शिर्ष समाचार

सिलिण्डर युग समाप्त गरिदिन्छु, चुलाचुलामा पाइपबाट ग्यास पुर्‍याइदिन्छुः प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले घरकोkp-oli-vabi-Pm-445x300 चुला चुलामा ग्यासको पाइप जोडिदिने दाबी गरेका छन् ।

भारतीय नाकाबन्दीका बेला जनतालाई ग्यास दिन नसकेर दाउरा बेचिरहेको सरकारका प्रधानमन्त्रीले घरको चुला चुलामा ग्यासको पाइप जोड्दा दाबी गरेका हुन् ।

एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने-‘ग्यासका सिलिण्डर काँधमा बोकेर, मोटसाइकलमा बोकेर हिड्नु पर्दैन सिलिण्डरको फेज (युग) समाप्त गरिदिन्छु ।’ उनले अघि भने-घरघरमा चुलाचुलामा पाइप पुर्‍याइदिन्छु । पिटिक्क खोल्दा ग्यासबाट होइन, पाइपबाट आउँछ ग्यास ।’

प्रधानमन्त्रीले निकै महत्वकाक्षी घोषणा गरिरहँदा कार्यकर्तालेे ताली बजाए र हलमा हाँसाको फोहोरा छुट्यो ।

ओलीले झन हौसिएर भने-ग्यासको बुटेल आयो कि आएन ? सिलिण्डर पायो कि पाएन ? कुन सिलिण्डर कता ? यो सब झमेला नौ भएन । एउटा मिटर टाँसिदिने भित्तामा, जति बाल्नुहुन्छ बाल्नुस् ।’

उनले यो कुरा सुनेर केहीलाई पिर पर्ने बताए । प्रधानमन्त्री ओलीले भुरुरु धुँवा छोड्ने डिजेलको बस होइन, इलेक्टि्रक बस चलाउने बताए ।’

उनले फोहोरबाट ग्यास निकाल्ने, हावाबाट विजुली निकाल्ने र एक वर्षभित्र लोडसेडिङ अन्य गरेरै छाड्ने समेत बताए ।

पञ्चायत नबुझेका पत्रकारले जथाभावी लेखे

प्रधानमन्त्री ओलीले राज्यकोषको ढुकुटीको दुरुपयोग नगरेको दाबी गरे । लोकतन्त्र प्राप्तिका लागि संघर्ष गरेका र जेलनेल भोगेका नेताहरुको उपचारका लागि आर्थिक सहायता दिएको भन्दै उनले पञ्चायतको बारेमा जानकारी नै नभएका पत्रकारले जथाभावी रुपमा सहायता वितरण गरिएको भनेर समाचार लेखेको बताए ।

कांग्रेसमा हुटहुटी

कांग्रेसका नेताहरुमा सरकारको नेतृत्व गर्ने हुटहुटी बढेको दाबी उनले गरे । तर, कांग्रेस नेताहरुको त्यो चाहना कुनै हालतमा पूरा नहुने उनले दाबी गरे ।

‘कांग्रेस नेताहरुले कुनै विरोध नै नगरी यो सरकारले सरक्क छोडेर गए हुन्थ्यो र नयाँ सरकारको नेतृत्व गरौंला भन्ने सोचिरहेका छन्’ ओलीले भने, ‘खेतमा रोपाईं गरिरहेको सरकारले आलीमा बसेर गफ गरी समय काट्नेको कुरा सुन्दैन ।’

 

शुक्र, पुस २४, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

सत्तारूढ तेस्रो ठूलो दल राप्रपा सरकारबाट फिर्ता

सत्तारूढ तेस्रो ठूलो दल राप्रपा सरकारबाट फिर्ता भएको छ। सोमबार पार्टी मुख्यालयमा बसेको कार्यसमिति बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। ‘बैठकले सरकारलाई दिएको निर्णय फिर्ता लिने, प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव फिर्ता लिन कांग्रेस र माअोवादीलाई अाग्रह गर्ने निर्णय गरेको...

भक्तपुरका एक युवकले प्रेमिकालाई प्रयोग गरेर एक व्यापारीको अपहरण

चैत, काठमाडौं । भक्तपुरका एक युवकले प्रेमिकालाई प्रयोग गरेर एक व्यापारीको अपहरण गरेका छन् । अपहरित व्यापारीबाट फिरौती लिएपछि प्रेमिकाकै हत्या गरेर फरार भएका छन् । अन्य दुई जना भने पक्राउ परेका छन् ।   महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार भक्तपुर बागेश्वरीका प्रकाश लामिछानेको समूहले शनिबार मख्खनगल्तीमा...

राष्ट्रपतिसँग इन्टरपोल अध्यक्षको भेट

काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीसँग इन्टरपोलको २३ औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा भाग लिन नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलसँग आज भेटवार्ता भएको छ । प्रतिनिधिमण्डलका नेता तथा इन्टरपोलका अध्यक्ष मेङ होङवेल र महासचिव जर्गन स्टकलगायतले शीतल निवासमा शिष्टाचार भेट गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस ...

नेपाल र चीनका थिंक ट्यांकहरुको पहिलो सम्मेलनका आकर्षण पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । चीनको सरकारी समाचार एजेन्सी सिन्हृवाले मंगलबार काठमाडौंमा आयोजना गरेको नेपाल र चीनका थिंक ट्यांकहरुको पहिलो सम्मेलनका आकर्षण पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली थिए ।   ओलीजन्य स्वभाव अनुसार कार्यक्रमको निर्धारित समयभन्दा करीव आधा घण्टा ढीलो केपी ओली दरबारमार्गस्थित अन्नपूर्ण होटलमा पुगे । उनी...

शीतलनिवासको बिहे खर्च कसले व्यहोर्छ ? राज्यले कि व्यक्तिले ?

माघ, काठमाडौं । राष्ट्रपतिनिवासमा आयोजित भव्य विवाह समारोहमा कति खर्च भयो भन्ने हिसाब-किताव बाहिर आइसकेको छैन । यो विवाह व्यक्तिगत भए पनि आइतबार साँझ राष्ट्रपति कार्यालयले सरकारी छापसहितको आधिकारिक प्रेस विज्ञप्ति नै जारी गरेर यसको जिम्मा लिएको छ ।     बिहेको विषयमा विज्ञप्ति जारी गर्ने राष्ट्रपतिका सूचना...

पहाडीबाट तराईमधेस अलग्याउने दाहाल नेतृत्व सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव असफल हुने देखिए

काठमाडौं– पहाडी भूभागबाट तराईमधेस अलग्याउने उद्देश्यसहित पुष्पकमल दाहाल नेतृत्व सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव असफल हुने देखिएको छ । संसद्मा रहेका कुल ५ सय ९५ सदस्यमध्ये विधेयक असफल गराउन आवश्यक एक सय ९७ जनाभन्दा चार मत एमाले नेतृत्वको विपक्षी दलसँग बढी देखिएको छ । यसले प्रस्तावका...