प्रमुख समाचार

रक्सौलमा आन्दोलनकारीमाथि पेट्रोलबम प्रहार, स्थिति तनावग्रस्त


पर्साको वीरगञ्जस्थित रक्सौल नाकामा रहेको मितेरी पुलमा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्तामाथि पेट्रोल बम प्रहार गरिएको छ। भारतीय नाकाबाट नेपाल प्रवेश गरेका १५-२० जनाको समूहले  मोर्चाका कार्यकर्तामाथि पेट्रोल बम प्रहार गरेको हो।
त्यसअघि अान्दोलनकारी र  भारतीय सीमातर्फबाट नेपाल प्रवेश गरेका १५-२० जनाको समूहवीच झडप भएको थियो। झडपपछि रक्सौल नाकाको स्थिति तनावग्रस्त भएको छ।
धर्नामा बसेका आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्तालाई बुधबार बिहान १० बजेतिर भारतीय सीमाबाट नेपाल प्रवेश गरेको १५-२० जनाको समूहले आक्रमण गरेपछि दुई पक्षबीच झडप भएको पर्सा प्रहरी प्रमुख राजुबावु श्रेष्ठले जानकारी दिए।झडपमा परि दुर्इजना मोर्चाका कार्यकर्ता घाइते भएका छन्।
सुरुमा दुई पक्षवीच भनाभन भएको र तनाव बढेपछि भारतीयहरुले धर्नामा बसेका मोर्चाका कार्यकर्तामाथि आक्रमण गरेका थिए।
दुई पक्षवीच झडप भएपछि रक्सौल नाका तनाबग्रस्त बनेको श्रेष्ठले जानकारी दिए। दुवै पक्षवीच अाधा घण्टा ढुंगा हानाहान समेत भएको थियो ।1e3fb131abf1f28ae5698d02d21d5266_L

बुध, पुस २२, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपालका दुई ठुला कम्युनिष्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको सहमति

काठमाडौँः नेपालका दुई ठुला कम्युनिष्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई दलको एकता संयोजक समितिको बैठकले नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय गरेको हो । दुई दलबाट गठित एकता संयोजन समितिको करिब चार...

२००७ साल फागुन ७ गते मुलुकमा प्रजातन्त्र स्थापना भएको सम्झनामा सोमबार काठमाडौंको टुँडिखेलमा विशेष समारोह

काठमाडौं । २००७ साल फागुन ७ गते मुलुकमा प्रजातन्त्र स्थापना भएको सम्झनामा सोमबार काठमाडौंको टुँडिखेलमा विशेष समारोह गरिएको छ ।   सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रहरु, मुख्यसचिव, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका...

ओलीको निर्देशन : झमझम स्टकोट शैली होइन, दौरा सुरुवाल-साडी चोलोमा आउनुस्

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पोशाकमा सर्तक हुन सांसदहरुलाई निर्देशन दिएका छन् ।   पार्टी मुख्यालय धुम्बाराहीमा बसेको संसदीय दलको बैठकमा ओलीले पुरुष सांसदहरुलाई दौरा सुरुवाल र महिलालाई साडी चोलो लगाउन निर्देशन दिएका हुन् । ठाउँ र अवस्था अनुसार पहिरन लगाउनुपर्ने भन्दै उनले भने, ‘पूजाआजाहरुमा जाँदा...

शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदको अन्तिम बैठक बसिरहेको छ

फागुन, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदको अन्तिम बैठक बसिरहेको छ । प्रधानमन्त्री पदबाट राजीनामा दिनुअघि देउवाले प्रधानमन्त्री निवास निवास बालुवाटारमा बैठक आह्वान गरेका हुन् । बैठकलगत्तै उनले  देशवासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री पदबाट राजनीनामा दिनेछन् । प्रतिनिधिसभामा बाम गठबन्धनको बहुमत आएकाले अब एमाले अध्यक्ष केपी शर्मा ओली...

अबको २० दिनमा मेलम्ची खानेपानी आयोजनाको प्रमुख सुरुङमार्ग निर्माण सकिने

फागुन, काठमाडौं । कुनै अवरोध नआए अबको २० दिनमा मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण काममध्येको प्रमुख सुरुङमार्ग निर्माण सकिने भएको छ ।   सुरुङ छिचोल्न बाँकी रहेको ग्यालथुमदेखि सिन्धुसम्मको नौ किलोमिटरमा आजसम्म २४० मिटरमात्र सुरुङ खन्न बाँकी रहेको छ । अहिले दैनिक १२ मिटर सुरुङ खन्ने काम भइरहेको...

भारतीय सेना प्रमुख नेपालमा पहिलो पटकआउँदैछन्

२९ माघ, काठमाडौं । भारतीय स्थल सेना प्रमुख विपिन राउत सोमबार नेपाल आउँदैछन् । महाशिवरात्रीको दिन मनाइने नेपाली सेना दिवसमा सहभागी हुन राउत नेपाल आउन लागेका हुन् । सेनाका प्रवक्ता नैनराज दाहालले भने, ‘आर्मी डेकै लागि भारतीय सेना प्रमुख नेपाल आएको पहिलोपटक नै हो ।’   नेपाल एकीकरण...