समाचार

पाथिभराको भेटीमा अनियमितता


प्रशिद्ध तिर्थस्थल पाथिभराको भेटी संकलन गरिरहेको स्थानीय गैर सरकारी संस्था (एनजिओ)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हचुवाको भरमा आर्थिक अनियमितताको दोष लगाएका काममा बाधा गरेको आरोप लगाएका छ ।

स्थानीय स्तरमा गठिन गैरसरकारी संस्था पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सर्म्बद्धन समितिले अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले आˆनो कामको सुुक्ष्म अनुुगमन नै नगरी पाथिभराको भेटी व्यवस्थित गरी आधिकारीक निकाय वा संस्थामा जम्मा गर्ने व्यवस्था मिलाउन संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको भन्दै अनियमितताको प्रमाण फेला परे कारबाही गर्न चुनौति दिएको हो ।

समितिका उपाध्यक्ष रणबहादुर कार्कीले सरकारी समिति तर्फ लक्षित गर्दै जसलाई अख्तियार लाग्नुपर्ने हो उसैले अख्तियारमा उजुरी दिएको आरोप लगाउँदै आˆनो समितिले भेटीघाटीमा अनियमितता नगरेको दावि गरे । उनलेे सक्ने भए भ्रष्टाचार गरेको प्रमाण दिएर संस्था विघठन गर्न अख्तियारलाई चेतावानि समेत दिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङमा रहेको प्रशिद्ध तिर्थस्थल पाथिभराको भेटी व्यवस्थित गरी आधिकारीक निकाय वा संस्थामा जम्मा गर्ने व्यवस्था मिलाउन संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयलाई निर्देशन दिए पछि प्रमुख जिल्ला अधिकारीको सक्रियतामा राखिएको छलफलमा कार्कीले यस अघि पनि अख्तियारको पत्र आए पनि प्रमुख जिल्ला अधिकारीले अख्तियारलाई बुझाएको तर अहिले प्रजिअले त्यस्तो भुमिका खेल्न नसकेको समेत बताए ।

 

अख्तियारमा स्थानीय स्तरमा गठित समितिले भेटीघाटीमा अनियमितता गरेको बारम्बार उजुरी परेपछि पर्यटन मन्त्रालयलाई सरकार मातहतको समितिमा भेटीबारे जानकारी दिन पत्रचार गरेको थियो । त्यस पछि प्रमुख जिल्ला अधिकारी कमल बहादुर थापाको सक्रियतामा सरकारले पाथिभरा क्षेत्रको विकासका लागि गठित पाथिभरा क्षेत्र विकास समितिको खातामा भेटी जम्मा गर्ने भेटी व्यवस्थापन समिति गठन गरी काम गर्ने विषयमा छलफल चलेको थियो ।

यस अघि पटकपटक भएको छलफलमा पाथिभरामा संकलित भेटी सरकार मातहतको पाथिभरा क्षेत्र विकास समितिको खातामा जम्मा गर्ने र भेटी संकलन तथा व्यवस्थापन समिति निर्माण गरी खर्च गर्ने विषयमा सरोकारवालाबीच कुरा भए पनि निर्णय नभएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

भेटि जम्मा हुन छाड्यो

यसैविच पाथिभरा मन्दिरमा जम्मा हुने भेटी कुन संस्थामा जम्मा गर्ने भन्ने विषयको निर्णय नहुँदा भेटी संकलन भए पनि बैंकमा जम्मा हुन रोकिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङमा रहेको प्रशिद्ध तिर्थस्थल पाथिभराको भेटी व्यवस्थित गरी आधिकारीक निकाय वा संस्थामा जम्मा गर्ने व्यवस्था मिलाउन संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयलाई निर्देशन दिए पछि प्रमुख जिल्ला अधिकारीको सक्रियतामा सरोकारवाला बीच छलफल भए पनि निर्णय नहुँदा संकलन भएको भेटी जम्मा हुन नसकेको हो ।

अबको भेटी संकलन भए पनि प्रहरीको निगरानिमा रहने र निर्णय भए पछि मात्र जम्मा गरिने प्रमुख जिल्ला अधिकारी थापाको भनाई छ । वषिर्क दुई लाख भन्दाबढि तिर्थयात्रिले दर्शन गर्ने यस पाथिभरा मन्दिरबाट वर्षको एक करोड भन्दा बढि भेटि संकलन हुने गरेकोछPathibhara-veti1

बुध, पुस २२, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

डडेल्धुराबाट देउवाको उदघोषः मैले जिते प्रधानमन्त्री, अरुले जिते माननीय !

कात्तिक, डडेलधुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो चुनाव अभियान सुरु गरेका छन् । कैलाली हुँदै गृहजिल्ला पुगेका देउवाले चुनावी सभालाई सम्बोधन गर्दै पञ्चेश्वर परियोजना छिट्टै अघि बढ्ने बताए । आफ्नो भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुरा भइसकेको भन्दै उनले भने, ‘पानी र विजुली बाँडफाँट...

प्रहरीले ३ भारतीय सुटरसहित १ नेपालीलाई पोखराबाट पक्राउ गरे

 कात्तिक, पोखरा । प्रहरीले ३ भारतीय सुटरसहित १ नेपालीलाई पोखराबाट पक्राउ गरेको छ । नेपाल प्रहरीले शुक्रबार साँझ पोखराको सिद्धार्थ चोकमा सामान किन्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाको परिचय भने प्रहरीले खुलाएको छैन ।   कास्की प्रहरी स्रोतले  भारतको राजस्थानमा आतंक मच्चाएर नेपाल छिरेका...

विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य’ ‘मानवता र सद्भावको लागि गरौं सहकार्य

विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य’ ‘मानवता र सद्भावको लागि गरौं सहकार्य’ रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि ललितपुरको कुपण्डोलमा रहेको सुमित होटलमा कार्यरत कर्मचारीहरुले संकलन गर्नुभएको ३० हजार ६ सय ६० रुपैया सहयोग...

बिहान २ बजेर ४ मिनेट जाँदा काठमाडौंको मनमैजु भूकम्प

काठमाडौं, असोज १८ – काठमाडौं बुधबार बिहान परकम्प गएको छ । बुधबार बिहान २ बजेर ४ मिनेट जाँदा काठमाडौंको मनमैजु आसपास केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । परकम्पको धक्का गोंगबु, नयाँबजार, स्वयम्भू र त्यस आसपासका क्षेत्रमा...

घर आयो बाढीमा बग्दै भारत पुगेको गैंडा

चितवन- बाढीमा बग्दै भारतको बगाहा पुगेको दुर्लभ वन्यजन्तु गैंडा शुक्रबार बिहान चितवन निकुञ्ज आइपुग्यो। निकुञ्जका अधिकारीहरु गैंडा लिन मंगलबार बगाहा गएका थिए। नवलपरासीको त्रिवणीदेखि लगभग ४२ किलो मिटर दक्षिण पूर्वमा रहेको बगाहाबाट बिहीबार साँझ छ बजे हिडेको गैंडा बोकेको गाडी आज बिहान साढे पाँच बजे...

पोखरामा एक सैनिकले आफ्नै सहकर्मीको गोली हानी हत्या

काठमाडौं ।पोखरामा एक सैनिकले आफ्नै सहकर्मीको गोली हानी हत्या गरेका छन् । नेपाली सेनाको पोखरास्थित सिद्धीबक्स गणको रत्न मन्दिर पोस्टमा कार्यरत सैनिक प्युठ वसन्त लोहारले आफ्नै सहकर्मी सैनिक प्युठ गणेश सिंह विष्टको गोली प्रहार गरी हत्या गरेका हुन् ।   उनीहरु दुवैजना रातिदेखि सँगै ड्युटीमा बसेका थिए । जिल्ला...