facebook समाचार

प्रधानमन्त्रिज्युबाट स्काउट दीक्षा ग्रहण


२१ पौष, काठमान्डौ l

सम्माननीय प्रधानमन्त्री तथा नेपाल स्काउटका संरक्षक श्री के.पी.शर्मा ओलिज्युले नेपाल स्काउटको संरक्षकको दीक्षा ग्रहण गर्नु भएको छ l प्रधानमन्त्री निवास बालुवाटार स्थित सभा हलमा आज आयोजित एक समारोहका बीच सम्माननीय प्रधानमन्त्री ज्युले स्काउट शपथ लिंदै दीक्षा लिनु भएको हो l सो कार्यक्रममा नेपाल स्काउटका प्रमुख स्काउट माननीय युवा तथा खेलकुद मन्त्री श्री सत्यनारायण मण्डलज्यू, प्रमुख आयुक्त श्री रबिन दाहाल, नेपाल स्काउटका सह-प्रमुख आयुक्तद्वय मंजु अर्याल र श्री कमल देउजा, श्री लोक बहादुर भण्डारी र अन्य विभागीय आयुक्तज्यूहरु एवं उपत्यकाका तिनै जिल्लाका स्काउट स्काउटरहरुको समेत उपस्थिति रहेको थियो l

नेपाल स्काउट ऐन २०५०(संशोधन २०६३) अनुसार नेपालका सम्माननीय प्रधानमन्त्री नेपाल स्काउटका संरक्षक र माननीय युवा तथा खेलकुद मन्त्री नेपाल स्काउटको प्रमुख स्काउट रहने व्यवस्था छ l

स्काउट दीक्षा ग्रहण पश्चात सम्माननीय प्रधानमन्त्री ज्यूमा प्रमुख स्काउट, प्रमुख आयुक्त र अन्य पदाधीकारी हरु एवं उपस्थित स्काउट स्काउटरहरुले बधाई अर्पण गर्नु भएको थियो l दीक्षा ग्रहण गरेपछि बोल्नुहुदै सम्माननीय प्रधानमन्त्रि ज्यूले आफ्नो बाल्यकालमा स्काउतमा संलग्न भएको स्मरण गर्दै यसले युवा तथा विद्यार्थी हरुलाई सुमार्गमा लैजादै असल नागरिक बनाउन उत्प्रेरित गर्ने बताउनुभयो l नेपाल स्काउटले भूकम्प पश्चात उद्दार र राहत कार्यमा देखाएको तत्परता निकै सह्रानीय रहेको हुँदा नेपाल सरकारले पनि यसका गतिविधीलाई थप बढावा दिंदै सरकारको नीति तथा कार्यक्रममा समावेश गरेको बताउनुभयो l

प्रधानमन्त्री तथा नेपाल स्काउटको संरक्षकको हैसियतले आफुले पनि नेपाल स्काउटको विकासमा उल्लेख्य काम गर्ने प्रतिबद्ता व्यक्त गर्नुहुँदै यसको निमित्त उपयुक्त समयमा उपयुक्त कार्यक्रमहरु घोषणा गरिने बताउनु भयो l

Nepal Scouts's photo.
Nepal Scouts's photo.
Nepal Scouts's photo.
Nepal Scouts's photo.

मङ्ल, पुस २१, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

डडेल्धुराबाट देउवाको उदघोषः मैले जिते प्रधानमन्त्री, अरुले जिते माननीय !

कात्तिक, डडेलधुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो चुनाव अभियान सुरु गरेका छन् । कैलाली हुँदै गृहजिल्ला पुगेका देउवाले चुनावी सभालाई सम्बोधन गर्दै पञ्चेश्वर परियोजना छिट्टै अघि बढ्ने बताए । आफ्नो भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुरा भइसकेको भन्दै उनले भने, ‘पानी र विजुली बाँडफाँट...

प्रहरीले ३ भारतीय सुटरसहित १ नेपालीलाई पोखराबाट पक्राउ गरे

 कात्तिक, पोखरा । प्रहरीले ३ भारतीय सुटरसहित १ नेपालीलाई पोखराबाट पक्राउ गरेको छ । नेपाल प्रहरीले शुक्रबार साँझ पोखराको सिद्धार्थ चोकमा सामान किन्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाको परिचय भने प्रहरीले खुलाएको छैन ।   कास्की प्रहरी स्रोतले  भारतको राजस्थानमा आतंक मच्चाएर नेपाल छिरेका...

विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य’ ‘मानवता र सद्भावको लागि गरौं सहकार्य

विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य’ ‘मानवता र सद्भावको लागि गरौं सहकार्य’ रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि ललितपुरको कुपण्डोलमा रहेको सुमित होटलमा कार्यरत कर्मचारीहरुले संकलन गर्नुभएको ३० हजार ६ सय ६० रुपैया सहयोग...

बिहान २ बजेर ४ मिनेट जाँदा काठमाडौंको मनमैजु भूकम्प

काठमाडौं, असोज १८ – काठमाडौं बुधबार बिहान परकम्प गएको छ । बुधबार बिहान २ बजेर ४ मिनेट जाँदा काठमाडौंको मनमैजु आसपास केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । परकम्पको धक्का गोंगबु, नयाँबजार, स्वयम्भू र त्यस आसपासका क्षेत्रमा...

घर आयो बाढीमा बग्दै भारत पुगेको गैंडा

चितवन- बाढीमा बग्दै भारतको बगाहा पुगेको दुर्लभ वन्यजन्तु गैंडा शुक्रबार बिहान चितवन निकुञ्ज आइपुग्यो। निकुञ्जका अधिकारीहरु गैंडा लिन मंगलबार बगाहा गएका थिए। नवलपरासीको त्रिवणीदेखि लगभग ४२ किलो मिटर दक्षिण पूर्वमा रहेको बगाहाबाट बिहीबार साँझ छ बजे हिडेको गैंडा बोकेको गाडी आज बिहान साढे पाँच बजे...

पोखरामा एक सैनिकले आफ्नै सहकर्मीको गोली हानी हत्या

काठमाडौं ।पोखरामा एक सैनिकले आफ्नै सहकर्मीको गोली हानी हत्या गरेका छन् । नेपाली सेनाको पोखरास्थित सिद्धीबक्स गणको रत्न मन्दिर पोस्टमा कार्यरत सैनिक प्युठ वसन्त लोहारले आफ्नै सहकर्मी सैनिक प्युठ गणेश सिंह विष्टको गोली प्रहार गरी हत्या गरेका हुन् ।   उनीहरु दुवैजना रातिदेखि सँगै ड्युटीमा बसेका थिए । जिल्ला...