स्वास्थ्य

वर्षमानको उपचारमा सभामुखलाई आर्थिक संकट


२३ पुस, काठमाडौं । एमाओवादी सचिव एवं पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ को उपचारमा उनको परिवारलाई आर्थिक संकट परेको छ । थाइल्याण्डमा उपचार गराइरहेका वर्षमान सभामुख ओनसरी घर्तीका श्रीमान् हुन् ।

जण्डिसबाट पीडित वर्षमानको बैंककस्थित समितिवेज अस्पतालमा एक महिनादेखि उपचार भैरहेको छ । उनलाई भेट्न सभामुख ओनसरी घर्तीसहित एमाओवादी अध्यक्ष प्रचण्ड, उनकी श्रीमती सीता, छोरा प्रकाश र ल्हारक्याल लामा बैंकक गएका छन् ।

प्रचण्डले वर्षमानको उपचारका लागि सभामुख घर्तीलाई सरकारले सहयोग नगरे पनि पार्टीले सहयोग गर्ने आश्वासन दिँदै आएका छन् ।

तर, परिवारका एक सदस्यले भने सबैले आश्वासन मात्रै दिने गरेको तर, आर्थिक सहयोग कसैले नगरेको बताए ।

‘सबैले सल्लाह मात्रै दिन्छन् तर सहयोग गर्दैनन्,’ अनन्तको पारिवारका एक सदस्यले भने, ‘अब त ऋण माग्ने ठाउँ पनि सकियो ।’

तर, कृषिमन्त्रीसमेत रहेका एमाओवादी कोषाध्यक्ष हरिबोल गजुरेलले भने वर्षमानको उपचारमा पार्टीले सहयोग गरिरहेको र गरिरहने बताए ।

‘पार्टीले सहयोग नगरेको भन्ने होइन, अध्यक्ष आफै बैंकक जानु भा’छ त्यो पनि सहयोग नै हो,’ गजुरेलले अनलाइनखबरसँग भने, ‘उहाँ (वर्षमान)लाई पार्टीले पहिले पनि सहयोग गर्दै आएको हो । अहिले पनि गरिरहेको छ ।’

बैंकक जानुअघि वर्षमानको उपचार भारतको नयाँदिल्लीमा गरिएको थियो ।

ananta

बैंककस्थित समितिवेज अस्पतालको शैयामा अनन्त

एमाओवादी लडाकुका डेपुटी कमाण्डरसमेत भइसकेका वर्षमान युद्धकालदेखि नै जण्डिस रोगबाट पीडित थिए । गत भदौ २८ गते पुनः स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको थियो ।

सुमेरुमा उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि गत कात्तिक २३ गते नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो । मेदान्तमा केही दिन उपचार गरी उनलाई गत मंसिर ७ गते काठमाडौं फर्काएर फेरि बैंकक लगिएको हो ।

अहिले उनको स्वास्थ्य अस्थिर छ । ‘केही सुधार भएको जस्तो पनि देखिन्छ, तर फेरि बल्झिहाल्छ,’ अनन्तको पारिवारिक स्रोतले भन्यो, ‘सन्तोष गर्ने ठाउँ छैन ।’

खर्चको स्रोत : सभामुखको पेश्की र सापटी

सभामुख ओनसरी घर्तीले आफ्ना पतिको उपचारका लागि संसद सचिवालयबाट पेश्की रकम लिँदै आएकी छन् । ऋण र सापटी लिएर पनि तत्कालका लागि काम चलाइएको पारिवारिक स्रोत बताउँछ ।

सभामुख घर्तीले पटक-पटक गरी १९ लाख रुपैयाँभन्दा बढी रकम पेश्की बुझिसकेको संसद सचिवालय स्रोत बतायो ।

तर, सभामुखका प्रेस सल्लाहकार बासुदेव शर्मा (बबिन)ले घर्तीले आफ्नो मासिक तलबबाट कट्टा हुनेगरी पेश्की लिए पनि कति लिएको भन्ने जानकारी आफूलाई नभएको अनलाइनखबरलाई बताए ।

पतिको स्वास्थ्य स्थितिबारे जानकारी लिन सभामुख घर्ती सात दिन व्यवस्थापिका संसदको बैठक स्थगन गरेर सोमबार प्रचण्डसँगै बैंकक गएकी छिन् ।

डाक्टरसँग जानकारी

यसैवीच एमाओवादी अध्यक्ष प्रचण्डले बैंककस्थित अस्पतालमा विहीबार बिहान वर्षमानको उपचारमा संलग्न डाक्टरहरुसँग विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

रगतमा देखिएको बिलिरुबिनको मात्रा केही कम भएको छ । विहीबार फोक्सोको जाँच गरिने डाक्टरलाई उद्धृत गर्दै प्रचण्डको सचिवालयले जानकारी दिएको छ । उनलाई चाँडो नेपाल ल्याइने पनि प्रचण्डको सचिवालयले जनाएको छ ।

 

बिहि, पुस २३, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

चिनी रोगसँग नडराऔं, क्यालोरी नापेर खाऊँ

 २८ कात्तिक, काठमाडौं । विश्व मधुमेह दिवसको तीन दिन पहिले आइतबार डा. अंशुमाली जोशी आफ्नो क्लिनिकमा आएका मधुमेहपीडित भोजपुरका दुर्गाबहादुर राई (७५) लाई सम्झाउँदै थिए, ‘ ‘सुगर भयो भन्दैमा आत्तिइहाल्नुपर्दैन, चार कुरामा ध्यान दिए यो नियन्त्रणमा आउँछ ।’ डा. जोशीले भनेका चार कुरा यी हुन्:...

नालामा जन्मिनुभएका प्रा.डा.उत्तम कृष्ण श्रेष्ठ, नाम अनुसारको सफलता

बाल्यावस्थामा बुबा आमाले सपना बुन्नुभएको थियो होला छोराले नाम अनुसारको समाजमा इज्जत राखोस् भनेर । काभ्रे जिल्लाको नालामा जन्मिनुभएका प्रा.डा.उत्तम कृष्ण श्रेष्ठ व्यापारको सिलसिलामा बुबा राजधानी छिरेपछि काठमाडौंको असन नजिकै न्ह्यौखामा हुर्किनुभयो । अनि उहाँलाई अध्ययनका लागि परिवारले कीर्तिपुरस्थित ल्याबोरेटोरी स्कुलमा भर्ना गरिदियो । उहाँले...

हृयाम्स अस्पतालले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा सन्चालनमा

काठमाडौं । डा. उपेन्द्र देवकोटा र मधु घिमिरेले २१ वर्षअघि एड्भान्स उपचारका लागि स्थापना गरेको हृयाम्स अस्पतालले अब अन्तर्राष्ट्रियस्तरको सेवा, सुबिधा र प्रबिधिसहित पुनर्जीवन पाएको छ । डा.भगवान कोइराला,अर्जुन कार्की, प्रकााश सायमी लगायतका चर्चित विशेषज्ञ डाक्टरहरु सहित हृयाम्स अस्तपाल सन्चालनमा आएको हो । धुम्बाराहीमा १५ रोपनी...

स्थापनाकालदेखि ओम अस्पतालमा आवद्ध बरिष्ठ डाक्टर भोला रिजालले ओम अस्पताल छाडे

काठमाडौं : स्थापनाकाल देखि ओम अस्पतालमा आवद्ध बरिष्ठ प्रसुती रोग विशेषज्ञ डाक्टर भोला रिजालले ओम अस्पताल छाडेका छन्। ओम अस्पताललाई यो स्थानमा ल्याउन महत्वपर्ण योगदान पुर्याएका रिजाल अस्पतालबाट एकाएक बाहिरिएका हुन्। ‘किन बाहिरिए रिजाल ओम अस्पतालबाट?’ ओम अस्पतालबाट डाक्टर रिजाल बाहिरिनुको भित्री कथा भने निकै रोचक छ। रिजालले पहिलेदेखि...

सर्लाहीको हरिवन नगरपालिका ११ मा रहेको नमूना अस्पतालमा तोडफोड

१६ भदौ, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका ११ मा रहेको नमूना अस्पतालमा तोडफोड भएको छ । एक महिलाको उपचारमा लापरवाही गरेको भन्दै पीडित पक्षले तोडफोड गरेको हो । तर, अस्पताल नजिकै रहेको प्रहरीले नियन्त्रणको प्रयाससमेत नगरेको अस्पताल प्रशासनको भनाइ छ । हरिवन नगरपालिका वडा नं. ७...

नालामा पनि सुबिधा सम्पन्न सद्भाव सामुदायिक हस्पिटल प्रा लि संचालन

काभ्रेको उग्रचण्डी नाला एउटा यस्तो ठाँउ हो जहाका मानिसहरु साह्रे मेहिनती गर्दछन / मेहनत अनुसार मनग्य आय आम्दानि गर्दछन ।आम्दानीको नाफा नाला बाहेक अन्यत्र लगानी गर्दछन । यो भैरहेको एउतै कारण नाला भित्र अवसर खोज्न नसक्नु हो । लगानी गरेता पनि कोल्टे परेको स्थानले गर्दा र...