समाचार

यौन पीडा सहन नसकेपछि छोरीले ‘वीर्य लागेको कट्टु’ लगेर उजुरी दिइन


एजेन्सी । katuजो कोहिलाई पनि अपत्यार लाग्न सक्ने घटना भारतको राजस्थान राज्यको डूंगरपुर जिल्लामा घटेको छ । डूंगरपुर जिल्लामा रहेको धंबोला थानामा एक किशोरीले आफ्ना पिताले आफूलाई पटक– पटक यौन शोषण गरेको मुद्दा दर्ता गराएकी छिन् । प्रहरी प्रमुख गजेन्द्र सिंह रावले कक्षा ११ मा अध्ययनरत बालिकाले आफ्ना बाबु ४० वर्षीय हरिश मीणाले पछिल्लो तीन महिनादेखि पटक–पटक यौन शोषण गर्दै आएको मुद्दा दर्ता गराएकी हुन् । पहरीकोमा मुद्वा दर्ता गराउँन जाँदा उनले प्रमाण स्वरुप वीर्य लागेको आफ्नो र पिताको कट्टुका साथै अन्य विभिन्न प्रमाण प्रहरीलाई बुझाएको रावले बताए । यस विषयमा प्रहरीले अनसन्धान सुरू गरेको जनाएको छ । पीडित किशोरीको स्वास्थ्य परिक्षण समेत गरिएको बताइएको छ । बालिकाका पीता फरार रहेको प्रहरीलाई उदृत गर्ने स्थानीय सञ्चार माध्यमले जनाएका छन् । आरोपी पीता अहमदाबादस्थित एक निजी प्रतिष्ठानमा कार्यरत छन् । उनले अत्याधिक रक्सी पिउने गरेको ती युवतीको उजुरीमा उल्लेख छ । छुट्टीमा घर आएका बेला छोरीलाई पटक पटक यौन शोषण गर्ने गरेको जनाइएको छ । पीडितकी आमा माइत गएका बेला सो घटना भएको उल्लेख छ ।

बिहि, पुस २३, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

डडेल्धुराबाट देउवाको उदघोषः मैले जिते प्रधानमन्त्री, अरुले जिते माननीय !

कात्तिक, डडेलधुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो चुनाव अभियान सुरु गरेका छन् । कैलाली हुँदै गृहजिल्ला पुगेका देउवाले चुनावी सभालाई सम्बोधन गर्दै पञ्चेश्वर परियोजना छिट्टै अघि बढ्ने बताए । आफ्नो भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुरा भइसकेको भन्दै उनले भने, ‘पानी र विजुली बाँडफाँट...

प्रहरीले ३ भारतीय सुटरसहित १ नेपालीलाई पोखराबाट पक्राउ गरे

 कात्तिक, पोखरा । प्रहरीले ३ भारतीय सुटरसहित १ नेपालीलाई पोखराबाट पक्राउ गरेको छ । नेपाल प्रहरीले शुक्रबार साँझ पोखराको सिद्धार्थ चोकमा सामान किन्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाको परिचय भने प्रहरीले खुलाएको छैन ।   कास्की प्रहरी स्रोतले  भारतको राजस्थानमा आतंक मच्चाएर नेपाल छिरेका...

विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य’ ‘मानवता र सद्भावको लागि गरौं सहकार्य

विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य’ ‘मानवता र सद्भावको लागि गरौं सहकार्य’ रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि ललितपुरको कुपण्डोलमा रहेको सुमित होटलमा कार्यरत कर्मचारीहरुले संकलन गर्नुभएको ३० हजार ६ सय ६० रुपैया सहयोग...

बिहान २ बजेर ४ मिनेट जाँदा काठमाडौंको मनमैजु भूकम्प

काठमाडौं, असोज १८ – काठमाडौं बुधबार बिहान परकम्प गएको छ । बुधबार बिहान २ बजेर ४ मिनेट जाँदा काठमाडौंको मनमैजु आसपास केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । परकम्पको धक्का गोंगबु, नयाँबजार, स्वयम्भू र त्यस आसपासका क्षेत्रमा...

घर आयो बाढीमा बग्दै भारत पुगेको गैंडा

चितवन- बाढीमा बग्दै भारतको बगाहा पुगेको दुर्लभ वन्यजन्तु गैंडा शुक्रबार बिहान चितवन निकुञ्ज आइपुग्यो। निकुञ्जका अधिकारीहरु गैंडा लिन मंगलबार बगाहा गएका थिए। नवलपरासीको त्रिवणीदेखि लगभग ४२ किलो मिटर दक्षिण पूर्वमा रहेको बगाहाबाट बिहीबार साँझ छ बजे हिडेको गैंडा बोकेको गाडी आज बिहान साढे पाँच बजे...

पोखरामा एक सैनिकले आफ्नै सहकर्मीको गोली हानी हत्या

काठमाडौं ।पोखरामा एक सैनिकले आफ्नै सहकर्मीको गोली हानी हत्या गरेका छन् । नेपाली सेनाको पोखरास्थित सिद्धीबक्स गणको रत्न मन्दिर पोस्टमा कार्यरत सैनिक प्युठ वसन्त लोहारले आफ्नै सहकर्मी सैनिक प्युठ गणेश सिंह विष्टको गोली प्रहार गरी हत्या गरेका हुन् ।   उनीहरु दुवैजना रातिदेखि सँगै ड्युटीमा बसेका थिए । जिल्ला...