शिर्ष समाचार

पूर्वअर्थमन्त्री डा. रामशरण महत उत्कृष्ट अर्थमन्त्री २०१६ घोषणा


लण्डनस्थित द फाइनान्सियल टाइमको सहप्रकाशन दि बैंकर म्यागेजिनले प्रत्येक बर्ष दिदै आएको यो पुरस्कार यसपटक डा.महतलाई प्रदान गर्ने घोषणा गरेको हो ।

केही हप्ताभित्रै लण्डनमा विशेष कार्यक्रमको आयोजना गरी डा.महतलाई उक्त पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

आफ्नो ९०औं वाषिर्कोत्सवका अवसरमा विश्वभरका बैंकर तथा अर्थशास्त्रीहरुबीच सर्बेक्षण गरी दि बैंकरले डा . महतलाई एसिया प्रशान्त क्षेत्रका मुलुकहरुमध्ये उत्कृष्ट अर्थमन्त्री र समग्र विश्व क्याटेगोरीमा पनि उत्कृष्ठ अर्थमन्त्री घोषणा गरेको हो ।

बैंकरले विगत १४ बर्षदेखि उत्कष्ठ अर्थमन्त्री र उत्कष्ठ गभर्नर पुरस्कार प्रदान गर्दै आएको छ । बैंकरका अनुसार, डा.महत एसिया प्रशान्त क्षेत्र र विश्व क्याटेगोरीमा उत्कृष्ट अर्थमन्त्री पुरस्कार पाउने दक्षिण एसियामै पहिलो हुन् ।

नेपालको अर्थतन्त्रमा गरेको सुधार र विशेषगरी भूकम्पपछिको पुननिर्माणका लागि अर्थमन्त्रीका हैसियतले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट गरी स्रोत परिचालन गर्न सफल भएको र भूकम्पपछि उत्पन्न नेपालका चुनौती परिभाषित गरी अर्थतन्त्रको बचाउका लागि निर्बाह गरेको भूमिकाका लागि डा.महतलाई यो पुरस्कार प्रदान गरिएको द बैंकरले जनाएको छ ।

नेपालमा भूकम्प गएको एकहप्ताभित्रै अजरबैजानको बाकुमा आयोजित एसियाली विकास बैंकको वाषिर्क बैठकमा उपस्थित अन्तर्राष्ट्रिय समुदायसमक्ष डा महतले विश्वकै ध्यान खिच्नेगरी प्रभावकारी प्रस्तुति दिएको र पछि नेपालमा दाता सम्मेलन सफल भै ठूलो सहयोग जुटेको म्यागेजिनले उल्लेख गरेको छ ।

बि.सं. २०२८ सालमा नेविसंघको महामन्त्री रहेका महत २०४६ को परिवर्तनपछि पटक पटक मन्त्री अर्थमन्त्री भए । महतले नै मुलुकलाई आर्थिक उदारीकरणको युगमा प्रवेस गराएका थिए ।

Ramsharan-Mahat-Minister-o4-300x199

सोम, पुस २०, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

सरकारको लाचारी र व्यवसायीको दादागिरीको मारमा भने सार्वसाधारण

असोज, काठमाडौं । केपी शर्मा ओली सरकारले सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गरेको भनेर छाति पिट्दै आएको छ । तर, दशैंको मुखमा यातायात मजदुरको नाममा भएको आन्दोलनले यो संवेदनशील क्षेत्र अझै सरकारको नियन्त्रणमा नरहेको आभास दियो । सिन्डिकेट अन्त्यपछिको नीतिगत अस्पष्टताले गर्दा यातायात क्षेत्र व्यवस्थित हुनुको साटो...

काठमाडौं महानगरपालिकाले शनिबारबाट ५ वटा जेट मेसिन सञ्चालनमा

सहरको सरसफाइका लागि काठमाडौं महानगरपालिकाले शनिबारबाट ५ वटा जेट मेसिन सञ्चालनमा ल्याएको छ। १३० हर्सपावर क्षमता र युरो मापदण्ड ४ बमोजिमका जेट मेसिन ५००० लिटर क्षमताका हुन्। ५ हजारमध्ये ४ हजार लिटर सफा पानी र १ हजार लिटर ढलको फोहोर पानी अट्ने छुट्टाछुट्टै ट्यांकी छन्। थुनिएको...

सत्तारूढ तेस्रो ठूलो दल राप्रपा सरकारबाट फिर्ता

सत्तारूढ तेस्रो ठूलो दल राप्रपा सरकारबाट फिर्ता भएको छ। सोमबार पार्टी मुख्यालयमा बसेको कार्यसमिति बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। ‘बैठकले सरकारलाई दिएको निर्णय फिर्ता लिने, प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव फिर्ता लिन कांग्रेस र माअोवादीलाई अाग्रह गर्ने निर्णय गरेको...

भक्तपुरका एक युवकले प्रेमिकालाई प्रयोग गरेर एक व्यापारीको अपहरण

चैत, काठमाडौं । भक्तपुरका एक युवकले प्रेमिकालाई प्रयोग गरेर एक व्यापारीको अपहरण गरेका छन् । अपहरित व्यापारीबाट फिरौती लिएपछि प्रेमिकाकै हत्या गरेर फरार भएका छन् । अन्य दुई जना भने पक्राउ परेका छन् ।   महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार भक्तपुर बागेश्वरीका प्रकाश लामिछानेको समूहले शनिबार मख्खनगल्तीमा...

राष्ट्रपतिसँग इन्टरपोल अध्यक्षको भेट

काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीसँग इन्टरपोलको २३ औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा भाग लिन नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलसँग आज भेटवार्ता भएको छ । प्रतिनिधिमण्डलका नेता तथा इन्टरपोलका अध्यक्ष मेङ होङवेल र महासचिव जर्गन स्टकलगायतले शीतल निवासमा शिष्टाचार भेट गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस ...

नेपाल र चीनका थिंक ट्यांकहरुको पहिलो सम्मेलनका आकर्षण पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । चीनको सरकारी समाचार एजेन्सी सिन्हृवाले मंगलबार काठमाडौंमा आयोजना गरेको नेपाल र चीनका थिंक ट्यांकहरुको पहिलो सम्मेलनका आकर्षण पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली थिए ।   ओलीजन्य स्वभाव अनुसार कार्यक्रमको निर्धारित समयभन्दा करीव आधा घण्टा ढीलो केपी ओली दरबारमार्गस्थित अन्नपूर्ण होटलमा पुगे । उनी...