विचार साहित्य

‘लेखक डुब्दै गरेको जहाजको नाविकजस्तो हो’


२०७२- गाबो अर्थात् ग्याब्रियल गार्सिया मार्खेज २० औं शताब्दीका महत्त्वपूर्ण लेखक हुन् । तेस्रो विश्वका देशहरूका जनश्रुति, लोकगाथा एवं पारम्परिक विश्वासहरूलाई युरोपीय यथार्थवादमा मिसाएर यिनले जुन लेखन (शैली विकसित गरे त्यसको प्रभाव युगान्तकारी रह्यो र उनको ‘वान हन्ड्रेड इयर्स अफ सलिट्युड’ लाई आधुनिकता र उत्तर–आधुनिकताको सीमान्त उपन्यासको रूपमा पढिंदै आइएको छ । १९८२ मा साहित्यको नोबेल पुरस्कार पाएका मार्खेजको सन् २०१४ मा निधन भयो । मार्खेजसँग उनका अन्तरङ्ग मित्र लेखक–पत्रकार प्लिनियो एपुलियो मेंदोजाले लेखन, प्रेरणा, सिनेमा अनि पत्रकारिताका बारे केही वर्ष पहिले गरेको कुराकानीको अंश उनैले लखेको पुस्तक ‘फ्रेगरेंस अफ गुवाभा’ बाट अनुप बरालले अनुवाद गरेका हुन् ।

तपाईंले भन्नुभयो– लेख्नुमा एक प्रकारको आनन्द छ । तपाईंले लेख्नु शुद्ध रूपले एउटा यातना हो पनि भन्नुभएको छ । होचाहिँ के ?
दुवै कुरा सही हुन् । सुरु–सुरुमा जुनबेला म आफ्नो शिल्प सिक्दै थिएँ, मैले आनदतिरेकमै लगभग गैरजिम्मेवारीपूर्वक लेख्ने गर्थे र अहिले सम्झन्छु ती दिनहरू, बिहान दुई तीन बजेतिर पत्रिकाको आफ्नो काम सकेपछि जतिबेला म लेख्न बस्थें त्यतिबेला कुनै किताबको चार या पाँच अथवा कहिलेकाहीँ दस पेज पनि सजिलै लेख्थें । एकपटक त एकै बसाइमा एउटा कथा नै लेखिभ्याएको थिए ।

अनि आजकल ?
आजकल त दिनभरिमा यदि एउटा रामो प्याराग्राफ लेख्न सकें भने पनि आफ्नो अहोभाग्य सम्झन्छु । समय घर्किंदै जानुको सँगसँगै लेख्नु एउटा यन्त्रणादायी प्रक्रिया बन्दै गएको छ ।

किन ? तपाईं आफ्नो शिल्पमा जति निपुण हुनुभयो त्यति नै लेख्नु सजिलो हुँदै जानुपर्ने हैन र ?
सोझो कुरा, वास्तवमा तपाईंको जिम्मेवारी झन् बढेर जान्छ । एउटा एउटा शब्द जुन लेखिरहनुभएको छ त्यसको ठूलो वजन छ र त्यसले धेरै मानिसहरूलाई प्रभावित गर्दछ भन्ने तपाईंलाई लाग्न थाल्छ ।

तपाईंलाई यस्तो स्थिति आउनु नराम्रो हो भन्ने लाग्छ ?
यो स्थितिले मलाई झन् चिन्तित बनाउँछ । सफलतामा अभ्यस्त नभएका लेखक जसलाई साहित्यमा सफलताको कुनै आकांक्षा छैन, त्यस्तो लेखकका लागि आफ्नो किताब भकाभक बिक्नु सबैभन्दा नराम्रो कुरा हुन सक्छ । मलाई सार्वजनिक हल्लाखल्लामा बस्न मन पर्दैन र मलाई टेलिभिजन, सभा, समारोह र राउन्ड टेबलहरूसँग घृणा छ ।

साक्षात्कार ?
हजुर यो पनि मलाई मन पर्दैन । सफलता भन्ने कुरा एउटा पर्वतारोहीको झैं हुन्छ जसले हिमालको शिखर चुम्ने उन्मादमा स्वयंलाई लगभग मारि नै दिन्छ । अनि जुनबेला उ शिखरमा पुग्छ त्यसपछि के गर्छ उसले ? शिखरबाट तल नै झर्छ या सम्भव भएसम्म सावधानीपूर्वक आफ्नो गरिमा बचाउँदै तल झर्ने कोसिस गर्दछ ।

अरू लेखकहरूलाई झैँ तपाईंलाई पनि खाली पन्नाको कुनै टुक्रा देख्दा छटपटी हुन थाल्छ ?
अँ । मलाई सबैभन्दा बढी छटपटी चारैतिर बन्द भएको कोठामा बस्दा हुन्छ । त्यसपछि खाली कागजको खाली टुक्रा देख्दाखेरि । तर हेमिंग्वेको केही सुझाव पढेपछि मेरो यो छटपटी पनि सकिएर गयो । उनले भनेका छन्– आफ्नो कामलाई बीचैमा छोडेर त्यतिखेर मात्र उठ्नु जतिखेर भोलि त्यही काम फर्केर गर्दा कहाँबाट अगाडि बढाउनुपर्छ भन्ने तपाईंलाई थाहा हुन्छ ।

तपार्इंको लागि कुनै रचनाको प्रस्थानबिन्दु के हुन्छ ?
एउटा भिजुअल इमेज । अन्य लेखकहरूका लागि रचनाको जन्म कुनै विचार, कुनै अवधारणाबाट हुन्छ भन्ने छ । तर, म सधैं एउटा दृश्यबाट सुरु गर्छु । ‘ट्युजडे सियस्टा’ लाई म आफ्नो सर्वश्रेष्ठ कथा मान्छु । यसको जन्म एउटी आइमाई र एउटी केटी देखेपछि भएको हो जो कालो लुगा लगाएर, कालै छाता ओढेर चर्को सूर्यको प्रकाशमुनि कतै बिरानो सहरमा घुमिरहेका थिए । ‘इन लिफ स्ट्रोम’ को रचना पछाडि पनि एउटा बिज– दृश्य नै थियो जसमा एउटा बूढो मान्छे आफ्नो नातिलाई लिएर अन्त्येष्टिमा जाँदै थियो । यसैगरी ‘नो बडी राइट्स टु दी कर्नल’ को रचनाको प्रस्थानबिन्दु बन्यो एउटा मान्छे जो बेराक्विल्लाको बजारमा खाना पर्खेर बसिरहेको थियो । उसको प्रतीक्षामा भित्रदेखि एउटा मौन व्याकुलता थियो । यसको वर्षौंपछि मैले पेरिसमा स्वयम्लाई एउटा चिठी– सम्भवत: मनी अर्डरको प्रतीक्षा गर्दै गरेको पाएँ । त्यही व्याकुलताका साथ । त्यतिखेर मैले स्वयम्लाई त्यस व्यक्तिको स्मृतिसँग जोडिएको अनुभव गरें ।

‘वान हन्ड्रेड इयर्स अफ सलिट्युड’ का पछाडि कुन दृश्य विम्ब थियो ?
एउटा बच्चालाई सर्कसमा प्रदर्शित गरेको वरफ देखाउन लिएर जाँदै गरेको बूढो मान्छे ।

के त्यो मान्छे तपाईंको हजुरबा कर्नल मार्खेज हुनुहुन्थ्यो ?
हो । के वास्तवमा त्यस्तै भएको थियो त ? ठ्याक्कै त्यस्तै त होइन र तर यसको पछाडि एउटा वास्तविक घटनाको प्रेरणा थियो । मलाई सम्झना छ, अराटाकामा म फुच्चे छँदा मेरो हजुरबाले मलाई ढाडमा ठूलो पोको भएको ऊँट देखाउन सर्कसमा लिएर जानुभएको थियो । अर्को दिन मैले बरफ हेर्न पाइनँ भनेपछि उहाँले मलाई बनाना कम्पनीको इलाकामा लिएर जानुभयो । उहाँले कम्पनीका मान्छेको मद्दत लिएर जमेका मुलेट माछाको एउटा क्रेट खोल्न लगाउनुभयो र मलाई आफ्नो हात त्यसमा छिराउन लगाउनुभयो । समग्र ‘वन हन्ड्रेड इयर्स अफ सलिट्युड’ त्यही एउटा इमेजबाट उत्सर्जित रचना हो ।

त्यसो भए तपाईंले दुई स्मृतिहरूलाई जोडेर त्यस किताबको पहिलो वाक्य लेख्नुभयो । के थियो त्यो ?
‘धेरै वर्षपछि, जब कर्नल और्लियानो बुएन्डिया फायरिङ दस्ताको सामना गर्दै थिए त्यतिबेला उनलाई अतीतको तहमा लुकेको त्यो सुदूर साँझको सम्झना भयो जुनबेला उनका पिताले उनलाई हिउँ खोज्न लिएर गएका थिए ।’

तपार्इं उपन्यासको पहिलो वाक्यलाई एकदम महत्त्व दिनुहुन्छ । तपाईंले मलाई एकपटक भन्नुभएको थियो– कैयौंचोटि तपाईंलाई पहिलो वाक्य लेख्नलाई नै पूरा उपन्यास लेख्नभन्दा पनि बढी समय लाग्यो । किन ?
किनभने पहिलो वाक्य कुनै पनि उपन्यासको शैली, त्यसको स्वरूप र त्यसको लम्बाइको आकार जाँच्ने प्रयोगशाला हुन सक्दछ ।

तपाईंलाई उपन्यास लेख्न धेरै समय लाग्छ ?
लेख्न धेरै समय लाग्दैन । मैले ‘वन हन्ड्रेड इयर्स अफ सलिट्युड’ दुई वर्षभन्दा पनि कम समयमा लेखिभ्याएको थिएँ । तर त्यसलाई लेख्न भनेर टाइपराइटरमा बस्नुअघि १५–१६ वर्ष त त्यसमा सोच्नै लाग्यो ।

‘क्रनिकल अफ ए डेथ फोरटोल्ड’ लेख्नका लागि कति समय पर्खनुपरेको थियो ?
तीस वर्ष ।

यति लामो समय किन ?
१९५१ मा जब यो घटना भयो त्यतिबेला मेरो यसमाथिको चासो उपन्यासको सामग्रीको रूपमा नभएर कुनै समाचार सामग्रीको रूपमा थियो । उतिबेला यो विधा (उपन्यास) ल्याटिन अमेरिकामा उति सारो विकसित भइसकेको थिएन । र, म एउटा स्थानीय समाचारपत्रसँग आबद्ध थिएँ । यी सामग्रीमा त्यो स्थानीय पत्रिकाको रुचि पनि थिएन होला । धेरै वर्षपछि यो कुरालाई साहित्यिक रूपबाट सोच्न सुरु गरें तर सधैं मेरो दिमागमा एउटा विचार घुमिराख्थ्यो– यदि मेरी आमाले यो उपन्यासमा आफ्नै सबै इस्टमित्र र परिवारलाई देखिन् भने कति रिसाउँदी हुन् । त्यसमाथि त्यो उपन्यास आफ्नै छोरोले लेखेको हो भन्ने थाहा पाउँदा रिसले कुन सीमा नाघ्दो हो । अर्को कुरा यस विषयलाई मैले राम्रोसँग पक्रन सकेको थिइनँ । कति वर्षपछि बल्ल यो घटनाको एउटा सशक्त रहस्य आविस्कृत भएर आयो । यो कृति आउनुमा ढिलो हुनुको अर्को कारण यसको संरचना पनि थियो । उपन्यासको काल संरचनामा स्वतन्त्रतापूर्वक विचरण गर्नका लागि कथावाचकको रूपमा मैले पहिलोपटक प्रथम पुरुषमा कुनै उपन्यास लेखेको थिएँ । त्यसको तीस वर्षपछि मैले त्यस्तो कुरा पत्ता लगाए जुन हामीजस्ता उपन्यासकारहरू अक्सर बिर्सन्छौं– हाम्रो सर्वश्रेष्ठ साहित्यिक सूत्र भनेको सत्य हो ।

हेमिंग्वेले अक्सर भन्ने गर्थे हामीले कुनै विषयमाथि लेखिहाल्न हतार गर्नु हुँदैन न त ढिलो गर्नुहुन्छ । कुनै कथालाई नलेखी लामो समयसम्म आफ्नो दिमागमा राखिराख्न तपाईंलार्इं समस्या हुँदैन ?
वर्षौंसम्म मेरो उपेक्षा सहन सक्ने विषय र विचारहरूमाथि लेख्नज मलाई कहिल्यै रुचि जागेन । यदि यी विचारहरू ‘वान हन्ड्रेड इयर्स अफ सलिट्युड’ लेझैँ १५ वर्ष, ‘अटम अफ द पैट्रिआर्क’ लेझैँ १७ वर्ष र ‘क्रनिकल अफ अ डेथ फोरटोल्ड’ लेझैँ ३० वर्ष मेरो मस्तिष्कको कुनै कुनामा रहिरहन सक्छन् भने मसँग त्यसलाई लेख्नुबाहेक अर्को विकल्प हुँदैन ।

तपाईं लेख्दा नोटहरू बनाउनुहुन्छ ?
कहिल्यै बनाउँदिनँ, केही फुटकर कुराहरूलाई संक्षेपमा लेख्नुबाहेक । मेरो आफ्नो अनुभवले भन्छ जब तपाईं नोटहरू बनाउन थाल्नुहुन्छ त्यतिखेर तपाईं सिर्फ नोटहरूको बारेमा मात्र सोच्न थाल्नुहुन्छ, किताबको बारेमा होइन ।

तपाईं लेखेका कुराहरू कत्तिको सच्याउनुपर्ने हुन्छ ?  
मेरा रचनाहरू संशोधनका क्रममा धेरै परिवर्तित हुने गर्छन् । म सानो छँदा सीधै लेख्न सुरु गर्थें, त्यसको प्रतिलिपि बनाउँथें र दोहर्‍याएर तिनलाई पढ्थें । अहिले त लेख्ने बेलामा नै आफ्नो रचनाहरूको एउटा एउटा पंक्ति सुधार्दै जान्छु जसले गर्दा सिध्याउने बेलासम्म मेरो हातमा सफा पृष्ठ आइपुग्छ । यो पृष्ठमा न त कुनै फोहर दाग हुन्छ न त कुनै काटछाँट गरेका चिन्हहरू । यी प्रकाशनका लागि लगभग तयार हुन्छन् ।

धेरै पन्ना च्यात्नुहुन्छ ?
यति धेरै कि तपाईं कल्पना पनि गर्न सक्नुहुन्न ।

तपार्इंले जुन उपन्यासमा काम गरिराख्नुभएको छ त्यसबारे आफ्नो सबैभन्दा नजिकका मित्रहरूसँग मात्रै कुरा गर्नुहुन्छ, होइन ?  
हो । म जुन उपन्यास लेख्दै गरेको हुन्छु त्यसको परीक्षण पनि गरिरहेको हुन्छु । केही लेख्दा त्यसको बारेमा प्रसस्त कुरा गर्छु । यसक्रममा मलाई थाहा हुन्छ– लेखनमा कहाँ मेरो स्थिति बलियो छ र कहाँ म फुसफुसे जमिनमाथि उभिएको छु । मेरो लागि यो एक प्रकारको अभ्यास हो ।

तपाईं कुरा प्रशस्तै गर्नुहुन्छ तर आफूले लेख्दै गरेको कुरा पढ्न भने कहिल्यै दिनुहुन्न ।  
हो, कहिल्यै पढ्न दिन्नँ । यो मेरो अन्धविश्वास नै बनेको छ । खासमा लेखक सधैं एक्लो हुन्छ । बीच समुद्रमा डुब्दै गरेको जहाजको नाविकझैँ– एकदम एक्लो । लेखन संसारकै सबैभन्दा एकांकी पेसा हो । लेख्नमा कसैले चाहेर पनि तपाईंलाई मदत गर्न सक्दैन ।

तपाईंको दृष्टिमा लेखनका लागि सबैभन्दा आदर्श स्थान के हो ?
ठूलो महानगर होस् वा कुनै निर्जन दीप, बिहानमा मलाई नीरवता चाहिन्छ । साँझ थोरै रक्सी र गफ गर्नलाई केही साथी । म आममान्छेको सम्पर्कमा रहने पनि कोसिस गर्दछु ताकि म जान्न सकूँ, संसारमा के भइरहेको छ । मलाई विलियम फोकनरले भनेको कुरा आफूसँग मिलेजस्तो लाग्छ । उनले भनेका थिए– यसो हेर्दा कुनै लेखकको लागि सबैभन्दा उपयुक्त स्थान वेश्याहरूको कोठा हुन्छ किनभने यो ठाउँमा बिहानतिर बडो निस्तब्धता हुन्छ र हेरेक रात एउटा महफिल ।

अब लेखनको शिल्प पक्षको बारेमा कुरा गरौं । लेखक बन्ने लामो प्रक्रियामा सबैभन्दा ठूलो सहयोग कसबाट पाउनुभयो ?  
सबैभन्दा पहिले मेरी हजुरआमाबाट । उहाँ भयानक–से–भयानक कुरा र घटनालाई पनि यसरी भन्नुहुन्थ्यो मानौं उहाँले त्यो चीजलाई भर्खर देख्नुभएको हो र तिनमा डरलाग्दो या अचम्मको कुनै कुरै छैन । मलाई लाग्छ यो उहाँको धीर व्यक्तित्वको हावभाव र विम्बहरूको वैभव नै थियो जसले गर्दा उहाँका कथाहरू त्यतिको विश्वसनीय हुन्थे । हजुरआमाको यही कथाविधिलाई उपयोग गरेर मैले ‘वान हन्ड्रेड इयर्स अफ सलिट्युड’ लेखेको थिएँ ।

तपाईंलाई आफू लेखक बन्न सक्छु भन्ने कहिले लाग्यो ?  
१७ वर्षको उमेरमा जब मैले काफ्काको ‘मेटामरफसिस’ पढें, मलाई लाग्यो म लेखक बन्न सक्छु । त्यो कथामा जब मैले देखें, ग्रेगर सेम्साले एक बिहान उठ्दा आफूलाई ठूलो किरामा रूपान्तरित भएको थाहा पाउँछ तब मैले भनें– मलाई थाहा थिएन बन्धु तैंले पनि यस्तो लेख्न सक्छस् ।

यो दृश्यले तपाईंलाई किन आकर्षित गर्‍यो ?  
अचानक मैले बुझें– साहित्यमा कैयौं त्यस्ता सम्भावना विद्यमान छन् जसले मलाई ती तार्किक र अत्यन्त एकेडेमिक उदाहरणबाट पर लिएर जान्छन्… तर, केही वर्षपछि मैले के अनुभूत गरें भने साहित्यमा तपाईं आफूखुसी कपोकल्पना र आविष्कार गर्न सक्नुहुन्न । यदि गर्ने कोसिस गर्नुहुन्छ भने तपाईं झूटो बयानको जोखिम मोल्दै हुनुहुन्छ ।

तपाईं ‘फेन्टासी’ लाई मन पराउनुहुन्न र ? किन ?  
किनभने म मान्दछु कि कल्पना यथार्थ जन्माउनका लागि एउटा साधन मात्र हो । अन्तत: सिर्जनाको उत्स सधैं यथार्थ नै हुन्छ । यथार्थको कुनै आधार भएन फेन्टासी सबभन्दा खराब हुन्छ ।

तपाईंको पत्रकारिताले साहित्यिक पेसालाई कति सहयोग पुर्‍यायो ?  
पुर्‍यायो । तर, त्यति साह्रो हैन जसरी कहिलेकाहीँ भनिने गरिन्छ । पत्रकारिताले भाषालाई अत्यन्त प्रभावशाली रूपमा उपयोग गर्न सिकायो । पत्रकारिताले नै आफ्नो कथाहरूलाई प्रामाणिक बनाउने बाटो देखायो ।

तपाईं सिनेप्रेमी रहँदै आउनुभएको छ । के सिनेमाले लेखकलाई उपयोगी तरिका सिकाउन सक्छ ?  
सिकाउँछ होला । वास्तवमा मलाई थाहा छैन । मेरो केसमा भन्ने हो भने, सिनेमा सहायक र बाधक दुवै रह्यो । सिनेमाले मलाई चित्रहरूमा कसरी सोच्ने भन्ने सिकायो तर सँगसँगै आजकाल यो पनि लाग्छ– चरित्रहरू र दृश्यहरूलाई मभित्रको कल्पनामा ल्याउँदा एउटा अतिरञ्जित उत्साह आउन थाल्यो । यहाँसम्म कि ‘वान हन्ड्रेड इयर्स अफ सलिट्युड’ भन्दा अघिका सबै उपन्यासहरूमा क्यामेरा एंगल र फ्रेमहरूप्रति एउटा मोहासक्ति पनि देखिन्छ ।

तपाईं ‘नोबडी राइट्स टु दी कर्नल’ को बारे भन्दै हुनुहुन्छ…  
हो । यो एउटा त्यस्तो उपन्यास हो जुन शैलीको दृष्टिबाट एउटा फिल्मको पटकथाजस्तै छ । यसका चरित्रहरू यसरी हिँड्छन् डुल्छन् र गतिशील हुन्छन् कि कुनै क्यामराले उनीहरूलाई पछ्याउँदैछ । मैले यो उपन्यास दोहोर्‍याएर पढ्दा क्यामेराको उपस्थिति महसुस भयो । अब म पूरा विश्वासका साथ भन्न सक्छु– साहित्यको समाधान सिनेमेटोग्राफीको भन्दा एकदमै अलग हुन्छ ।

तपाईं आफ्नो उपन्यासमा संवादलाई यति थोरै महत्त्व किन दिनुहुन्छ ?  
किनकि स्पेनी भाषामा संवादहरूबाट सत्य व्यक्त हुन सक्दैन । मैले सधैं भन्दै आइरहेको छु, यो भाषामा वाचिक र लिखित संवादको बीचमा गहिरो खाडल छ । स्पेनीको कुनै संवाद जुन वास्तविक जीवनमा सुन्दा राम्रो लाग्छ तर त्यो उपन्यासमा पनि राम्रो नै हुन्छ भन्ने जरुरी छैन । यसैले म संवादको प्रयोग एकदम कम गर्छु ।

तपाईंलाई आफ्नो कुनै उपन्यास लेख्नुभन्दा पहिले नै उपन्यासको हरेक चरित्रसँग के घटित हुन्छ भन्ने आभास हुन्छ ?  
एकदम सरसर्ती हेर्दा हुन्छ । उपन्यासको विकासको क्रममा अप्रत्यासित कुराहरू घट्छन् पनि । कर्नल औरेलियानो ब्युएन्डियाको बारेमा मेरो मनमा पहिलो विचार थियो– ऊ एउटा गृहयुद्धको सैनिक हुनेछ र उसको मृत्यु एउटा रूखमुनि पिसाब फेर्दै गरेको बेलामा हुनेछ ।

तपाईंकी पत्नीले मलाई भनेकी थिइन् अरलियानोको मृत्यु हुँदा तपाईंलाई एकदम कष्ट भएको थियो ।
हो । मलाई थाहा थियो र एउटा त्यस्तो स्थिति आउनु थियो जुन बेला मलाई उसलाई मार्नु थियो तर मैले हिम्मत गर्न सकिनँ । एउटा साँझ मलाई उपन्यासमा उसको काम सकिएजस्तो लाग्यो । मैले उसलाई मार्नुपर्‍यो । जुनबेला मैले त्यो अध्याय सकें, म आफ्नो घरको दोस्रो तल्लामा काम्दै पत्नीलाई भेट्न पुगें । त्यति नै बखत उनले बुझिसकेकी थिइन् ममा के घटित भयो भनेर । उनले भनिन्– कर्नल मर्‍यो । म ओछ्यानमा पल्टिएँ र दुई घन्टासम्म रोइरहें ।

उपन्यासको काम लगभग सकियो भन्ने बेलामा तपाईंलाई कस्तो महसुस हुन्छ ?
त्यसबेला त्यो उपन्यासबाट सधैंका लागि मेरो रुचि घट्दै जान्छ । हेमिंग्वे भन्ने गर्थे– लेखिसकेपछि या कम पूरा भएपछि रचना मरेको सिंहझैँ हुन्05122015114712marquez-1000x0

मङ्ल, पुस २१, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

वाम एकताबाट लोकतन्त्रको अपहरण हुन्छ कि भन्ने कांग्रेसको जुन आशंका छ, त्यो व्यर्थ देखिन्छ

जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादपक्षधर प्रमुख कम्युनिस्ट पार्टीबीच चुनावी तालमेल तथा पार्टी एकीकरणले नेपालको राजनीतिक तहमा आठ रेक्टरको भूकम्प सिर्जना गरेको छ। एमाले र माओवादी केन्द्रले उपर्युक्त दुवै सिद्धान्तको प्रतिपादन परिस्थितिको ठोस विश्लेषण गरेरै गरेका हुन्। एमालेका तत्कालीन महासचिव मदन भण्डारीले समग्र कम्युनिस्ट आन्दोलनको...

को हुन् एमाले-माओवादी एकताका सूत्रधार ?

असोज, काठमाडौं । ०६४ सालको संविधानसभा निर्वाचनबाट माओवादी ठूलो मतान्तरसहित मुलुकको पहिलो दल बनेपछि प्रचण्डले आन्तरिक भेलाहरुमा भनेका थिए, अब सके एमालेलाई निल्ने नत्र ऊसँग मिल्ने नीतिअनुरुप नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउनुपर्छ ।   ‘सके मिल्ने नसके निल्ने’ नीति कुनैबेला माओवादीले लियो भने त्यही नीति एमालेले ०७०...

२५ वर्षको तथ्यांकः मधेसमा कम्युनिष्ट बढ्दै, कांग्रेस घट्दै

दुई नम्बर प्रदेशको भूभागअन्तरगत रहेको नेपालको मधेस नेपाली कांग्रेसको आधार क्षेत्र हो कि कम्युनिष्टहरुको ? वा यो प्रदेश क्षेत्रीय-जातीय पार्टीहरुको आधार क्षेत्र हो ? आउनुहोस् यस विषयमा ०४८ साल यताको करिब २६ वर्षको इतिहास खोतलौं- हुन त मधेसमा कांग्रेस र कम्युनिष्टहरुको जनाधारको चर्चा गर्दा ०४८ सालभन्दा...

प्रचण्डले सपना देखेको हुनसक्छ, पार्टी एकता सम्भव छैनः बाबुराम

 साउन, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पार्टी एकताबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कुनै सम्वाद नभएको बताएका छन् । माओवादीसँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको समेत उनले बताए । पार्टीको संघीय परिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग...

गोर्खाल्याण्ड: नकोरिएको इतिहास

प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्-  ‘इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट  अर्थात् , यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो...

नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री किन र केका लागि हुने भन्ने प्रश्न गरे

जेठ, काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री किन र केका लागि हुने भन्ने प्रश्न गरेका छन् । निकै भावुकरुपमा प्रस्तुत भएका पौडेलले नेतृत्वको गलत निर्णयका कारण पार्टी स्थानीय तह चुनावमा पराजित भएको जिम्मा कसले लिने, संगठन कसले र कसरी चलाउने भन्ने...