प्रमुख समाचार

उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गर्दा ५.१ म्याग्निच्युडको भूकम्प!


उत्तर कोरियाले  बुधबार हाइड्रोजन बमको सफल परीक्षण गरेको दाबी गरेको छ। उत्तर कोरियाको सरकारी टेलिभिजनले  आजको परीक्षण सफल भएको र देशको आणविक शक्ति अर्को चरण प्रवेश गरेको बताएको छ।
आसपासका क्षेत्रमा बुधबार बिहान ५.१ म्याग्नेच्युडको भूकम्पको धक्का महशुस गरिएकाले पनि उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको हुन सक्ने दक्षिण कोरिया र जापानका अधिकारीले बताएका छन्।
दक्षिण कोरियाको मौसम विभागले पनि  बिहानको भूकम्प मानवनिर्मित  हुन सक्ने बताएको छ।
उत्तर कोरियाले सन् २००६ यता तीन पटक यस्ता परीक्षण  गरिसकेको छ। सन् २००६ मा यस्तो परीक्षण गर्दा ३.७, सन् २००९ मा ४.५ र सन् २०१३ मा ४.९ म्याग्नेच्युडको भूकम्पको धक्का महशुस गरिएको  समाचार संस्था एन्होपले जनाएको छ। timthumb

बुध, पुस २२, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेपछि कांग्रेसले संसद बैठक अवरुद्ध गरे

 काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेपछि कांग्रेसले संसद बैठक अवरुद्ध गरेको हो । सोमबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरे । लगतै सभामुखले सांसद मीन विश्वकर्मालाई बोल्न समय दिए । सरकारले समस्या बल्झाउने...

कैलालीको भजनी नगरपालिका– ५, लौबस्थाका करिब २०० परिवार डुबानमा

असार, धनगढी ।कैलालीको भजनी नगरपालिका– ५, लौबस्थाका करिब २०० परिवार डुबानमा परेका छन् । कान्द्रा नदीमा आएको बाढीका कारण उनीहरु डुबानमा परेका छन् । भजनी नगरपालिकाकी उपमेयर छाया देवकोटाले लौबस्थाका २ सय परिवार डुबानमा परेको र उनीहरु सोमबारदेखि नै स्कुल र सुरक्षीत भवनमा आश्रय लिएर बसिरहेको...

अविरल वर्षापछि आएको पहिरोले देशका विभिन्न स्थानका सडकहरु अबरुद्ध हुन पुगे

असार, काठमाडौं । अविरल वर्षापछि आएको पहिरोले देशका विभिन्न स्थानका सडकहरु अबरुद्ध हुन पुगेका छन् । दोलखाको गौरीशंकर गाँउपालिका–८ स्थित मन्थली र तातोपानीको बीचमा शुक्रबार बिहान ६ बजे पहिरो खस्दा सिंगटी–लामाबगर सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारी रोकिएका छन् ।   उता कालिकोटको शुभकालिका...

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको कोशेलीः सम्झौता २३ (पुरा पाठ )

असार, बेइजिङ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको मुख्य उद्देश्य एवं उच्चस्तरीय भेटघाट विहीबार सकिएको छ । अब प्रधानमन्त्री ओलीले नेतृत्व गरेको जम्बो नेपाली टोली शुक्रबार ल्हासाको भ्रमणमा निस्कने र आइतबार स्वदेश फिर्ता हुने कार्यसूची छ ।   चीन भ्रमणको तेस्रो दिन विहीबार नेपाल र चीनबीच विद्युतीय...

चीन भ्रमण गर्न पूर्वप्रधानमन्त्रीहरूले यस्तो सुझाव दिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समृद्धिको सपना साकार हुने गरी विगतमा भएका सम्झौताको कार्यान्वयन र आर्थिक विकासमा केन्द्रित रही चीन भ्रमण गर्न पूर्वप्रधानमन्त्रीहरूले सुझाव दिएका छन् । आसन्न चीन भ्रमणबारे जानकारी दिन र सुझाव लिन प्रधानमन्त्री ओलीले आइतबार आयोजना गरेको छलफलमा समृद्धिका सपना पूरा...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले ‘बृहत्’ सम्झौता-पत्रमा हस्ताक्षर

सिंगापुर — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले ‘बृहत्’ सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार सिंगापुरमा कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउन भएको ऐतिहासिक शिखर वार्ता पछि दुई नेताले सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन् । यद्यपी सम्झौताका बुँदाहरु भने सार्वजनिक गरिएको...