प्रविधि

स्मार्ट लाइसेन्सलाई पढ्ने सफ्टवेयर, अनलाइन लिंक र हाते मेसिन नभएपछि


काठमाडौं । यातायात व्यवस्था विभागले ११ सय स्मार्ट लाइसेन्स वितरण गरिसक्यो । नयाँ चालकका लागि स्मार्ट लाइसेन्स वितरण थालेको विभागले अब नवीकरण गर्नेलाई पनि केही दिनभित्रै विSmart-card (1)तरण थाल्दैछ ।

तर, स्मार्ट लाइसेन्सलाई पढ्ने सफ्टवेयर, अनलाइन लिंक र हाते मेसिन नभएपछि चालकलाई नियमन र निगरानी गर्ने ट्राफिक प्रहरी भने अन्योलमा परेका छन् । ट्राफिक प्रहरीले स्मार्ट कार्ड लाइसेन्स बोक्नेलाई मादक पदार्थ सेवन (मापसे) गरेको अवस्थामा भेेटिसक्यो । तर, कारवाहीको रेकर्ड राख्न भने ट्राफिक प्रहरी विभागकै भर पर्नु परेको छ ।

स्मार्ट लाइसेन्सको डाटालाई विभाग र प्रहरीले अनलाइन लिंक र मेसिनमार्फत हेर्न सक्छन् । अब कुनै सवारी चालक ट्राफिक प्रहरीको कारवाहीमा परेमा त्यसैमा कारवाही भएको रकेर्ड राखिन्छ

अरु लाइसेन्स जस्तो स्मार्ट लाइसेन्समा प्वाल पार्न पार्ने होइन । ‘स्मार्ट लाइसेन्स हेरेर मात्रै छोड्नु पर्ने अवस्था छ’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका सह-प्रवक्ता राजेन्द्र भट्ट भन्छन् ।

उनका अनुसार स्मार्ट लाइसेन्स बोक्नेको संख्या बढ्दै छ । ती माथि हुने कारवाहीको रेकर्ड राख्न कार्ड बोकर यातायात विभाग नै जानुपर्ने भएपछि निकै अफ्ठ्यारो भएको छ ।

स्मार्टकार्डमा सीमकार्डमा जस्तै धातुको चिप्स जडान गरिएको हुन्छ । जसमा चालक र सवारीसँग सम्बन्धित डाटाहरु स्टोर हुन्छ ।
स्मार्ट लाइसेन्सको डाटालाई विभाग र प्रहरीले अनलाइन लिंक र मेसिनमार्फत हेर्न सक्छन् । अब कुनै सवारी चालक ट्राफिक प्रहरीको कारवाहीमा परेमा त्यसैमा कारवाही भएको रकेर्ड राखिन्छ ।

तर, अहिलेसम्म ट्राफिकसँग त्यसमा कारवाहीको रेकर्ड राख्न न सफ्टवेर लिंक छ, न स्मार्ट लाइसेन्सलाई स्पटमा नै पढ्न सक्ने कुनै मेसिन नै । त्यसै कारण स्मार्ट लाइसेन्सले ट्राफिक प्रहरीलाई कार्य सम्पादनमा समास्या ल्याउन थालेको छ ।

विभागले अब ३/४ दिनमा अनलाइन लिंक र स्मार्टलाईसेन्स रिड पर्ने प्रविधि दिन्छु भनेको छ । केही प्रहरीलाई सफ्टवेर लिंकमा काम गराउन तालिममा पठाउन पनि भनिएको छ । सह प्रवक्ता भट्टले भने-‘प्रतिवद्धता अनुरुप काम भयो भने अर्को सातादेखि स्मार्ट लाइसेन्सको नियमनमा सहजता आउने छ ।’

यातायात व्यवस्था विभागले पनि स्मार्ट लाएसेन्सको सफ्टवेयरको जिम्मा लिएको मद्रास प्रिन्टर्सका प्राविधिक ट्राफिकलाई अनलाइन लिंक दिने तयारीका लागि काठमाडौं आइसकेको बताएको छ ।

विभागमा महानिर्देशक चन्द्रमान श्रेष्ठले केहीदिन भित्रै ट्राफिकलाई सफ्टवेरको लिंक दिइने बताए । ट्राफिकलाई स्मार्ट लाइसेन्समा कारवाहीको विवरण राख्न कम्प्युटरसहित प्रविधि हस्तान्तरण गरिने उनले बताए ।

‘स्मार्ट लाइसेन्सको नियमनमा हामी गम्भिर छौं । केही दिन भित्र हामी प्रहरीलाई सबै प्रविधिहरु दिनेछौं’ महानिर्देशक श्रेष्ठले भने-‘हामीसँग भएका आधा भन्दा बढी सफ्टवेर जडित ल्यापटप ट्राफिकलाई दिइनेछ ।’

ह्याण्ड रिडर अनश्चित

यातायात विभागले कम्युटरसहितको सफ्टवेर लिंक दिएपनि ‘ह्याण्ड हेल्ड रिडर’ किन्ने प्रक्रिया भने अझै अगाडी बढाएको छैन । यो मेसिन मोबाइल जत्रै हुन्छ । यसमा कार्ड राखेर त्यसका डाटा हेर्न सकिन्छ

ट्राफिक प्रहरीलाई कारवाहीको रेकर्ड राख्ने लिंक पनि नदिएको विभागले प्रहरीलाई फिल्ड खटिँदा आवश्यक मेसिन खरिदमा ढिलाइ गरिरहेको छ ।

यातायात विभागले कम्युटरसहितको सफ्टवेर लिंक दिएपनि ‘ह्याण्ड हेल्ड रिडर’ किन्ने प्रक्रिया भने अझै अगाडी बढाएको छैन । यो मेसिन मोबाइल जत्रै हुन्छ । यसमा कार्ड राखेर त्यसका डाटा हेर्न सकिन्छ ।

कार्यस्थलमा खटिने ट्राफिक प्रहरीले स्मा
र्ट लाइसेन्सबारे जाँच गर्ने हातमै बोक्न सकिने मेसिन कहिले किन्ने भन्ने अझै अनिश्चित छ ।
विभागका महानिर्देशक श्रेष्ठले पहिलो चरणमा एक सयवटा मेसिन किन्ने भनिएपनि प्रक्रिया अघि नबढेको बताए । यो मेसिनले स्मार्ट लाइसेन्समा चालकमाथि भएका कारवहीको रेकर्ड हेर्ने हो ।

तर, फिल्डमा खटिँदा अनिवार्य हुनुपर्ने सामग्री नै नभएपछि ट्राफिक प्रहरीलाई अप्ठेरो हुने ट्राफिक प्रहरीका सह-प्रवक्ता भट्टले बताए ।
काठमाडौंका लागि ५० थान भन्दा बढी ह्याण्ड हेल्ड रिडर आवश्यक हुने उनले बताए । यसैगरी यो मेसिन जिल्ला-जिल्लाका ट्राफिक प्रहरीलाई पनि फिल्डमा खटिँदा अनिवार्य आवश्यक हुनेछ ।

 

बिहि, पुस २३, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नितम्बको आकार बढाउने यो फेसन

फेसनको दुनियाँमा कहिले कुन ट्रेण्डको हावा चल्छ भन्ने कुराको अनुमान लगाउन पनि गाह्रो हुन्छ । अहिले ब्राजिलियन बट लिफ्ट अर्थात् बिबिएल फेसन यस्तो गरी बढिरहेको छ कि मानिसहरु आफ्नो ज्यानसम्म दाउमा लगाइरहेका छन् । एकजना महिला, जो ३ सन्तानकी आमा हुन् उनी यहीँ सर्जरीका लागि इंगल्याण्डबाट...

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले इतिहासमै पहिलोपटक सूर्यको सबैभन्दा नजिक पुग्ने

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले इतिहासमै पहिलोपटक सूर्यको सबैभन्दा नजिक पुग्ने यानको प्रक्षेपण गरेको छ । पार्कर सोलर प्रोव नामक अन्तरीक्षयानलाई नासाले फ्लोरिडास्थित केप केनरेभलबाट प्रक्षेपण गरेको हो । पार्कर सोलार प्रोब सूर्यको सबैभन्दा नजिक पुग्ने यान हुनेछ ।   स्थानीय समयअनुसार आइतबार बिहान साढे ३ बजे उक्त यानलाई...

काभ्रेको बनेपामा पनि यस्तै विमानस्थल बन्ने हो ; सन्दर्भ निर्माणधीन वुसान विमानस्थल ।

काठमाडौं । धेरैका लागि असम्भव भएका धेरै कुरा चीनका लागि भने सम्भव देखिएको छ । त्यसको पछिल्लो उदाहरण हो, निर्माणधीन वुसान विमानस्थल । चिनियाँ कामदारहरुले नयाँ विमानस्थल निर्माण गर्न एउटा पहाडै काटिदिएका छन् । चोङक्विङका कामदारहरुले समुन्द्री सतहबाट पाँचहजार नौ सय फिट अग्लो पहाडको टुप्पो काटेर...

ऋतिक रोशन पापड बेचिरहेको

फागुन । ऋतिक रोशनका केही तस्विर सार्वजनिक भएका छन्, जसमा उनी पापड बेचिरहेको देखिन्छन् । यी तस्विर केही दिन अघि जयपुर देखि करिब ९० किलोमिटर टाढा साम्भर रोडमा कैद गरिएका हुन् । ऋतिक त्यहाँ आगामी फिल्म ‘सुपर ३०’को सुटिङ गरिरहेका थिए । फिल्ममा उनी सुपर ३०...

सरकारलाई टेलिभिजनको डिजिटाइजेशन अघि बढाउने बाटो खुले

फागुन, काठमाडौं । सरकारलाई टेलिभिजनको डिजिटाइजेशन अघि बढाउने बाटो खुलेको छ । सर्बोच्च अदालतले यसअघि दिएको अन्तरकालीन आदेशलाई निरन्तरता नदिने आदेश दिएपछि एनालग केबल टेलिभिजनहरु बन्द गर्ने सरकारी निर्णय कार्यान्यवन हुने भएको हो । अब सरकारले यसअघि सुरु गरेको एनालग टेलिभिजन बन्द गर्ने काम अघि बढाउन...

बेलायती वैज्ञानिकहरुले फाइबरमा आधारित ब्याक्टेरियाबाट चार्ज हुने बायो ब्याट्री बनाए

बेलायती वैज्ञानिकहरुले फाइबरमा आधारित ब्याक्टेरियाबाट चार्ज हुने बायो ब्याट्री बनाएका छन् । बेलायतको बिंघम्टन विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो बायो ब्याट्रीको विकाश गर्न सफल भएका छन् । यो ब्याट्रीलाई भविष्यमा जिउमा पहिरिन सक्ने ग्याजेटमा राख्न सकिने सम्भावना रहेको वैज्ञानिकहरुले जनाएका छन् ।   विश्वविद्यालयको इलेक्ट्रिकल तथा कम्प्युटर साइन्स विभागका सहायक...