पर्यटन

विश्वकै उत्कृष्ट पर्यटकिय गन्तव्य मानिने रसुवाको लाङटाङ अहिले खतरामुक्त


रसुवा–विनासकारी भूकम्प गएपछि सबैभन्दा कहालिलाग्दो क्षति व्यहोरेको विश्वकै उत्कृष्ट पर्यटकिय गन्तव्य मानिने रसुवाको लाङटाङ अहिले खतरामुक्त बन्दै गएको छ ।langtang
हिमपहिरोले सिङ्गो मावन बस्ती नै पुरिएर बगर एवं मरभूमिझैँ बन्न पुगेको लाङटाङ क्षेत्रको पर्यटकीय पदमार्ग मर्मत र पुनःनिर्माणपछि आवतजावतमा सहज भएको हो । स्थानिय र विदेशी तथा स्वदेशी पर्यटकहरु गरी पाँचसय भन्दा बढी नागरिककको ज्यान लिएको घटनापछि उजाड बनेको यो बस्तीबाट थातथलो छोडेर हिँडेका बाँचेका बाँकी स्थानियहरु पनि अहिले गाउँ फर्किसेकका छन् । स्वर्गजस्तै प्राकृतिक सुन्दरताको खानी लाङटाङलाई पहिलेजस्तै ब्युँताउने अठोटका साथ दैनिकी सहज बनाउने प्रयासमा जुटिरहेका छन् ।
जिल्ला प्राविधिक कार्यालय रसुवाका प्रमुख इन्जिनियर मदनमोहन श्रेष्ठका अनुसार लाङटाङ पदमार्ग मर्मत–निर्माणपछि स्याफ्रुबेंसी– खामजिङ–सेर्पागाउँ–रिम्चे हुँदै लाङटाङ क्याङ्जेनसम्म यात्रा गर्न सहज वातावरण भइसकेको छ । उनले पैदल मार्गको स्थलगत निरीक्षणपछि नेपालको तेस्रो पर्यटकीय गन्तव्य भूकम्पले क्षति पुर्याउँदा तत्कालीन अवस्थामा मानवीय उद्धार कार्यक्रम अन्तर्गत ११६ घर परिवारका ४९६ जनालाई हेलिकोप्टरबाट धुन्चेसम्म ल्याउने लाने व्यवस्था गरिएको बताए ।
हाल जिविस रसुवा मार्फत लाङटाङ खोलाको असहज गहिरो खोंचको बाटालाई छाडी सुरक्षित क्षेत्रको उक्त स्थानको पैदल मार्ग मर्मत–निर्माण गरी स्थानीयवासी र पर्यटकको ओहरदोहरमा सहज बनाइएको छ । ‘भूकम्पसँगै आएको पहिराले पुरेको लाङटाङ गाउँ हेर्न आतुर रहेका सयौँ पर्यटक बाटामा ओहरदोहर गरिरहेको अवस्थामा भेट्यौँ’, इन्जिनियर श्रेष्ठले भने, ‘अब पैदल हिँड्न समस्या हुँदैन, मानविय र प्राकृतिक खतरा पनि छैन ।’
भूकम्पपछि पर्यटकलाई लाङटाङ जान सरकारले अनुमति नदिए पनि आफ्नै हिसाबले मात्र पर्यटक जाने गरेको बताइएको छ । यस्तै भदौ महिनामा आफ्नो थातथलो फर्केका लाङटाङवासीलाई केही गैससको सहयोगमा हेलिकोप्टरले जस्तापाता लगायतका सामग्री ढुवानीमा निरन्तरता दिइरहेको स्थानीय बासिन्दाले बताए ।langtang 1
हिम पहिरोले बेपत्ता हुने एकसय ५ मध्ये लाङटाङ क्षेत्रमा केहीसमयअघिसम्म २३ वटा मानव कंकाल पहिरोबाट फेला पारिएको थियो । भेटिएका मानव कंकाल संकलन गरेर प्रहरीलाई राख्न पठाइएको छ । रसुवामा भूकम्पपछि आएको हिम पहिरो र सुख्खा पहिरोबाट १ सय ३४ जना हराइरहेकोमा त्यस मध्ये १ सय ५ जना लाङटाङ क्षेत्रमा मात्र वेपत्ता थिए । जिल्ला प्रहरी कार्यालय रसुवाले जनाए अनुसार अझैँ स्वदेशी र विदेशी पर्यटक गरी ८२ जनाको शव भेटिन बाँकी छ । तिमध्ये २२ जना विदेशी पर्यटक, २१ जना स्थानिय वासिन्दा र बाँकी अरु स्वदेशी पर्यटक र पोर्टरहरु बेपत्ता नै छन् । ‘भेटिएका मध्ये विदेशी कति र स्वदेशी कति भन्ने पहिचान प्राविधिक तथा डिएनए परिक्षणपछि मात्रै पत्ता लाग्छ’, प्रमुख जिल्ला अधिकारी शिवराज गेलालले भने । बाँकीको खोजी भैइरहेकोे उनले जानकारी दिए ।
बैशाख १२ गतेको भुकम्पले रसुवा जिल्लामा ६ सय ७० जनाको मृत्यु भएको थियो । मृतकमध्ये एकै गाउँमा मात्रै हिमपहिरो खसेर लाङटाङ गाउँ पुर्दा विदेशी पर्यटक, गाइड, पोर्टर र स्थानिय गरी ४ सय भन्दामाथि बढी मानिस पुरिएका थिए ।

– See more at: http://www.ratopati.com/news/23307/#sthash.T1icA3pV.dpuf

मङ्ल, पुस २१, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

धर्तीको स्वर्ग भनेर चिनिने रारा ताल बिस्तारै पर्यटकीय गन्तब्यको रुपमा बिकसित हुँदै

कात्तिक, मुगु । धर्तीको स्वर्ग भनेर चिनिने रारा ताल बिस्तारै पर्यटकीय गन्तब्यको रुपमा बिकसित हुँदैछ । भौगोलिक बिकटतालाई चिर्दै मुगुमा मोटरबाटो पुगेपछि राराले पनि आफ्नो पहुँच बिस्तारै बढाउँदै लगेको छ ।   राराको सौन्दर्य पारखीहरुका लागि असोजदेखि मंसिर महिनासम्मको मौसम उत्तम हो । रारा पुग्ने आन्तरिक तथा...

समिट होटलको ३८ औ बार्षिक उत्सब भब्य रुपमा सम्पन्न

 हरेक बर्ष सेक्टेम्बर १५ तारिकका दिन समिट होटलको ३८ औ बार्षिक उत्सब तथा अ.ने.हो.क्या. तथा रे.म.संघ समिट होटलको आयोजनामा भएको ४ कि.मि.दौड प्रतियोगितामा पुरष ५९ र महिला २२ गरि जम्मा ६८ जनाको सहभागितामा भएको दौड प्रतियोगितामा  पुरष तर्फ़ प्रथम बाबुराम राई, दोस्रो मनोज देउजा, तेस्रो...

नेपालमा पहिलो पटक पर्बतारोहण अध्यायन

नेपालमा पहिलो पटक पर्वतारोहण अध्यायन गर्न पर्यटन तथा संस्कृति मन्त्रालय अन्तर्गत त्रिभुवन विश्व बिद्यालयबाट पाउने  भएको छ /यस सम्बन्धि अध्यायन अध्यापन हाललाई नेपाल माउन्टेन एकेडेमीले शुरु गर्ने भएको छ / यो नेपालका लागि र विश्व साहासिक व्यक्तिहरुको लागि एउटा महत्वपूर्ण र पहिलो अध्यायन केन्द्र हुने...

दुई हप्तामा अन्तर्राष्ट्रिय टर्मिनल भवनको भित्री र माथिल्लो भागमा उल्लेख्य परिवर्तन

  काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सुविन साह झुक्किए । उनलाई आफू नेपालमै आइपुगेँ कि कतै ट्रान्जिटमा छु भन्ने लागेछ । ६ महिनापछि अष्ट्रेलियाबाट घर फर्किएका उनलाई अहिले आफ्नै मुलुकको विमानस्थल यति सफा र व्यवस्थित भएको थाहा रहेनछ । हो, यतिखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने जो...

नेपाल वायुसेवा निगमले नयाँ दुई एयरबस खदिका लागि वित्तीय स्रोत जुटाए

जेठ, काठमाडौं । नेपाल वायुसेवा निगमले नयाँ दुई एयरबस खदिका लागि वित्तीय स्रोत जुटाएको छ । कर्मचारी सञ्चय कोष र बायुसेवा निगमबीच आइतबार जहाज किन्ने ऋण सम्झौतामा हस्ताक्षर भएको छ । भोलि सोमबार  नागरिक लगानी कोषले निगमसँग यस्तै सम्झौतामा हस्ताक्षर गर्नेछ । नागरिक लगानीकोषसँग आजै समझौता...

हुम्लाका स्थानीयले विमानस्थलमै प्रवेश गरी उडान ठप्प पारे

नेपालगञ्ज- नेपाली यात्रु नबोकेको भन्दै हुम्लाका स्थानीयले विमानस्थलमै प्रवेश गरी उडान ठप्प पारेका छन्। बिहान ६ बजेदेखि उडान हुने हुम्लामा अहिलेसम्म उडान भएको छैन। नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रताप तिवारीले हुम्लाको अवरोध नहट्दासम्म उडान हुन नसक्ने बताए। हुम्ला र नेपालगन्ज विमानस्थल पुगेका कैलाश मानसरोवर...