स्थानीय समाचार

सवै नगरपालिका र गाविसमा हेलिप्याड निर्माण गरिने


सरकारले देशभर आपत्कालिन उद्धारका लागि हेलिप्याड निर्माण गर्ने भएको छ। मंगलवार साँझ बसेको मन्त्रिपरिषदको बैठकले तत्काल देशभरका सवै नगरपालिका र गाउँपालिकामा हेलिप्याड निर्माण गर्ने निर्णय गरेको शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले जानकारी दिए।
यसैगरी बैठकले पुनर्निर्माण प्राधिकरण अन्तर्रगतको प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय परामर्श समिति र निर्देशक समितिलाई पूर्णता दिइएको मन्त्री ढकालले वताए।
प्रधामन्त्री अध्यक्ष रहने राष्ट्रिय परामर्श समितिमा प्रमुख प्रतिपक्षी दलको नेता उपाध्यक्ष रहने व्यवस्था छ। समितिमा मन्त्रीहरुका तर्फबाट उपप्रधानमन्त्री  तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनाली, उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावल, उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उपप्रधानमन्त्री तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसी, भूमिसुधार मन्त्री रामकुमार सुब्बा र स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई नियुक्त गरिएको मन्त्री ढकालले बताए । यसैगरी सोे समितिमा भूकम्प प्रभावित १४ जिल्लाका १४ जना सांसदहरु पनि  सदस्य रहनेछन्।
 बैठकले प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको निर्देशक समितिको सदस्यमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, विज्ञ सदस्यमा तारानिधि भट्टराई र किशोर थापालाई नियुक्त गरेको छ। एक सदस्य भने पछि नियुक्ति गरिने मन्त्री ढकालले बताए। निर्देशक समितिमा प्रतिपक्षी दलले सिफारिस गर्ने व्यक्तिलार्इ सरकारले सदस्यमा मनोनित गर्ने व्यवस्था छ। तर सिफारिस गर्दा उपप्रधानमन्त्री भइसकेको व्यक्ति हुनु पर्ने मापदण्ड छ।
यसैगरी प्राधिकरणकै सिईओ अध्यक्ष रहने कार्यकारिणी समितिमा डा चन्द्रबहादुर श्रेष्ठ, ध्रुवप्रसाद शर्मा र विष्णुबहादुर भण्डारीलाई नियुक्त गरिएको छ।  यसैगरी मन्त्रिपरिषद बैठकले आर्थिक पुनःउद्धार कोष गठन गरेको छ। सो कोषवाट भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र विकासका कामका लागि सहुलियत ब्याजमा ऋण उपलब्ध गराइनेछ।
यसैगरी बैठकले नेपाली सेनाका केही रथी, उपरथी र महासेनानीको वढुवा तथा पदस्थापन गरेको मन्त्री ढकालले जानकारी दिए। timthumb

बुध, पुस २२, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

“ दशैं र तिहारको बेला प्राय हस्पितलहरूमा रगतको अभाब हुने मध्य नजर गर्दै  समिट होटेलमा रक्तदान”

हरेक बर्ष जस्तै यस बर्ष पनि  दशैं र तिहारको बेला प्राय हस्पितलहरूमा रगतको अभाब  हुने हुदा त्यसलाइ मध्य नजर राख्दै प्रत्येक बर्ष यस समिट होटल प्रा.लिको प्रायोजनमा अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरा मजदुर संघ समिट होटल प्रा.लि र स्टाफहरूको तर्फ़बाट रक्तदान काय्रक्रममा गरिदै आएकोमा यस बर्ष जम्मा ११६ जनाले...

विश्व मुटु दिवसमा मंगलबजारदेखि नालासम्म साइकल यात्रा

काभ्रेको प्राचीन शहर नालाको पहिचानलाई धेरैभन्दा धेरै समुदायसम्म पुर्याउनुका साथै मुटुरोगसम्बन्धी जनचेतना जगाउनका लागि नालाका युवाहरुले मंगलबजारदेखि नालासम्म साइकल यात्राको आयोजना गरेका छन् । असोज १३ गते(२९ सेप्टेम्बर)मा मनाइने विश्व मुटु दिवसका अवसरमा साइकल यात्राको आयोजना गरिएको आयोजक जी व झिगु नालाका संयोजक ईश्वर अनामणि श्रेष्ठले...

समिट होटलको ३८ औ बार्षिक उत्सब भब्य रुपमा सम्पन्न

हरेक बर्ष सेक्टेम्बर १५ तारिकका दिन यस समिट होटलको ३८ औ बार्षिक उत्सब मा समिट होटलको आयोजनामा भएको ४ कि.मि.दौड प्रतियोगितामा पुरष ३८ र महिला ११ गरि जम्मा ४९ जनाको सहभागितामा भएको दौड प्रतियोगितामा पुरष तर्फ़ प्रथम बुद्ध घिसिंग, दोस्रो बाबुराम राई, तेस्रो शंकर आचार्य...

गोंगबुको सांस्कृतिक सम्पदाहरु

गोंगबु क्षेत्रका गणेश मन्दिरहरु  १) बीच विनायक २)जल विनायक ३)कार्य विनायक ४)शिध्दी विनायक गोंगबु क्षेत्रका पाटीहरु  १)बकैना पाटी २)कलकत्ते पाटी ३)नेवा छ्य पाटी ४)सांख टी ख्वाउने पाटी गोंगबु क्षेत्रका इनारहरु  १)गणेशस्थान नेरको इनार (हाल लोप भैसकेको छ ) २)ग्वाराको जग्गाको इनार (हाल लोप भैसकेको छ ) ३)नाति मानान्धरको घरनेरको इनार ४)बिज्ञान लोहनीको घरनेरको इनार ५)नेवा छेको इनार गोंगबु क्षेत्रका कुवाहरु  १)चन्द्र बहादुरको घरनेरको कुवा २)सार्की...

उग्रचण्डी नालाको गाईजात्रा परम्परा

गाईजात्रा नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । नेवार समुदायबाट यो संस्कृतिको बिकाश सुरू भएको जात्रा हो । नेवार समुदायमा यो चाडलाइ सापारु भनिन्छ । नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी...

बालबिबाह र जातीय छुवाछुत बिरुद्ध नाटक प्रर्दशन हुने

तमानखोला गाँउवालीका ४ लाम्मेला मा बालबिवहा र जातिय छुवाछुत बिरुद्ध नाटक प्रर्दशन हुने भएको छ ।। लाम्मेला परिर्वनशिल समुह काठमाण्डौ ले आज एक कार्यक्रम को आयोजना गरि आफ्नो आगामि दशैको समापन र तिहारको पूर्बसन्ध्यामा हुने कार्यक्रम को प्रर्पोजल सार्वजनिक गरेको छ । माधब छन्त्याल को...