राजनिति

मधेस अान्दाेलन तस्करहरूकाे हातमा गएकाे छ: एमाले सचिव भट्टरार्इ


भीमदत्तनगर– नेकपा एमालेका सचिव योगेश भट्टराईले अहिलेकाे मधेस आन्दोलन तस्करहरूकाे हातमा रहेका बताएका छन्। ‘अहिलेकाे मधेस अान्दाेलन मधेसी मोर्चाका नेताको हातमा छैन, काठ, इन्धनलगायत तस्करी गर्नेको हातमा रहेको छ,’ उनले भने, ‘दिनमा सीमामा धर्ना बस्ने, राति तस्करी गर्नेको हातमा आन्दोलन गइसकेको छ।’

 download
त्यस्तो प्रवृत्तिमाथि सरकारले नियन्त्रण गर्नुपर्ने उनले बताए। अर्काे प्रसंगमा मन्त्रालय फुटाउनु वर्तमान सरकारको बाध्यता रहेको उनले बताएका छन्। प्रेस चौतारी कञ्चनपुरले बुधबार भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मन्त्रिमण्डल जम्बो बनाउनुका साथै मन्त्रालय टुक्रयाउनु सरकारको बाध्यता रहेको बताएका हुन्। ‘हामीले पनि यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थियौं, एमालेको प्रचार विभाग प्रमुखसमेत रहेका सचिव भट्टराईले भने, ‘यो आजको निम्ति राम्रो कुरो होइन।’

संसद्मा बढी सङ्ख्या भएको नेपाली काँग्रेस प्रतिपक्षमा बस्ने भएपछि अन्य विभिन्न दललाई समेटेर सरकार निर्माण गर्नुपर्ने भएपछि मन्त्रिमण्डल ठूलो र मन्त्रालय फुटाउनुपर्ने अवस्था आएको उनकाे भनाइ थियो। मधेसमा देखिएको असहमतिका कारण संविधान कार्यान्वयनमा समस्या भएको बताउँदै उनले प्रादेशिक सीमाकङ्नको विषय राजनीतिक समिति बनाएर हल गर्नुपर्नेमा जोड दिए। ‘अहिलेको सात प्रदेश कुनै हालतमा हेरफेर हुँदैन,’ उनले भने।

बुध, पुस २२, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बाराको सिमरामा नेपाली कांग्रेसका उम्मेदवार चढ्ने गाडीमा प्रेसर कुकर बम बिष्फोट

मंसिर, सिमरा । बाराको सिमरामा नेपाली कांग्रेसका उम्मेदवार चढ्ने गाडीमा प्रेसर कुकर बम बिष्फोट भएको छ । बारा क्षेत्र नम्बर ४ (क) का नेपाली कांग्रेसका प्रदेश सभा उम्मेदवार ओमकृष्ण कार्की चढ्ने गाडीमा बिहान बम विस्फोट भएको हो ।   सोमबार बिहान साढे पाँच बजे भएको बम विष्फोटका...

एमाले पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे लडेर घाइते

कात्तिक, काठमाडौं । धादिङका वाम गठबन्धनका साझा उम्मेदवार तथा एमाले पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे लडेर घाइते भएका छन् । धादिङको निर्वाचन क्षेत्र नं १ को प्रदेशसभाका लागि वाम गठबन्धनका साझा उम्मेदवार रहेका पाण्डे बुधबार लडेर घाइते भएका हुन् । पाण्डेका स्वकीय सचिव दिनेश घिमिरेले दक्षिणी धादिङको धुनीवेसी...

मेरो जित सुनिश्चित जस्तै छ

योगेन्द्र सङ्ग्रौला उमेद्वार, बाम गठबन्धन काठमाडौं क्षेत्र नं.६, प्रदेश–‘ख’ लामो समयसम्म नेकपा एमालेको राजनीतिमा सक्रिय योगेन्द्र सङ्ग्रौला एउटा कुशल संगठन कर्ता, अनुभवी राजनीतिक कार्यकर्ता र सरल सामाजिक अभियन्ता हुनुहुन्छ । आगामी मंसिर २१ गते हुने निर्वाचनको लागि काठमाडौं क्षेत्र नं.६, प्रदेश–‘ख’ मा बाम गठबन्धनबाट साझा उमेद्वार सङ्ग्रौला विगतमा...

काठमाण्डौ क्षेत्र न.६ मा निर्वाचन महाअभियान सुरु

काठमाण्डौ क्षेत्र न.६ को निर्वाचन महाअभियान सुरु / क. हिमाल शर्मा को संयोजकत्वमा पूरै ६ न. क्षेत्रको साथै प्रदेश ‘क’ को क. तिलक सुनुवार र प्रदेश ‘ख’ को क. लब कुमार बस्नेतको संयोजकत्वमा निर्बाचन परिचालन कमिटी गठन गरिएको छ / यो क्षेत्रलाई बाम गठबन्धनको किल्ला बनाउने...

०६२/०६३ सालको जनान्दोलनको बेलामा पत्रिकामा छापिएको चर्चित फोटोहरु

यी दुइ फोटोहरु ०६२/०६३ सालको जनान्दोलनको बेलामा पत्रिकामा छापिएको चर्चित फोटोहरु हुन् / दुवै फोटोहरु  जनान्दोलनमा गोंगबु क्षेत्रको कमान्डर शमशेर बहादुर गाइजुको उपस्थिति दरो देखाएको छ तर आन्दोलन ताका निकै सक्रिय व्यक्तित्व चुनाबी मैदानमा किन सक्रिय देखिंदैन आम गोंगबुबासीको मनमा खुल्दुली लाग्नु स्वाभाविक हो...

मेरो उम्मेदवारी टुरिष्ट उम्मेदवारका विरुद्ध हो : लब कुमार बस्नेत

२०३५ सालदेखि तत्कालीन नेकपा एमालेबाट राजनीतिमा प्रवेश गरेका लब कुमार बस्नेत काठमाडौं क्षेत्र नं ६ को प्रदेश सभा ख का लागि बाम गठबन्धनका साझा उम्मेदवार योगेन्द्र संगौला विरुद्ध विद्रोही उम्मेदवारका रुपमा खडा भएका छन् । वि.स. २०४९ र २०५४ साल गरि २ कार्यकाल नेकपा एमालेबाट...