स्थानीय समाचार

प्रेममा धोका पाएपछि बदलामा ठगी धन्दा !


नक्कली डाक्टर बनेर दर्जनौ युवाहरुलाई ठगी गर्दै हिड्ने गुल्मी हस्तीचौरकी डाक्टर सुहाना केसी भन्ने भगवती केसीलाई महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले सोधे,’किन नक्कली डाक्टर बनेर युवाहरु ठग्दै हिँडेकी ?’
उनीले जवाफ फर्काइन्-युवाहरुलार्इ ठेगान लगाउन।
कस्तो ठेगान? एसएसपी खनालले उनको भनाई भूईमा खस्न नपाउँदै फेरि सोधे।
उनीले फेरि जवाफ दिइन्- यसबारे मलाई केही थाहा छैन्। डाक्टर सुहाना केसी उर्फ भगवती केसी खुलेर केही भन्ने मुडमा देखिन्न थिइन्।
प्रहरीले पक्राउ गरिसकेपछि पनि उनलार्इ कुनै पश्चाताप छैन् । बरु उनी भन्छिन्-बरु जेलबाट छुटेपछि पनि यही कामलाई निरन्तरता दिन्छु।
प्रेममा धोका पाएपछि पूर्व प्रेमीलार्इ देखाउनै लागि उनीमा बदलाको भाब अाएको र विरक्तिएर ठगी गर्दै हिँडेको खनालले बताए।
काम नगरी ठगेको भरमा मिठो खान, राम्रो लगाउन र युवाहरुसँग मोजमस्ती गर्न पल्किने हावा टाइपको युवती उनी रहेको खनालले बताए। उनले हातमा ‘आइ ल यु’ शक्ति लेखेर  ट्याटु खोपेकी छिन्।
७ वर्षअघि गुल्मीबाट काठमाडौं आउँदा एक सहकारीमा काम गरेको र त्यस बखत एक युवकसँग उनी गहिरो प्रेममा परेको प्रहरीले जनाएको छ । युवकले धोका दिएपछि उनी विरक्तिएर युवाहरुसँग बदला दिने भाव उनमा झल्किएको एसएसपी खनालले बताए।
सहकारी छाडेदेखि उनले युवाहरुलाई फसाउने, प्रेमजालमा पार्ने  देखिएको प्रहरीले जनाएको छ । नक्कली डाक्टर बनी काठमाडौंका एक धनाढ्य परिवारका प्लस टु पढ्दै गरेकी युवकलाई उनले प्रेमजालमा पारेर भारतको नयाँदिल्ली पुर्‍याएकी थिइन्।
उनले एक जनामात्र होइन दर्जनौँ युवाहरुलाई फसाएर ३ हजारदेखि ५० हजारसम्म रुपैयाँ ठगेको प्रहरी अनुसन्धानले देखाएको छ । कलाकार, डाक्टरदेखि पोखरा, काठमाडौंका होटल व्यवसायीलाई पनि उनले ठगेकी थिइन्। भूकम्प ताका उनी काठमाडौंको गंगबु क्षेत्रका एक दर्जनभन्दा बढी होटलमा बसेर भाडा र खानाको पैसा समेत नतिरी भागेको वालिङ फुलवारी होटलका संचालक यमु कुँबरले बताए।
पोखरा र काठमाडौंका डाक्टरहरुसँग शारिरीक सम्बन्ध राख्दै उनले केही रकम समेत असुलेको प्रहरीले जनाएको छ। ट्याक्सी चढ्ने, एउटा निश्चित स्थानको नाम चलेको होटल पुर्‍याइदेउ भन्ने होटलमा बस्ने, डिआइजीकी छोरी भन्ने र होटलको बिल नतिरी हिड्ने प्रवृत्ति उनको थियो । डाक्टरहरुलाई पटक पटक जालमा पारेकी उनले एउटा गाडि शोरुमका म्यानेजरलाई समेत ठग्न भ्याएकी थिइन्।
ठगी गर्ने तर एउटा पनि प्रमाण फेला नपर्ने गरी काम गर्ने उनको बानी रैछ अनुसन्धानमा खटिएका डिएसपी रमेश थापाले बताए ।
‘प्रहरीले उनलाई समातेपछि, उनको नाम, घर कहाँ हो केही पनि थाहा थिएन, समाएपछि बल्ल हामी हामीले खोज्यौं, ती युवतीले अरु बेला अनेक नाम र ठेगाना भनेर ढाँटेको पाइयो’ अनुसन्धानमा खटेका अर्का प्रहरी निरीक्षक दुर्गा दाहालले भने ।
प्रहरीका अनुसार उनी सात वर्ष अघि काठमाडौं आएकी हुन् । उनी निम्नस्तरको परिवारमा जन्मेकी युवती हुन् । उनका बुबा भारतमा मजदुरी गर्छन् भने अामा घरै खेतबारी हेरेर बस्छिन्। उनका एक भाइ र एक बहिनी छन् । उनले  ७ कक्षासम्म मात्रै अध्ययन गरेको खुलेको छ।
उनले ९ वटा मोबाइलका सिम बोकेकी छन् भने ३ वटा फेक फेसबुक आइडी खोलेकी छिन् ।
यो पनि

बुध, पुस २२, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

“ दशैं र तिहारको बेला प्राय हस्पितलहरूमा रगतको अभाब हुने मध्य नजर गर्दै  समिट होटेलमा रक्तदान”

हरेक बर्ष जस्तै यस बर्ष पनि  दशैं र तिहारको बेला प्राय हस्पितलहरूमा रगतको अभाब  हुने हुदा त्यसलाइ मध्य नजर राख्दै प्रत्येक बर्ष यस समिट होटल प्रा.लिको प्रायोजनमा अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरा मजदुर संघ समिट होटल प्रा.लि र स्टाफहरूको तर्फ़बाट रक्तदान काय्रक्रममा गरिदै आएकोमा यस बर्ष जम्मा ११६ जनाले...

विश्व मुटु दिवसमा मंगलबजारदेखि नालासम्म साइकल यात्रा

काभ्रेको प्राचीन शहर नालाको पहिचानलाई धेरैभन्दा धेरै समुदायसम्म पुर्याउनुका साथै मुटुरोगसम्बन्धी जनचेतना जगाउनका लागि नालाका युवाहरुले मंगलबजारदेखि नालासम्म साइकल यात्राको आयोजना गरेका छन् । असोज १३ गते(२९ सेप्टेम्बर)मा मनाइने विश्व मुटु दिवसका अवसरमा साइकल यात्राको आयोजना गरिएको आयोजक जी व झिगु नालाका संयोजक ईश्वर अनामणि श्रेष्ठले...

समिट होटलको ३८ औ बार्षिक उत्सब भब्य रुपमा सम्पन्न

हरेक बर्ष सेक्टेम्बर १५ तारिकका दिन यस समिट होटलको ३८ औ बार्षिक उत्सब मा समिट होटलको आयोजनामा भएको ४ कि.मि.दौड प्रतियोगितामा पुरष ३८ र महिला ११ गरि जम्मा ४९ जनाको सहभागितामा भएको दौड प्रतियोगितामा पुरष तर्फ़ प्रथम बुद्ध घिसिंग, दोस्रो बाबुराम राई, तेस्रो शंकर आचार्य...

गोंगबुको सांस्कृतिक सम्पदाहरु

गोंगबु क्षेत्रका गणेश मन्दिरहरु  १) बीच विनायक २)जल विनायक ३)कार्य विनायक ४)शिध्दी विनायक गोंगबु क्षेत्रका पाटीहरु  १)बकैना पाटी २)कलकत्ते पाटी ३)नेवा छ्य पाटी ४)सांख टी ख्वाउने पाटी गोंगबु क्षेत्रका इनारहरु  १)गणेशस्थान नेरको इनार (हाल लोप भैसकेको छ ) २)ग्वाराको जग्गाको इनार (हाल लोप भैसकेको छ ) ३)नाति मानान्धरको घरनेरको इनार ४)बिज्ञान लोहनीको घरनेरको इनार ५)नेवा छेको इनार गोंगबु क्षेत्रका कुवाहरु  १)चन्द्र बहादुरको घरनेरको कुवा २)सार्की...

उग्रचण्डी नालाको गाईजात्रा परम्परा

गाईजात्रा नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । नेवार समुदायबाट यो संस्कृतिको बिकाश सुरू भएको जात्रा हो । नेवार समुदायमा यो चाडलाइ सापारु भनिन्छ । नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी...

बालबिबाह र जातीय छुवाछुत बिरुद्ध नाटक प्रर्दशन हुने

तमानखोला गाँउवालीका ४ लाम्मेला मा बालबिवहा र जातिय छुवाछुत बिरुद्ध नाटक प्रर्दशन हुने भएको छ ।। लाम्मेला परिर्वनशिल समुह काठमाण्डौ ले आज एक कार्यक्रम को आयोजना गरि आफ्नो आगामि दशैको समापन र तिहारको पूर्बसन्ध्यामा हुने कार्यक्रम को प्रर्पोजल सार्वजनिक गरेको छ । माधब छन्त्याल को...