अन्त्यमा

कालोबजारीविरुद्ध युवासंघ सडकमा


नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल इन्धनमा मौलाएको कालोबजारीविरुद्ध सडकमा ओर्लिएको छ।

युवा संघ नेपालले कालोबजारी मौलाउन सहयोग गरेको विरोधमा बुधबार नेपाल आयल निगम अगाडि प्रदर्शन गरेको छ ।  उपभोक्ताहरुले निगमले निर्धारण गरेको मूल्यमा ग्याँस, डिजेल र पेट्रोल नपाए पनि बढी  मूल्य तिर्दा चाहे जति पाउने गरेको र यस्तो अवस्था आउनुमा निगम दोषी रहेको भन्दै प्रदर्शन गरेको हो।

युवा संघले इन्धनमा मौलाएको कालोबजारी नियन्त्रण गर्न आपूर्तिमन्त्री गणेशमान पुनले चासो नदिएको आरोप लगाएको छ । संघका अध्यक्ष राजिव पहारीले प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक निर्देशन दिंदा पनि आपूर्तिमन्त्री पुनले कालोबजारी गर्न सहयोग गर्ने निगमका उच्च अधिकृतहरुमाथि कारवाही नगरेको  आरोप लगाए।

उनले दिनहुँ बढिरहेको इन्धनको कालोबजारीलाई आफ्नो संगठनले अब टुलुटुलु हेरेर नबस्ने बताए।

प्रदर्शनमा युवा संघका नेता तथा कार्यकर्ताका अतिरिक्त उपभोक्ता अधिकारकर्मी पनि सहभागी थिए । यद्यपि, प्रदर्शनकारीको संख्या प्रदर्शन नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीको भन्दा थोरै थियो । प्रदर्शनकारीको संख्या सोचे अनुरुपको नभएपछि युवा संघका नेता तथा कार्यकर्ता आधा घण्टाको नाराबाजीपछि आ आफ्नो बाटो लागेका थिए ।

बुध, पुस २२, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

यस्ता छापिएका छन् आजका दैनिकमा कार्टुन

आज मिती २०७३ साल मंसिर महिनाको ६ गते सोमबार । आज काठमाडौंबाट छापिएको प्राय दैनिकले कार्टुनलाई प्रमुख पेजमा स्थान दिएका छन् । आज कान्तिपुर दैनिकमा छापिएको कार्टुन । आज अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको कार्टुन । आज कारोबार दैनिकमा छापिएको कार्टुन । आज नागरिक दैनिकमा छापिएको कार्टुन ।   ...

मञ्जुश्रीको सालिक अन्तिम चरणमा

काठमाडौं- मञ्जुश्रीको सालिक बनाउने काम अन्तिम चरणमा पुगेको छ। कीर्तिपुरको जलविनायक सामुदायिक वन परिसरमा बनाउन लागिएको सो सालिक निर्माणको काम अन्तिम चरणमा पुगेको व्यवस्थापक मिलन खड्काले जानकारी दिए।वि.सं. २०६६ सालमा मञ्जुश्रीको सालिक निर्माणका लागि पहिला नमुनाका रुपमा मैन, माटो, काठ तथा ढलौटको सालिक बनाइएको थियो।...

खोजपाटी

नेपाली–अंग्रेजी मिति परिवर्तन लोडसेडिङ तालिका युनिकोडमा टाइप गर्नुहोस् आजको विनिमयदर सुन–चाँदी सेयर बजार रेडियो सुन्नुहोस् ...

हिमपातग्रस्त क्षेत्रमा सेना खटियो

ईश्वरराज ढकाल, काठमाडौं शुक्रबार राति गोरखाको बारपाक र लाप्राक तथा रसुवाको हिमाली क्षेत्रमा पानीसँगै आएको हिमपातमा परी सयौं भूकम्पपीडितको अवस्था दयनीय भएपछि नेपाली सेनाले ती स्थानमा हेलिकोप्टरसहितको टोली पठाएको छ। मौसम प्रतिकूलताका कारण गोरखाको बारपाक क्षेत्रमा हेलिकोप्टर अवतरण गर्न समस्या परेको थियो। आइतबार सिंहदरबारमा बसेको सुरक्षा परिषद्को...

पुननिर्माणका लागि सरकारले ४९ अर्ब ३३ करोड रुपैयाँ बराबरको बजेट स्वीकृत गरे

काठमाडौं । भूकम्पले क्षतिग्रस्त बनाएका संरचनाको पुननिर्माणका लागि सरकारले ४९ अर्ब ३३ करोड रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको छ । पुननिर्माणसँग सरोकार राख्ने विभिन्न १५ मन्त्रालयलाई कार्यक्रमसहित सो रकम बराबरको बजेट स्वीकृत गरिएको योजना आयोगका सचिव सुरेशमान श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । ‘चालू आर्थिक वर्षमा भुकम्पपछिको...