खेलकुद

दक्षिण एसियाली खेलकुद (साग) का लागि ३ महिला तेक्वान्दो खेलाडी छनोट


भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि ३ महिला तेक्वान्दो खेलाडी छनोट भएका छन् ।

आ-आफ्नो तौलसमूमा पहिलो भएका खेलाडी सागका लागि छनोट भएका हुन् । त्यसमा समान १-१ राष्ट्रिय टिम, नेपाली सेना र नेपाल प्रहरी क्लबका खेलाडी परेका छन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको लुम्बिनी हलमा भएको छनोट प्रतियोगिताको ६२ केजीमुनि १० औं सागकी रजत तथा ११ औं सागकी स्वर्ण विजेता राष्ट्रिय टिमकी आयशा शाक्य पहिलो भइन् ।

आयशाले फाइनलमा सशस्त्री प्रहरी बलको एपीएफ क्लबकी संगीता बस्याललाई ८-१ ले पराजित गर्दै लगातार तेश्रो पटक सागमा सहभागिता पक्का गरिन् ।

४९ केजीमुनि नेपाली सेनाकी यानकुमारी चौलागाईंले शीर्ष स्थानमाथि कब्जा जमाइन् । निर्णायक भिडन्तमा यानकुमारीले प्रहरीकी सीता तामाङलाई हराइन् ।

११ औं सागकी कांस्य विजेता यानकुमारी ११-२ ले विजयी भइन् । १२ औं सागमा छनोट भएकी भए यानकुमारीका लागि तेश्रो सहभागिता हुने थियो । १० औं सागका लागि छनोट भएपनि जण्डिसका कारण यानकुमारी सहभागी हुन पाएकी थिइनन् ।

४६ केजीमुनि प्रहरीकी रेजिना कार्की छनोट भइन् । सागमा ‘डेब्यु’ गर्न लागेकी रेजिनाले पश्चिमाञ्चलकी सरिता श्रेष्ठलाई १-० को झीनो अन्तरले पाखा लगाइन् ।

महिलाकै ५७ केजीमुनि राष्ट्रिय टिमकी ज्ञानी चुनारा र मध्यमाञ्चलकी रेणु लामा तथा ५३ केजीमुनि प्रहरीकी निमा गुरुङ र सेनाकी नम्रता तुलाधर फाइनलमा पुगेका छन् ।

भारतमा माघ-फागुनमा हुने सागमा तेक्वान्दोबाट ८ पुरुष र ५ महिला गरी १३ खेलाडी सहभागी हुने छन् । सागमा तेक्वान्दो नेपालमै भएको ८ औं संस्करणदेखि समावेश भएको थियो । अन्य पदक बाहेक तेक्वान्दोले सागमा नेपाललाई २४ स्वर्ण दिलाइसकेको छ ।

८ औंमा सर्वाधिक १४ स्वर्ण जितेको थियो भने ९ औंमा ६ स्वर्ण प्राप्त गरेको थियो । त्यस्तै १० र ११ औंमा २-२ स्वर्ण हात पारेको थियो ।

 

सोम, पुस २०, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

क्रिष्टियानी रोनाल्डो सन् २०१७ को फिफा वर्ष खेलाडी बने

कात्तिक, काठमाडौं । क्रिष्टियानी रोनाल्डो सन् २०१७ को फिफा वर्ष खेलाडी बनेका छन् । स्पेनिस क्लब रियल मड्रिडका रोनाल्डोले वर्ष खेलाडीको उपाधि जितेको यो लगातार दोस्रो पटक हो । यसअघि उनी सन् २०१६ मा पनि वर्ष खेलाडी बनेका थिए । सन् २०१७ मा पनि वर्ष खेलाडीको उपाधि...

अक्टोबर, न्यूयोर्क । अमेरिकन मरिन गोजु कराँतेका ५ डान (गोडान ) खेलाडी उज्ज्वल ठकुरीले हालै मात्र अमेरिकामा “हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड” बाट सम्मानित भएको केही दिन नबित्दै फेरि विश्व रेकर्ड कायम गर्न सफल भएका छन् ।“हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड “अमेरिकाको...

पाल्पा जिल्लास्तरीय हाफ म्याराथुनको उपाधी चित्रबहादुरलाई

असोज, पाल्पा । ‘सबैका लागि खेलकुद’ भन्ने नाराका साथ पाल्पामा आयोजित जिल्लास्तरीय खुल्ला दौड -हाफ म्याराथुन) प्रतियोगिताको उपाधी चित्रबहादुर गाहाले जितेका छन् । मदन भण्डारी स्पोर्टस ऐकेडेमी पाल्पाले विजया दशमीको अवसरमा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ६८ जना सहभागी प्रतिस्पर्धीलाई उछिन्दै पाल्पाको रम्भा गाउँपालिका ३...

रसाइली सहित १० जनालाई स्वर्ण पदकद्वारा सम्मानित

नेपाल कराते तथा किक बसिंग संघको आयोजनामा गत डीसम्बर १९ र २० मा काठमान्डौको नयाँ बजारमा सम्पन्न किक बक्सिङ प्रतियोगितामा प्रविन रसाइली सहित १० जनालाइ आयोजक तिम्ले स्वर्ण पदक द्वारा सम्मान गरेको छ / एमाले निकट बरिष्ठ नेता स्वर्गीय पोष्ट बहादुर दिवाकरको स्मृतिमा प्रत्यक बर्ष...

बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि उचाले

भदौ, काठमाडौं । बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि उचालेको छ । स्टार स्ट्राइकर क्रिष्टियानोको अनुपस्थिति रहेको दोस्रो लेगमा बार्सिलोनााथि २-० को जित निकालेको रियल मड्रिड समग्रमा ५-१ ले विजयी भयो । पहिलो लेगमा रियल मड्रिडले ३-१ को जित निकालेको थियो ।   घरेलु मैदान...

१५ वर्षे प्याराग्लाइडिङ पाइलटको एसियन गेम्समा उडान भर्ने लक्ष्य

साउन, काठमाडौं । पोखरामा प्याराग्लाइडिङले व्यवसायिक मोड लिँदै गर्दा जन्मिएका युकेश गुरुङ (कोमुलस)लाई सानैदेखि आकाशमा उड्ने रहर थियो । तर, अविभावकले उनलाई क्यानोपी दिएनन् ।   उनले भने, ‘त्यतिबेलै सोचिसकेका थिए कि म एकदिन पाइलट बनेरै छाड्छु ।’ नभन्दै तिनै कोमुलस १५ वर्षको उमेर पार गर्दैगर्दा व्यवसायिक...