असर देखापर्दैन ।

 

सोम, पुस २०, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बाग्मती पुलनजिकैको विजुलीको पोलमा उक्त संकास्पद बस्तुमा ‘खतरा’ लेखेर झुन्ड्याइए

काठमाडौं–तीनकुनेको प्रहरी कार्यालय नजिकै पोलमा बमजस्तै बस्तु फेला परेपछि यस क्षेत्रमा मंगलबार विहान ११ बजेपछि ठूलै आतंक मच्चियो । प्रहरीले तीनकुनेको बागमति पुल पारि र वारी सवारी साधन रोकेर त्यस क्षेत्रलाई सिल ग¥यो । त्यसपछि सेनाले रिमोटबाट चल्ने रोबोट पठाएर उक्त संकास्पद वस्तुको जाँच गरेको...

भ्यालेनटाइन डे को अवसरमा स्पर्श सार्वजानीक

प्रकाश पुष्पक राई २९ माघ, २०७४ काठमाण्डौ । जेनिथ शर्माको लेखन तथा निर्देशनमा एबि पिक्चर्स फार्मको पोष्ट प्रोडक्सनमा स्पर्श नामक टेली चलचित्र (सर्ट मुभी) सार्वजानीक गरिएको छ । हाम्रो देश नेपालमा नव पुस्तालाई समेत यो भ्यालेनटाइन डे को असर परेको छ । एक दशक अगाडी रोमको भ्यालेन...

प्रदेश तीनका ११० प्रतिनिधि हेटौंडामा, शिक्षा निर्देशनालयमा सपथ

७ माघ, हेटौंडा । काठमाडौंसहित प्रदेश नम्बर ३ का १३ जिल्लाका प्रदेशसभा सदस्यहरु हेटौंडामा भेला भएका छन् । प्रदेश ३ को अस्थायी मुकाम हेटौंडामा कायम भएपछि प्रदेशसभा सदस्यहरु यहाँ भेला भएका हुन् । प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई क्षेत्रीय शिक्षा निर्देशनालयको हलमा सपथ...

किन पछाडि प्वाल परेको पाइन्ट लगाउँछन् चिनियाँ बच्चा ?

यदि तपाईले बालबालिकाले सार्वजनिक स्थानमा खुलेआम उठेर दिसा गरिरहेको देख्नु भयो भने के सोच्नु हुन्छ ? तर, चीनमा भने यो सामान्य कुरा हो । बालबालिकालाई हिडडुल गर्न कुनै अफ्ठ्यारो नहोस् भनेर अधिकांश मानिस एक किसिमको परम्परागत लुगा लगाइदिन्छन्, जसलाई चिनियाँ भाषामा ‘कई डांग कू’ भनिन्छ ।   यो...

बनेपामा टिपरको ठक्करबाट घटनास्थलमै मृत्यु

आज  बिहान करिब ८.३० मा कंचनपुर कि बिमला नाम गरेकी स्कुटिमा आएकी एक युबतीको बनेपाको जनागाल,सेटाेपाटि नजिक टिपरको ठक्कर बाट मृत्यु भएको छ।रातो रंगको स्कुटी ३७३२ नम्बरको रहेको छ / मृतकले निलो ज्याकेट र निलो नै पाइन्ट लगाएको छ / सो क्षेत्रमा अत्यधिक बेगले गर्दा...

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर मनाइँदै

पुस, काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सव आज नेपालसहित विश्वभर मनाइँदै छ । येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा संसारभर विशेष महत्वका साथ क्रिसमस पर्व मनाइन्छ ।   ‘क्रिसमस डे’ भनिने आजको दिनमा नेपाल सरकारले सार्वजनिक विदा दिएको छ । ख्रीष्टमसका अवसरमा आज देशभरका...