प्रमुख समाचार

सप्तरीमा गोली हानेर प्रहरी असईको हत्या


सप्तरीमा प्रहरी सहायक निरीक्षक (असई) हत्या भएको छ । जिल्लाको भारतीय सिमावर्ती गाउँ झुटकी प्रहरी चौकीका इन्चार्ज समेत रहेका असई रमेश सुब्बामाथि सोमबार साँझ ६ बजेतिर गोली प्रहार भएको थियो ।

Ramesh-Subbaछाती तथा तिघ्रामा एक/एक गोली गोली लागेका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको हो ।

गस्तीमा निस्केको बखत प्रहरी चौकी नजिकै दुई वटा भारतीय नम्बरको मोटरसाइकलमा आएका व्यक्तिहरुले उनीमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी प्रमुख एसपी भीम ढकालले जानकारी दिए ।

झापाको भद्रपुर नगरपालिका वडा नम्बर १० निवासी सुब्बा ३५ बर्षका थिए । भद्र प्रहरीको रुपमा चिनारी बनाएका सुब्बाको कसैसँग कुनै किसिमको रिसइबी समेत नरहेको प्रहरी स्रोतको भनाइ छ ।

सुब्बा इन्चार्ज रहेको प्रहरी चौकीमा १६ जना प्रहरीको दरबन्दी थियो । घटनापछि त्यहाँका सम्पूर्ण प्रहरीलाई इलाका प्रहरी कार्यालय बोदे बर्साइनमा सारिएको छ ।

अहिले झुटकी आसपासको क्षेत्रमा व्याप्क प्रहरी परिचालन गरिएको छ । ‘अहिले त्यस क्षेत्रमा प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरिएको छ’ जिल्ला प्रहरी प्रमुख एसपी ढकालले भने-हत्याराको तिब्र गतिमा खोजी भइरहेको छ

सोम, पुस २०, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

चीन भ्रमण गर्न पूर्वप्रधानमन्त्रीहरूले यस्तो सुझाव दिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समृद्धिको सपना साकार हुने गरी विगतमा भएका सम्झौताको कार्यान्वयन र आर्थिक विकासमा केन्द्रित रही चीन भ्रमण गर्न पूर्वप्रधानमन्त्रीहरूले सुझाव दिएका छन् । आसन्न चीन भ्रमणबारे जानकारी दिन र सुझाव लिन प्रधानमन्त्री ओलीले आइतबार आयोजना गरेको छलफलमा समृद्धिका सपना पूरा...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले ‘बृहत्’ सम्झौता-पत्रमा हस्ताक्षर

सिंगापुर — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले ‘बृहत्’ सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार सिंगापुरमा कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउन भएको ऐतिहासिक शिखर वार्ता पछि दुई नेताले सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन् । यद्यपी सम्झौताका बुँदाहरु भने सार्वजनिक गरिएको...

मुख्यमन्त्री डोरमणि पौडेलले आउँदो १० वर्षमा पेट्रोलियम पदार्थबाट चल्ने गाडी हटाउने दावी

 जेठ, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आउँदो १० वर्षमा मुख्य शहरबाट पेट्रोलियम पदार्थबाट चल्ने गाडी हटाउने दावी गरेका छन् । बिहीबार प्रदेशसभा बैठकमा आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिंदै उनले यो योजना काल्पनिक नभइ यथार्थमा परिणत गरेर देखाउने...

सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुको अन्तरिक्रया हेटौंडामा शुरु

 जेठ, हेटौंडा । सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुको अन्तरिक्रया हेटौंडामा शुरु भएको छ । सातै प्रदेशका कामहरुमा एकरुपता ल्याउन र सहकार्यको वातावरण निर्माण गर्न प्रदेश ३ को आन्तरिक मामलिा तथा कानून मन्त्रालयले छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । ...

प्रचण्ड बिहीबार काभ्रेको बनेपा नगरपालिका ३ नालामा आफ्नो पुर्खौली घर खोज्दै आइपुगे

जेठ, काभ्रे । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार काभ्रेको बनेपा नगरपालिका ३ नालामा आफ्नो पुर्खौली घर खोज्दै आइपुगे । आउँदा उनले वडा अध्यक्ष केपी दाहाललाई सोधे ‘यहाँ कुन कुन जातका मान्छे बस्छन् ?’ प्रचण्डले दाहालको अनुहारले नै चिनिने भन्दै आफू भने दाहाल एकतामा मात्रै नभएर...

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नुअघि शीर्ष नेताहरुले बिरुवा रोपेका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा बिरुवा रोपेर...