स्थानीय समाचार

काठ तस्करी गर्दागर्दै एमाले नेता पक्राउ


सिन्धुली- काठ तस्करी गर्दै गर्दा एमालेका जिल्ला नेतालाई स्थानीयले समाएर प्रहरीलाई बुझाएका छन्। कल्पबृक्षका गाँउले अबैधरुपमा काठ तस्करी गर्दै गरेका नेकपा एमाले सिन्धुली जिल्ला कमिटी सदस्य तथा १२ नं. इलाका इन्जार्ज देबबहादुर घिसिङ र चन्द्र बहादुर माझिलाई समाएर प्रहरीलाई बुझाएका हुन्।
घिसिङ र माझिलाई अबैध काठ सहित कल्पबृक्ष–१ भेग्टेबाट कपिलाकोट प्रहरीले प्रक्राउ गरि नियन्त्रणमा लिएको जिल्ला बन कार्यालय सिन्धुलीका मुद्दा शाखाका कर्मचारी खिलबहादुर श्रेष्ठले जानकारी दिए। ना २ त ६५७० नम्बरको ट्याक्टरमा काठ लोड गरेर लैजाँदै गरेको अवस्थामा ३० थान कडी करिब २५ क्युफिट काठ सहित जिल्ला नेता घिसिङ र माझीलाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रण लिएको थियो। उनीहरुलाई अनुसन्धानको लागि जिल्ला बन कार्यालयमा बुझाइएको छ।

मङ्ल, पुस २१, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

दारी ग्याङ पथरीले यसरी मनायो दोस्रो वार्षिकउत्सव।

दारी ग्याङका सदस्य बेलबारी निवासी निशान्त घिमिरेको अनुसार आज मिति २०७४/११/०६ गते दारी ग्याङ को दोस्रो बार्षिक उत्सव को दिन Lion`s club को सहयोगार्थमा दारी ग्याङ पथरीको आयोजनामा पथरी शनिश्चरे स्थिति महेन्द्र राजमार्गमा Zebra cross reprinting गरिएको छ। उक्त कार्यक्रम सफल पार्न पथरी टार्फिक कार्यलयका...

दारी ग्याङ धरानले आयोजना गरेको रक्तदान कार्यक्रम

फागुन २ गते दारी ग्याङ धरानले  रक्तदान कार्यक्रम आयोजना गरेको छ /सामाजिक कार्यक्रमहरु पनि बिस्तारै आयोजना गर्दै आएको सो समुहले रक्तदान कार्यक्रममा २० पिन्ट ब्लड जम्मा भएको थियो / सोहि अवसरमा आफ्ना स्थानलाई सफा र राम्रो बनाउने उद्येश्यले भानुचोक स्थित लोकतान्त्रिक चौतारी पनि...

“दारी ग्याङ” अब धरानमा पनि

समय अनुरुप सामाजिक कार्यको परिभाषा पनि फरक फरक रही आएको छ। बिगत केहि समय यता सामाजिक सञ्जालहरु मार्फत समाजसेवा तथा सामाजिक कार्य गर्नेहरुको संख्या पनि बढ्दो रहेको छ। त्यस्तै सामाजिक सञ्जाल फेसबुक मार्फत “फेसबुक ग्रुप” संचालन गरि सामाजिक कार्यमा निक्कै नै अग्रसर रहेको एक लोकप्रिय समूह हो...

बलामी गाउँ मा पुनर्निर्माण तिब्र

बिनासकारी भुकम्प गयको ३  बर्ष बित्न लाग्दा यतिबेला भने नुवाकोटको ककनी गाउपालिका ७ स्थित बलामी गाउँ मा स्थाइ आवास को निर्माण कार्य तिब्र रूपमा अगाडि बदिरहेको छ। आवास को लागि सरकारले निकै अघि नै रकम निकासी गरेता पनि स्थानीय निर्बाचन र प्रतिनिधि सभाको निर्वाचन ले...

नागरिकको गुनासो सांसदसंग

सि आइ एन साझा खबरको नेतृत्वमा नुवाकोटको ककनी गाउपालिकामा हेलो सांसद नामक कार्यक्रम संचालन गरेको छ नुवाकोटको प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङ उपस्थित उक्त कार्यक्रममा ककनीका  थुप्रै नागरिकहरुले गुनासो प्रस्तुत गरेका थियो  स्थानीय तहमा पार्टी वाद हाबी भएको भन्दै फरक पार्टीको मानिसको कामकार्वाहीमा ढिला सुस्ती भएको गुनसो स्थानीय...

बिकासको गतिमा ककनी गाउँ पालिका

नुवाकोट जिल्लाको ककनी गाउँ पालिका आठ वटा वडाहरु यतिखेर बिकाश निर्माणको क्रममा लागिरहेको देखिन्छन /स्थानीय निर्वाचन पश्चात बजेट  बिनियोजन भई पालिकाका आठ वडामा बजेट बांडफांड भए पश्चात यतिखेर सबै वडा अध्यक्षहरुका सक्रियतामा गाउँ गाउँमा विभिन्न विधाका बिकास कार्य क्रमहरु धमाधम अगाडी बधिराहेकाछन् /वडा न. ८ का...