प्रमुख समाचार

पूर्वयुवराज पारस शाहको नक्कली सहिछाप प्रयोग गरी ठगी


पूर्वयुवराज पारस शाहSushil-Neupaneको नक्कली सहिछाप प्रयोग गरी ठगी गर्ने भक्तपुरका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको दुवाकोट गाविस-४ का ३५ वर्षीय सुशील न्यौपानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो ।

न्यौपानेले पूर्व युवराज पारसको सहिछाप र तत्कालीन यूवराजको कार्यालयको छाप किर्ते गरी तयार गरेको किर्ते पत्रमा जाहेरवाला सुधिर कुमार रेग्मीलाई धम्क्याई १५ लाख रुपैयाँ नेपाल ईन्भेष्टमेन्ट बैंकको खातामा जबर्जस्ती जम्मा गर्न लगाएको प्रहरीले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले न्यौपानेलाई यही शुक्रबार दुवाकोट भक्तपुरबाट पक्राउ गरी अदालतमा पेश गरेको थियो ।

काठमाडौं जिल्ला अदालतको आदेशले उनलाई केन्द्रीय कारागार कार्यालय काठमाडौं पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

 

शुक्र, पुस २४, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपालका दुई ठुला कम्युनिष्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको सहमति

काठमाडौँः नेपालका दुई ठुला कम्युनिष्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई दलको एकता संयोजक समितिको बैठकले नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय गरेको हो । दुई दलबाट गठित एकता संयोजन समितिको करिब चार...

२००७ साल फागुन ७ गते मुलुकमा प्रजातन्त्र स्थापना भएको सम्झनामा सोमबार काठमाडौंको टुँडिखेलमा विशेष समारोह

काठमाडौं । २००७ साल फागुन ७ गते मुलुकमा प्रजातन्त्र स्थापना भएको सम्झनामा सोमबार काठमाडौंको टुँडिखेलमा विशेष समारोह गरिएको छ ।   सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रहरु, मुख्यसचिव, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका...

ओलीको निर्देशन : झमझम स्टकोट शैली होइन, दौरा सुरुवाल-साडी चोलोमा आउनुस्

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पोशाकमा सर्तक हुन सांसदहरुलाई निर्देशन दिएका छन् ।   पार्टी मुख्यालय धुम्बाराहीमा बसेको संसदीय दलको बैठकमा ओलीले पुरुष सांसदहरुलाई दौरा सुरुवाल र महिलालाई साडी चोलो लगाउन निर्देशन दिएका हुन् । ठाउँ र अवस्था अनुसार पहिरन लगाउनुपर्ने भन्दै उनले भने, ‘पूजाआजाहरुमा जाँदा...

शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदको अन्तिम बैठक बसिरहेको छ

फागुन, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदको अन्तिम बैठक बसिरहेको छ । प्रधानमन्त्री पदबाट राजीनामा दिनुअघि देउवाले प्रधानमन्त्री निवास निवास बालुवाटारमा बैठक आह्वान गरेका हुन् । बैठकलगत्तै उनले  देशवासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री पदबाट राजनीनामा दिनेछन् । प्रतिनिधिसभामा बाम गठबन्धनको बहुमत आएकाले अब एमाले अध्यक्ष केपी शर्मा ओली...

अबको २० दिनमा मेलम्ची खानेपानी आयोजनाको प्रमुख सुरुङमार्ग निर्माण सकिने

फागुन, काठमाडौं । कुनै अवरोध नआए अबको २० दिनमा मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण काममध्येको प्रमुख सुरुङमार्ग निर्माण सकिने भएको छ ।   सुरुङ छिचोल्न बाँकी रहेको ग्यालथुमदेखि सिन्धुसम्मको नौ किलोमिटरमा आजसम्म २४० मिटरमात्र सुरुङ खन्न बाँकी रहेको छ । अहिले दैनिक १२ मिटर सुरुङ खन्ने काम भइरहेको...

भारतीय सेना प्रमुख नेपालमा पहिलो पटकआउँदैछन्

२९ माघ, काठमाडौं । भारतीय स्थल सेना प्रमुख विपिन राउत सोमबार नेपाल आउँदैछन् । महाशिवरात्रीको दिन मनाइने नेपाली सेना दिवसमा सहभागी हुन राउत नेपाल आउन लागेका हुन् । सेनाका प्रवक्ता नैनराज दाहालले भने, ‘आर्मी डेकै लागि भारतीय सेना प्रमुख नेपाल आएको पहिलोपटक नै हो ।’   नेपाल एकीकरण...