प्रमुख समाचार

मणिपुर भूकम्पको नेपालसँग साइनो


काठमाडौं- भूकम्प मापन केन्द्रले भारतको मणिपुरमा सोमबार बिहान गएको भूकम्प र नेपालमा गइरहेका साना भूकम्पबीच कुनै सम्बन्ध नभएको बताएको छ। मणिपुर भूकम्पको टेक्टोनिक जोन एउटै भए पनि शक्ति सञ्चय र भूकम्प जाने प्रक्रिया फरक भएको केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्प गएको स्थान युरोएसियन र इन्डियन प्लेटो अन्तर्गतकै टेक्टोनिक जोनमा पर्छ। बर्मादेखि अफगानिस्तानबीचको २४ सय किलोमिटर हिमालय शृंखला भूकम्पका लागि सधैं जोखिम क्षेत्र मानिन्छ,’ उनले भने, ‘यी सबै क्षेत्र भूकम्पका दृष्टिले त्यत्तिकै जोखिम मानिन्छन्। यी क्षेत्रमा बारम्बार सानाठूला भूकम्प गइरहेका छन्।’

अधिकारीले प्लेटो तिनै भए पनि शक्ति सञ्चय भएर भूकम्प जाने तरिका भने बेग्लै भएको बताए। ‘नेपालमा इन्डियन प्लेटोले युरोएसियनलाई तलबाट ठेल्छ र शक्ति सञ्चय हुन्छ। भूकम्प त्यही शक्ति निस्केपछि भूकम्प जान्छ। त्यसले उत्तरको भाग तल र दक्षिणको भाग माथि उठ्छ। बर्मामा जाँदा पनि इन्डियनले ठेल्छ र युरोएसियन पनि ठेल्दा त्यो ठाउँमा गाँठो पर्छ। ठेलेको ठाउँको पूर्वको भाग दक्षिण पश्चिमतर्फ धकेलिन्छ र शक्ति सञ्चय हुन्छ। त्यही शक्ति बाहिर निस्किएर भूकम्प जान्छ,’ उनले भने।

अधिकारीका अनुसार आसाम र बर्मा क्षेत्रमा ९ सय वर्षयता ठूलो भूकम्प गएको छैन। ‘त्यो क्षेत्रमा महाभूकम्प (८ म्याग्निच्युडभन्दा माथिको) गएको छैन। त्यसैले त्यो क्षेत्र अझै जोखिममा छ,’ उनले भने।

अधिकारीका अनुसार त्यसो त नेपालको गोरखादेखि पश्चिम र भारतको देहरादुनदेखि पूर्वमा पा”च सय वर्षयता ठूलो भूकम्प गएको छैन। जबकि यस क्षेत्रमा पनि धेरै शक्ति सञ्चयको अनुमान गरिएको छ। ‘सन् १५०५ मा पश्चिम नेपालको बझाङमा ८.५ रिक्टर स्केलको भूकम्प गएको थियो। त्यसयता महाभूकम्प गएको छैन,’ उनले भने। २०३७ सालमा बझाङ ७.३ रिक्टर स्केलको भूकम्प गएको थियो। अन्तर्राष्ट्रिय वैज्ञानिकहरुले यस क्षेत्र भूकम्पका दृष्टिले जोखिमपूर्ण रहेको जनाउँदै आएका छन्।

प्राविधिक भाषामा ६ देखि ७ म्याग्निच्युडलाई शक्तिशाली, ७ देखि ८ लाई ठूलो भूकम्प र आठ माथिकोलाई महाभूकम्प र ५ देखि ६ लाई मध्यम खालको भूकम्प भनिन्छ।

काठमाडौंबाट करिब सात सय किलोमिटर दुरीमा भारतको मणिपुर राज्यको राजधानी इम्फालको २९ किलोमिटर उत्तरपश्चिममा सोमबार बिहान ४ः५० बजे ६.८ म्याग्निच्युडको भूकम्प गएको हो। ‘यो नियमित भूकम्प जाने क्षेत्रमा पर्छ,’ केन्द्रका अर्का भूकम्पविद मुकुन्द भट्टराईले भने, ‘यसअघि पनि यस क्षेत्रमा ठूलासाना भूकम्प गइरहेका छन्।’

उनका अनुसार सन् १९५० र १८९७ मा भारतको आसाममा ठूला भूकम्प गएका थिए। यी भूकम्प ८ म्याग्निच्युडभन्दा ठूला रहेको अनुमान गरिन्छ। यिनले नेपालमा समेत प्रभाव पारेका थिए।

विदेशी सञ्चार माध्यमले सोमबार सा”झसम्म भूकम्पबाट मर्नेको संख्या ९ पुगेको जनाएका छन्। यीमध्ये छ जना भारतमा र तीन जना बंगलादेशमा मरेका छन्। भौतिक पूर्वाधारमा क्षतिसमेत पुगेको छ। सोमबारको भूकम्पको झट्का नेपालका पूर्वी र मध्यका जिल्लाहरुमा समेत महसुस भएको थियो।

गत वैशाख १२ गते गोरखाको बारपाकमा ७.८ रिक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि वैशाख २९ गते ६.८ रिक्टर स्केलको भूकम्प दोलखामा गएको थियो। यी दुई ठूला भूकम्पले नेपालमा मर्नेको संख्या करिब ९ हजार पुगेको थियो। झन्डै ९ लाख घर भत्किएका थिए।

‘अहिले पनि चार रिक्टर स्केलभन्दा माथि र तीभन्दा साना झट्का दैनिक ५० हाराहारीमा महसुस भइरहेको छ,’ भट्टराईले भने। सोमबार सा”झ ६ः४७ मा दोलखामा गएको ४.१ रिक्टर स्केलको भूकम्पसहित वैशाख १२ यता चारभन्दा माथिका ४२३ वटा भूकम्प गएको केन्द्रले जनाएको छ।

त्यसो त वैशाख १२ यता टेक्टोनिक जोन (युरोएसियन र इन्डियन प्लेटोको मिलन विन्दु) मै पर्ने ताजिकस्तान, कास्मिर, पाकिस्तानमा पनि ठूला भूकम्प गएका छन्। २०१५ अक्टोबर २६, ८ अक्टोबर र ७ डिसेम्बरमा पाकिस्तान, कास्मिर र ताजिकस्तानमा ठूला भूकम्प गएका थिए। यसमा परेर सयौंले ज्यान गुमाएका छन्।

‘अहिले हाम्रो टेक्टोनिक जोन नै तरंगित भइरहेको छ। सबैतिर सानाठूला भूकम्प गइरहेका छन्,’ भट्टराईले भने। उनका अनुसार नेपाली भूभाग पनि तरंगित छ। साना अनुकम्पनहरु आइरहेका छन्। ffeff15685266334ae0c8dfa22849c6e_L

मङ्ल, पुस २१, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली २० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गर्दै अमेरिका

६ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार साँझ अमेरिका प्रस्थान गरेका छन् । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली २० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गर्दै अमेरिका गएका हुन् । टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका...

नेपालको संविधान, नेपाली कानूनको स्रोत, दस्तावेज मात्रै नभएर सारा नेपालीको सामूहिक चाहना –प्र.म.ओली

असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान सामूहिक चाहना समेटिएको साझा दस्तावेज भएको बताएका छन् । उनले संविधानले नेपाललाई बलियो, समृद्ध र मर्यादित बनाउने विश्वाससमेत व्यक्त गरे । ‘नेपालको संविधान, नेपाली कानूनको स्रोत, दस्तावेज मात्रै नभएर सारा नेपालीको सामूहिक चाहना समेटिएको साझा दस्तावेज हो’,...

बिम्स्टेक सदस्य राष्ट्रहरुका सेनाहरुको संयुक्त सैन्य अभ्यास शुरु नेपाल अन्तिम समयमा ब्याक

काठमाडौं:  भारतको पुणेमा सोमवारदेखि बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रहरुका सेनाहरुको संयुक्त सैन्य अभ्यास शुरु भयो। सो सैन्य अभ्यासमा नेपाल अन्तिम समयमा ब्याक भयो। नेपालको यो निर्णयसँगै भारतले असन्तुष्टि व्यक्त गरेको छ। प्रतिवद्धताका बाबजुद पनि अन्तिम समयमा नेपाल सैन्य अभ्यासबाट...

पशुपति र स्वयम्भूका बाँदरमा भएको क्यान्सरले मानिसलाइ सर्ने खतरा

भदौ, काठमाडौं । स्वयम्भू र पशुपतिका बाँदरहरुमा झाडापखाला फैलाउने जीवाणु देखिएको छ । बाँदरको दिसामा पाइएको क्याम्पिलो ब्याक्टेरिया मानिसमा सर्ने जोखिम रहेको र त्यो सरे आन्द्राको क्यान्सरसम्म हुने जानकारहरु बताउँछन् । स्ययम्भू र पशुपति क्षेत्रका धेरै बाँदरहरु बिरामी भएको जानकारी पाएपछि सेन्टर फर मनिक्युल डाइनामिक नेपाल...

चीन भ्रमणमा रहेका सभामुख महराले ल्हासामा सचिव यु यिंग्जेसँग शुक्रबार शिष्टाचार भेटवार्ता

भदौ, ल्हासा । सभामुख कृष्णबहादुर महरा र चीनको तिब्बत स्वशासित प्रदेशका कम्युनिष्ट पार्टीका सचिव यु यिंग्जेबीच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका सभामुख महराले ल्हासामा सचिव यु यिंग्जेसँग शुक्रबार शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा सभामुख महराले नेपालले लिएको विकास र समृद्धिको लक्ष्यमा चीन सरकारको...

चीनको मायाले तेस्रो मुलुकबाट आयातका लागि भारतीय बन्दरगाहसँगको परनिर्भरता अन्त्य हुने

२२ भदौ, काठमाडौं । नेपाल-चीन पारवाहन सम्झौताको ‘प्रोटोकल’मा लगभग सहमति जुटेको छ । बुधबारदेखि काठमाडौंमा भएको पारवहन सम्झौता प्रोटोकलको तेस्रो परामर्श बैठकले मस्यौदालाई अन्तिम रुप दिएको हो । यससँगै तेस्रो मुलुकबाट आयातका लागि भारतीय बन्दरगाहसँगको परनिर्भरता अन्त्य हुने भएको छ । सम्झौता अनुसार चीनले नेपाललाई आफ्ना...