कला/मनोरञ्जन

के रेखा नायिकाले गीत गाएर संगीतको उपहास गरे भन्न चाहन्छिन् ?


नायिका रेखा थापाले चलचित्र ‘लालजोडी’को एक गीतमा आवाज दिइन् । रेखाले स्टूडियोमा गीत गाउँदै गर्दा आफूले युटुबका लागि गीत नगाउने समेत भन्न भ्याइन् ।rekha-thapa_1

तपाइको गायिका बनेर एल्बम निकाल्ने रहर छ या छैन भन्ने प्रश्नमा रेखाले आफू चलचित्रका लागि मात्र गाउने बताइन् । उनले रहरका लागि मात्र गीत गाएर संगीतको उपहास गर्न नचाहने खुलाइन् ।

अहिले केही नायिकाले आफ्नो आवाजमा गीत गाएर भिडियो सार्वजनिक गरिसकेका छन् । प्रियंका कार्की, पूजा शर्मा, छुल्ठिम गुरुङले गीत गाएर भिडियो युटुबमा सार्वजनिक गरेका हुन् ।

रेखालाई हामीले सोध्यौ, के त्यसो भए युटुबका लागि गीत गाउने नायिकाले संगीतको उपहास गरेका हुन् त, रेखाले बच्दै जवाफ फर्काइन्-‘मैले त्यसो भन्न खोजेको होइन । उहाँहरुले राम्रो गीत गाउनु भएको होला । मैले पुरा सुन्न भ्याएको छैन ।’

आफूले सोखका लागि गीत नगाउने रेखाको भनाई छ । आफ्नै चलचित्रको गीतमा आवाज दिने रेखाको भनाई छ । चलचित्रको गीतका लागि साधना गर्न आफू तयार भएपनि सोखका लागि गीत नगाउने उनले तर्क गरिन् ।

 

बुध, पुस २२, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मिस र मिस्टर बिश्वकर्मा सोनिया र सिमान्त 

बिश्वकर्माहरुको प्रतिभा उजागर  गर्ने अभिप्रायले परिवर्तन इभेन्ट हाउसले राजधानीमा केहि समय अगाडी  मिस एण्ड मिस्टर बिस्वकर्मा  आयोजना  गरेको  थियो सिन्धुपाल्चोक  कि कक्षा ११ मा अध्ययन गर्दै गरेकी  सोनिया बिश्वकर्मा र रामेछापको सिमान्त सिंह बराइली मिस एण्ड मिस्टर बिस्वकर्मा  उपाधि आफ्नो हात पार्न सफल भएका छन्...

अनमोल केसीको ‘कृ’ शनिबार देशभरी हाउसफुल .. एक्सन बबाल

चितवन, २७ माघ : रिजिल भएको पहिलो दिन शुक्रबार सुखद शुरुआत नभएको अनमोल केसी अभिनित चलचित्र ‘कृ’ शनिवार नेपालका अधिकांश हल हाउसफुल भए । चितवन, काठमाडौ, पोखरा, हेटौंडाका हल तथा मल्टिप्लेक्स भरिएको निर्माण समुहले जनाएको छ । शुक्रबार प्रदर्शनमा आएको उक्त चलचित्र प्रदर्शनीको पहिलो दिन हल...

हास्य अभिनेताको रूपमा परिचित छन जयकिशन बस्नेत

नेपाली फिल्ममा हास्य व्यंग्य शैली स्थापित गर्न उनको महत्त्वपूर्ण भुमिका छ । हाल उनी शेरेले हसाउछ सिरियलमा अभिनय गरिरहेका छ्न । फिल्मी शैलीकै सिरियलले सफलता पुर्बक पच्चीस भाग पार गरेको छ ।डिस होमको रमाइलो टेलिभिजनमा आउने उक्त कार्यक्रमबाट बस्नेत समेत उत्साहित छ्न । तराईदेखि हिमालसम्म...

सदिप समर्पणको गित बिधार्थीहरुको जिब्रोमा

उदयमान गायकको रुपमा सदिप समर्पण राई एक परिपक्व नाम हो । ओखलढुंगा जिल्लाको मोली-९ फस्कुमा वि.सं २०४५ सालमा जन्मिनुभएका सदिप समर्पण राईको सानी देखिको लक्ष्य गायन नै थियो । औपचारिक शिक्षा एस.एल.सी पास गरेपश्चात गायन क्षेत्रमै स्थापित हुने मनशायले २०६२ सालमा काठमाडौँ  आउनुभएका उहा कामको सिलसिलामा २०६५ मा...

कलाक्षेत्रमा सक्रिय रुपा लामा

मकवानपुर जिल्लाको मनहरी ४ मा बि.स.२०५० बैशाखमा जन्मिएकी रुपा लामा मोडलिंग क्षेत्रमा सक्रिय छिन्/कक्षा ११ मा पढ्दा पढ्दै जापानिज भाषा सिक्न काठमाडौं आएकी रुपाले यो क्षेत्रमा करियर बनाउने सोचेकी पनि थिइनन्/ दाज्यु बिरु लामा र पेमा लामाले तामांग फिल्मका निर्देशक निमा लामा संग चिनजान गराए...

बिश्व सामु चिनाउनका लागि संसारकै लामो गीत बजारमा ल्याउने तयारी

काठमाडौं, माघ २१ । गायक, संगितकार एवं एरेञ्जर लक्षु प्रकाश मल्लले नेपाललाई बिश्व सामु चिनाउनका लागि संसारकै लामो गीत बजारमा ल्याउने तयारीमा छन् । जसको नाम I love You Part -2, The Earth राखिएको छ । उनको गीतलाई भने धिताल फिल्मले बजार व्यवस्थापन गर्ने भएको...