अर्थ

बिराटलाई प्रतिलिटर १ सय ९० रुपैयाँमा तेल बेच्न मन्त्रालयको अनुमति


प्रतिलिटर १ सय ९० रुपैयाँमा बिराट आयल कम्पनीलाई पेट्रोल बिक्री वितरणका लागि नेपाल आयाल निगमले अनुमति दिएको छ। नेपाल आयाल निगमले एक पटकको लागि भन्दै पम्पबाट पेट्रोल बिक्रीको लागि अनुमति दिएको विराट आयलका प्रमुख पर्शुराम उप्रेतीले जानकारी दिए।
बिराट आयललाई १ सय ९० रुपैयाँमा पेट्रोल बिक्रीको लागि अनुमति दिने नेपाल आयाल निगमले भने  प्रतिलिटर १ सय ४ रुपैयाँमा पेट्रोल उपलब्ध गराईरहेको छ। बिराट आयलले १० दिन अगाडि ९६ हजार १ सय लिटर पेट्रोल काठमाडौं ल्याएको थियो। उसले पेट्रोल काठमाडौं ल्याएको १० दिन भएपनि भारतको कोलकत्ताबाट लोड गरेर नेपाल ल्याएको १ महिना २ दिन भइसकेको छ।
नेपाल आयल निगमका वितरण शाखा प्रमुख मुकुन्द घिमिरेका अनुसार मन्त्रीस्तरबाट नै विराटलाई एक पटक पम्पबाट तेल बिक्रि वितरणको अनुमति दिन निर्देशन आएबमोजिम निगमले अनुमति दिएको हो। बिराटले काठमाडौंमा पेट्रोल ल्याउनासाथ आपूर्ति मन्त्रालयलाई पनि जनकारी गराएको थियो। नापतौल तथा गुणस्तर विभागमा गुणस्तर परीक्षण गरि प्रमाण पत्रसमेत लिइसकेको बिराट कम्पनीले जनाएको छ।
पम्पबाट बिक्री वितरणको अनुमति पाएलगत्तै सम्बृद्धी आयल स्टोर गोठाटारलाई १९ हजार लिटर पेट्रोल बिक्री वितरणको लागि बिराटले जिम्मा दिएको छ।
त्यस्तै सोह्रखुट्टेको न्यू भगवति पम्पले पनि पेट्रोल मागेको बिराट आयलका प्रमुख उप्रेतीले सेतोपाटीसँग बताए। त्यस्तै हामा पम्पले पनि एक टयाङ्कर पेट्रोल ल्याएको तर उसले भने विवादमा रहको पेट्रोल पनि बिक्री वितरण नगर्ने भन्दै निगमलाई जानकारी गराएको निगम वितरण प्रमुख घिमिरेले बताए।
नेपाल आयल निगमले बिक्री वितरण गरेको पेट्रोल भन्दा ८६ रुपेयाँ महंगो रहे पनि विराट आयलले प्रतिलिटर १ सय ९० रुपैयाँको मूल्यबाट आफूहरुलाई नोक्सान भएको जनाएको छ। आफूहरुले भारतमा नै पेट्रोल किन्दा प्रतिलिटर ८० रुपैयाँ तिरेको जनाउँदै उसले नेपाल सरकारलाई तिर्नु पर्ने सम्पुर्ण कर सहित प्रतिलिटर ४० रुपैयाँ ८५ पैसा थप खर्च भएको जनाएको छ।
उप्रेतीले भने नेपाल आयल निगमले ल्याउने गरेको यूरो ३ मापदण्डको तेलभन्दा आफूले ल्याएको तेल यूरो ४ मापदण्डको रहेकोले महँगो शुल्क परेको जानकारी दिए।
त्यस बाहेक तेल ल्याउदा लाग्ने सम्पुर्ण खर्च, कर्मचारीलाई दिनुपर्ने सेवा सुविधा र लामो समयसम्म तेल बोकेर ट्याङ्कर थन्काउनुपर्दा समेत बढी खर्च भएको जनाएको छ। नेपाल सरकारले निजी क्षेत्रलाई सहजरुपमा तेल आयात गरी बिक्री वितरणको व्यवस्था गर्न नसेकोले पनि अबको दिनमा पेट्रोल ल्याउन नसक्ने उप्रेतीले  बताए।
विराट आयालसँगै नेपाल आयल निगमले कमिसनको खेलमा तेल ल्याउने अनुमति दिएको भन्दै यसअघि आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्का समेत विवादमा परेका थिए।
 खड्का विवादमा परे लगतै बिराटले नेपाल आयल निगमसँग गरको सम्झौता रद्द गरको थियो। त्यसपछि बिराट आयलले आफ्नै लगानीमा तेल ल्याएको हो। बिराटले ल्याएको पेट्रोल पम्पबाट बिक्री गरे वापत पम्पसञ्चालकले प्रतिलिटर ३ रुपैयाँ कमिसन खाने पाउने छन्। विक्री वितरण गर्ने पम्पसँग सोबाहेक अन्य सम्वन्ध नरहने बिराटले जनाएको छ। पम्प संचालकले पाउने यो सेवा मूल्य नेपाल आयल निगमले दिने शुल्क बराबर नै हो। १सय ९० रुपैयाँमा पेट्रोल खरिद गर्न चाहने उपभोक्ताले बिराटको पेट्रोल खरिद गर्न सक्नेछन्। petrol tanker

बुध, पुस २२, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

कुन्साङ कान्छाको मार्सी मोह

मार्सी धान जुम्लाको उत्पादन हो ।शहरमा यो धानको अनेकौं चर्चा गरिन्छ । काठमाडौंमा मार्सी धानको चामलको राजनीति महँगो छ । ग्रामीण वर्गसंघर्षको उदम भुमि जुम्लामा उत्पादीत मार्सी धानले पुजीवादी बजारमा तहल्का मच्चाएको छ । केही दिन अघि नेकपाका युवा नेता रजमान तामाङ कुन्साङ कान्छाले रसुवाको...

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पिच गर्न सुरु

कात्तिक, बुटवल । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पिच गर्न सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले मंगलबार त्यसको उद्घाटन गरे । उनले विमानस्थल निर्माण सम्पन्न गरेर ६ महिनाभित्रै अन्तर्राष्ट्रिय उडान हुने दाबी गरे । अप्ठ्यारा र धेरै जनशक्ति लाग्ने अधिकांश...

नक्कली नोटसहित पक्राउ, नोट छाप्ने तरिका ‘इन्टरनेट’बाट सिकेको

काठमाडौं । प्रहरीले कीर्तिपुरस्थित मच्छेट नक्कली नोटसहित पक्राउ अभियुक्तले नोट छाप्ने तरिका ‘इन्टरनेट’बाट सिकेको खुलेगाउँबाको छ । नोट छाप्ने योजना भने जेलमै बनेको प्रहरीले जनाएको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ – महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नक्कली नोट छाप्ने घटनाका मुख्य योजनाकारमध्ये पर्सा बिरुवा गुठीका...

नेपालमा चरा अवलोकनले पर्यटकीय क्षेत्रको लागि ठूलो सम्भावना

विश्वमा सन् २०१० को आँकडा अनुसार  ११ हजार ३३ प्रजातिका चराहरू पाइन्छन् । सन् २०१७ मा प्रकाशित ‘नेपाल्स नेशनल रेडलिष्ट अफ बर्डस’ मा भने नेपालमा जम्मा ८७८ प्रजातिका चरा पाइएको जानकारी छ । जुन संसारको ९ प्रतिशत हुन्छ । भौगोलिक विविधता भएको नेपालमा अनेक खालका जातजातिका चरा...

झमझम पानी परिरहँदा केही मानिसले बानेश्वरमा सडकका खाल्डाखुल्डी पुर्न व्यस्त

साउन, काठमाडौं । शनिबार दिउँसो झमझम पानी परिरहँदा केही मानिसले बानेश्वरमा सडकका खाल्डाखुल्डी पुर्न व्यस्त थिए । उनीहरु साना ठूलो खाल्डाखुल्डी एकएक पुरिरहेका थिए । झरिका बीचमा पनि काम गरेको देख्नेहरुलाई लाग्यो, ढिलै भएपनि सरकारले जनतालाई परेको पीर मर्का बुझ्न थालेछ ।’ नयाँ बानेश्वरमा मात्र होइन,...

बर्दिया प्रहरीले ११ जना सुन व्यवसायी पक्राउ गरे

असार, काठमाडौं । बर्दिया प्रहरीले ११ जना सुन व्यवसायी पक्राउ गरेको छ । सुनमा मिसावट गरेको अभियोगमा जिल्लाका सुन व्यवसायीलाई  प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय, बाँसगढी र राजपुरले ४–४ जना र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ३ जना व्यवसायी पक्राउ गरेको हो ।   जिल्ला...