प्रमुख समाचार

५१ देशका ३२६ विदेशी नागरिकलाई नेपाल आउन नपाउने गरी सरकारले निष्कासन


सन् २०१५ मा पर्यटकका रूपमा नेपाल आएर आपराधिक गतिविधिमा संलग्न ५१ देशका ३२६ विदेशी नागरिकलाई नेपाल आउन नपाउने गरी सरकारले निष्कासन गरेको छ । तीमध्ये धेरैजसो अध्यागमनसम्बन्धी अपराधमा संलग्न छन् । कानुन मिचेर नेपालमा बस्ने २७५ तथा अन्य विभिन्न फौजदारी मुद्दामा जेल परी छुटेका ६१ विदेशी निष्कासनमा परेका हुन् ।

पर्यटक भिसामा आएर अवैध बसाइ

निष्कासनमा परेकामध्ये धेरै पर्यटक भिसामा नेपाल आई पाँच महिनाभन्दा लामो समय अवैध रूपमा बस्नेहरू रहेको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले बताए । अध्यागमन ऐनअनुसार पर्यटक भिसा लिएर आउने विदेशीले नेपालमा एक वर्षमा बढीमा १५० दिनसम्म बस्न पाउँछन् । तर, धेरै विदेशी लुकिछिपी लामो समय बस्ने गरेका छन् । कडा सजाय नहुने भएकाले जानीजानी बस्ने धेरै रहेको नयाँ पत्रिकामा खबर छ  ।

निष्कासनमा हुनेमा सबैभन्दा धेरै चिनियाँ

एक वर्षमा निष्कासित हुनेमा सबैभन्दा धेरै चिनियाँ नागरिक छन् । निष्कासित भएका ९३ मध्ये ८२ जना पाँच महिनाभन्दा बढी बसेको र ११ जना अन्य मुद्दामा पक्राउ परेर छुटेका हुन् ।

त्यस्तै, अमेरिकी नागरिकमध्ये ३६ जना ओभरस्टे र जेलबाट छुटेका दुईजना निष्कासनमा परेका छन् । उज्वेकिस्तानका १९, बंगलादेशका १८, बेलायतका १५, सिरियाका १४, अस्ट्रेलियाका १२, फ्रान्सका १२, इरानका नौ, रसियाका आठ, क्यानडाका सातजना निष्कासनमा परेका छन् ।

कोरिया, बेल्जियम र फिलिपिन्सका पाँच–पाँच, नेदरल्यान्ड, बेल्जियम, युक्रेनका चार–चार, श्रीलंका, स्विट्जरल्यान्ड र जर्मनीका तीन–तीन छन् । भियतनाम, पाकिस्तान, अल्जेरिया, इन्डोनेसिया, क्यामरुन, पोल्यान्ड, नाइजेरिया, जर्जिया, हङकङ, इजरायल, टर्की, ताइवान र डेनमार्कका दुई–दुई छन् ।

म्यानमार, ग्रिस, आइभोरी कोस्ट, मलेसिया, मेक्सिको, इजिप्ट, न्युजिल्यान्ड, माल्दिभ्स, लिथोनिया, कंगो, स्विडेन, थाइल्यान्ड, आयरल्यान्ड, स्पेन, बेलारुस, सोमालिया, स्लोभानियाका एक–एकजना छन् ।

 

मङ्ल, पुस २१, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

फोटो पत्रकारहरु चन्द्रशेखर कार्की ,नरेन्द्र श्रेष्ठ, प्रकाश माथेमा र बिकाश कार्कीले देखेका र उम्मेदवारको टिकट वितरण गर्दा नदेखेका नेता

यो तस्बिरहरु खिच्न फोटो पत्रकारहरु चन्द्रशेखर कार्की ,नरेन्द्र श्रेष्ठ, प्रकाश माथेमा र बिकाश कार्कीले ज्यान फालेका रे / जसको फोटो मात्र खिच्न पनि हम्मे हम्मे हुन्थो ,आज तिनै नेता किन ओझलमा पत्रकारहरु प्रश्न शोधिरहेका छन् ? अबका दिनहरुमा पनि पावर वाला ,नाताबाद ,कृपाबाद र दहिच्युरेहरुले मात्र अवसर पाउने हुन्...

राष्ट्रपति विद्यादेवी भण्डारी प्रचण्ड निवास लाजिम्पाट पुगेर प्रकाश दाहाललाई श्रद्धाञ्जली दिए

४ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी प्रचण्ड निवास लाजिम्पाट पुगेर प्रकाश दाहाललाई श्रद्धाञ्जली दिएकी छन् । उनी सोमबार बिहान साढे ९ बजे लाजिम्पाटस्थित प्रचण्ड निवास पुगेकी थिइन् ।   उनले प्रकाशको तस्वीरमा पुष्पगुच्छा चढाउँदै श्रद्धाञ्जली अर्पण गरेकी थिइन् । साथै शोकाकुल परिवारलाई भेटेर समवेदना व्यक्त गरेको...

प्रचण्डपुत्र प्रकाश दाहालको आइतबार बिहान नर्भिक अस्पतालमा निधन

मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो ।   दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ । अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ । दाहाललाई आइतबार...

म्यानपावरबाट घुस बटुल्ने डीजी सा’ब अष्ट्रेलिया भाग्न पाएनन्

कात्तिक, काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले एसआरएस म्यानपावरकी सञ्चालिका शुभद्रादेवी बराललाई फोन गरे र भने- ‘तपाईंको काम भयो, मेरा मान्छेलाई बेलुकी भेट्नू ।’   मंगलबार राति ८ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेललाई १० लाख रुपैयाँ घुससहित नयाँबानेश्वरको...

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अरब इमिरेट्स (युएई) को औपचारिक भ्रमण गर्नु हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा  कात्तिक २७ देखि ३० गतेसम्म युएईको औपचारिक भ्रमण गर्ने भएकी छन्। कात्तिक २८ गते राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच औपचारिक वार्ता...

वाम गठबन्धनको विजय कसैले रोक्न सक्दैनः ओली

 झापा, काँकडभिट्टा ।नेकपा एमालेका अध्यक्ष केपी ओलीले आसन्न चुनावमा वाम तथा राष्ट्रवादी शक्तिको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन् ।   झापा क्षेत्र नं १ को धुलाबारीमा शनिबार आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रबीचको एकताबाट विपक्षी अत्तालिएको बताए ।’नेपालका कम्युनिष्ट...