खेलकुद

साग तयारी इतिहासकै कमजोर


काठमाडौं– नेपाली टोलीले इतिहासकै कमजोर तयारीका बीच दक्षिण एसियाली खेलकुद (साग) को १२ औं संस्करणमा सहभागिता जनाउने भएको छ ।
दक्षिण एसियाली खेलकुदको सबभन्दा ठूलो महोत्सवमा नेपालका लागि सर्वाधिक सफल खेल तेक्वान्दोको छनोट मंगलबारमात्र सम्पन्न भएको छ । दुई समानान्तर संघबीचको विवादका कारण समयमा छनोट गर्न नसकेको तेक्वान्दोबाट मंगलबार १० खेलाडी सागका लागि छानिए । नेपाल तेक्वान्दो संघले गरेको दुई दिने छनोटअन्तर्गत अघिल्लो दिन सोमबार तीन महिला खेलाडी छनोट भएका थिए । तेक्वान्दोबाट कुल ८ पुरुष र ५ महिला गरी १३ खेलाडीले भारतको गुहाटी र सिलोङमा फेब्रुअरी ६ बाट सुरु हुने सागमा नेपालको प्रतिनिधित्व गर्नेछन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) को सहमतिमा तेक्वान्दोको छनोट भए पनि राष्ट्रिय तेक्वान्दो संघले भने त्यसमा असहमति प्रकट गरेको छ ।
सातदोबाटोमा भएको छनोटमा पुरुषतर्फ नेपाली सेनाका प्रेमबहादुर बुढाथोकी, मध्यमाञ्चलका मोहम्मद वेश, नेपाल प्रहरीका वीरबहादुर महरा, पश्चिमाञ्चलका सुनील पौडेल, सशस्त्र प्रहरी बलको एपिएफका चन्द्रबहादुर राना मगर, प्रहरीका निश्चलमान श्रेष्ठ, सेनाका सक्षम कार्की तथा रामहरि महत छनोट भए भने महिलामा राष्ट्रिय टिमकी ज्ञानी चुनारा र प्रहरीकी निमा गुरुङले मंगलबार सफलता हासिल गरे । अघिल्लो दिन महिलातर्फ १० औं सागकी रजत तथा ११ औं सागकी स्वर्ण पदक विजेता राष्ट्रिय टिमकी आयशा शाक्य, ११ औं सागकी कांस्य पदक विजेता नेपाली सेनाकी यानकुमारी चौलागाईं र प्रहरीकी रेजिना कार्की छनोट भएका थिए ।

मंगलबार अन्तिम दिन पुरुष ८७ केजीमाथि प्रेमबहादुरले फाइनलमा सेनामा आवद्ध राष्ट्रिय टिमका पूर्णसिंह गुरुङलाई ६–१ ले पराजित गरे । ६८ केजीमुनि मोहम्मदले प्रहरीका जेम्स प्रधानलाई १८–९ ले हराए भने ६३ केजीमुनि वीरबहादुरले मध्यमाञ्चलका अजय गुरुङलाई निराश पार्दै भारतको टिकट काटे ।

यसैगरी पुरुष ५८ केजीमुनि सुनीलले प्रहरीका रञ्जन श्रेष्ठ, चन्द्रले मध्यमाञ्चलका शेखर उप्रेती, निश्चलले एपीएफका भरत बोहरा, सक्षमले प्रहरीका अनुज पुजारी तथा रामले प्रहरीका दुर्गा थापालाई हराए ।

महिलातर्फ ५७ केजीमुनि सेनामा आबद्ध राष्ट्रिय टिमकी ज्ञानीले रेणु लामालाई १५–२ को फराकिलो अन्तरमा हराउँदा ५३ केजीमुनि निमाले सेनाकी नम्रता तुलाधरलाई १९–११ ले पराजित गरिन । दुई दिने छनोटमा ७२ पुरुष र ४५ महिला गरी १ सय १७ खेलाडीले विभिन्न १३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

सागमा समावेश सबै २३ खेलमा सहभागिता जनाउने तयारीमा रहेको नेपालबाट १ सय ९१ पुरुष र १ सय ९५ महिला गरी जम्मा ३ सय ८६ खेलाडी प्रतिस्पर्धामा उत्रिने राखेपको तालिम तथा प्रशिक्ष्ँण विभाग प्रमुख नवीन उप्रेतीले जानकारी गराएका छन् । सागमा सहभागि हुने तेक्वान्दोवाहेक सबै खेलको वन्द प्रशिक्षण सिविर सुरु भइसकेको उप्रेतीले मंगलबार एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् । तेक्वान्दोको भने वन्द प्रशिक्षण बुधबारबाट सुरु हुने बताइएको छ ।

नेपालले सागमा समावेश सबै खेल (आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, फुटबल, ह्यान्डबल, हक्की, जुडो, कबड्डी, खोखो, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, तेक्वान्दो, लनटेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु र साइक्लिङ) मा सहभागिता जनाउने छ ।

हक्कीमा भने महिला टिमलाई मात्र राखेपले सुविधा उपलब्ध गराउने बताइएको छ । उप्रेतीलाई उद्यृत गर्दै राखेपको बुलेटिनमा जनाइएअनुसार पुरुष टोलीले सहभागिता जनाउन चाहे खर्चको प्रवन्ध आफैले मिलाउनुपर्ने छ ।

‘अधिकांश खेलको प्रशिक्षण उपत्यका केन्द्रीत छ । केही खेलको प्रशिक्षण मोफसलमा पनि भइरहेको छ । ट्रायथलन र भलिबलको प्रशिक्षणका लागि विदेशबाट प्रशिक्षक आएका छन् । ट्रायथलनका लागि स्विडिस र भलिबलका लागि इरानका प्रशिक्षण हाल नेपालमा छन्,’ राखेपको बुलेटिनमा भनिएको छ, ‘त्यस्तै केही खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा लाने तयारी पनि भइरहेको छ । केही खेलाडी विदेशमै प्रशिक्षणरत छन् ।’

राखेपले यस्तो दावी गरे पनि यसपालीको तयारी सबभन्दा कमजोर र झारो टार्ने खालको भएको भन्दै खेलकर्मीहरुले नै आलोचना गरेका छन्। प्रतियोगिता सुरु हुन एक महिनामात्र बाँकी रहँदासम्म छनोट जारी हुनु कमजोर तयारीको नमुना भएको राखेपका एक कर्मचारी प्रशिक्षकले नागरिकसँग बताए।

Saff

बिहि, पुस २३, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

साफ च्याम्पियनसीप अन्तर्गत पहिलो सेमिफाइनल नेपालका लागि इतिहास रच्ने अवसर

काठमाडौँ– साफ च्याम्पियनसीपअन्तर्गत पहिलो सेमिफाइलनमा नेपालले बुधबार दिउँसो ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा माल्दिभ्सविरुद्ध खेल्दैछ । पच्चीस वर्षे साफ च्याम्पियनसीपको इतिहासमा बुधबार हुने सेमिफाइनल नेपालका लागि इतिहास रच्ने अवसर हो । अहिलेसम्म सेमिफाइनलभन्दा माथि नपुगेको नेपाल माल्दिभ्सलाई पराजित गर्नसके साफ च्याम्पियनसीपमा नयाँ इतिहास कायम गर्ने सफल...

अठारौं एसियाली खेलकुद प्रतियोगितामा पदक जित्नेलाई पोखरामा भव्य स्वागतसहित सम्मान

भदौ, पोखरा । अठारौं एसियाली खेलकुद प्रतियोगितामा रजत पदक जित्ने प्याराग्लाइडिङ टीमलाई पोखरामा भव्य स्वागतसहित सम्मान गरिएको छ । इण्डोनेसियाको राजधानी जकार्तामा हालै सम्पन्न एसियाडमा रजत पदक जित्ने प्याराग्लाइडिङको क्रस कन्ट्री इभेन्टका कप्तान विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा तथा प्रशिक्षक...

प्याराग्लाइडिङको पुरुष व्यक्तिगत एकुरेसीमा नेपालका विजय गौतम आठौं भएका छन्

भदौ, काठमाडौं । प्याराग्लाइडिङको पुरुष व्यक्तिगत एकुरेसीमा नेपालका विजय गौतम आठौं भएका छन् । नेपालकै सुशील गुरुङ २४ औं भए । १० चरणको यो स्पर्धामा ३३ खेलाडीले सहभागिता जनाएका थिए । इन्डोनेसिया पहिलो, थाइल्यान्ड दोश्रो तथा दक्षिण कोरिया तेश्रो भए । तेस्रो चरणसम्मको खेल हुँदा विजय...

मोनाकोलाई हराउँदै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्स सुपर कपको उपाधि जिते

 साउन, काठमाडौं । मोनाकोलाई हराउँदै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्स सुपर कपको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई ४-० गोल अन्तरले हराएको हो ।   चीनमा भएको खेलमा पीएसजीले ३३ औं मिनेटमा एन्जल डी मारियाको गोलबाट अग्रता लिएको थियो । ४० औं मिनेटमा क्रिस्टोफर...

 विश्वकपमा जापानको समूह चरणका तीनवटै खेलको भविष्यवाणी मिलाएको अक्टोपसलाई मारिए

 विश्वकपमा जापानको समूह चरणका तीनवटै खेलको भविष्यवाणी मिलाएको अक्टोपसलाई नकआउट चरणको खेल सुरु हुनुअघि नै मारिएको छ । जापानमा राबिओट नामको उक्त अक्टोपसले समूह चरणका कोलम्बिया, पोल्याण्ड र सेनेगलसँगको खेलको नतिजा मिलाएको थियो । तर नकआउट चरणका खेलको अनुमान गर्नु अघि नै उक्त अक्टोपस काटेर बजारमा...

विश्वकप फुटबलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार व्यहोरे

असार, काठमाडौं । विश्वकप फुटबलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार व्यहोरेको छ । यससँगै लियोनल मेस्सीको टिम समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । क्रोएसिया भने समूह डीबाट नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ । बिहीबार भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले पराजित गरेको हो । धेरै अर्जेन्टिना...