समाचार

क्यान्सरको उपचार गरिव जनताको पहुँचमा पुर्याउनु पर्छ : राष्ट्रपति भण्डारी


भक्तपुर – राष्ट्रपति विद्यादेवी भbidhya-new-president-12ण्डारीले क्यान्सर गम्भिर प्रकृतिको रोग भएकाले यसको उपचार गरिव जनताको पहुँचसम्म पु¥याउनुपर्ने बताएकी छिन् । शुक्रबार नेपाल अर्बुद रोग निवारण संस्थाको २५ औ केन्द्रीय सभाको उद्घाटन कार्यक्रममा बोल्दै उनले क्यान्सरको उपचार मंहगो हुने भएकाले गरिब तथा निमुखा जनतालाई उपचारको पहुँचमा पु¥याउनु जरुरी रहेको बताएकी हुन् । राष्ट्रपति भण्डारी नागरिकलाई सहज उपचार पहुँच पु¥याउन सुदृढ कोष स्थापना गर्नु आवश्यक रहेको र यसतर्फ सबै निकायको ध्यान जानु पर्ने बताइन् । क्यान्सर रोगको उपचारमा राज्यले पर्याप्त बजेट उपलब्ध गराउन नसकिरहेको अबस्थामा क्यान्सर रोगको रोकथाम, उपचारमा सहयोग पुर्याउन सरकार, निजी क्षेत्र, राजनीतिक निकाय र अन्य सबै क्षेत्र एकताबद्ध भएर लाग्नुपर्ने औल्याइन् । देशभर क्यान्सर रोगको बारेमा चेतना जगाउनु जरुरी रहेको औल्याउँदै राष्ट्रपति भण्डारीले रोग मुक्त समाज स्थापना गर्नु जरुरी रहेको बताइन् । कार्यक्रममा रोटरी ईन्टर नेशनल ग्लोबल ग्राण्डले क्यान्सरको उपचारमा प्रयोग हुने अत्याधुनिक उपकरण रेडियसन कोवाल्ड १६ मेशिन खरिद गर्न रु ५ करोड रुपैया प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ । यसैगरि कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल अर्बुद रोग निवारण संस्थाले संचालनमा ल्याएको ५२०२६६६ नम्बरको निःशुल्क क्यान्सर हेल्प लाईन सेवा उद्घाटन गरिन् । क्यान्सरका रोगका बारेमा कुनै पनि जिज्ञासाको जानकारी कार्यालय समयभित्र लिन सकिने छ ।

शुक्र, पुस २४, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

‘लघु चलचित्र प्रतियोगिता–२०७४’ मा संजिव पौडेलकोे लघु चलचित्र ‘अटुटनाता’ प्रथम घोषित

काठमाडौँ । नेपाली सेनाद्वारा आयोजित ‘लघु चलचित्र प्रतियोगिता–२०७४’ मा संजिव पौडेलकोे लघु चलचित्र ‘अटुटनाता’ प्रथम घोषित भएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालयमा साेमबार साँझ आयोजित समारोहमा उक्त चलचित्रका निर्माता पौडेललाई नगद रु दुई लाखसहित प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा शम्भुसेन थापाको लघु चलचित्र ‘त्याग’ दोस्रो र...

सरकारी गाडीको सदुपयोग हो यो?

    सरकारी गाडीको सदुपयोग हो यो? गृहमन्त्री रामबहादुर थापा बादलले शनिबार गुड्ने सरकारी गाडीलाई कारवाही गर्न निर्देशनपछि सरकारी कार्यालयमा हल्लीखल्ली मच्चिएको छ । गृहमन्त्रीको ठाडो आदेशलाई छल्दै आज एसईईका परीक्षार्थीलाई परीक्षाकेन्द्र (जेम्स स्कुल) सम्म छाड्न गुडेको मन्त्रीको यो गाडीले नियम मिचेको हो की धर्म निभाएको ?   ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना

काठमाडौं, फागुन २८ – युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । बंगलादेशको ढाकाबाट आएको विमानमा अवतरणको क्रममा आगो लागेको हो । आगो निभाइएको र यात्रुहरुकाे उद्धार भैरहेकाे विमानस्थल कार्यालयले जनाएको छ । विमान उछिट्टिएर विमानस्थल पूर्वको फुटवल मैदानमा पुगेको विमानस्थलका प्रवक्ता  प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।...

बाग्मती पुलनजिकैको विजुलीको पोलमा उक्त संकास्पद बस्तुमा ‘खतरा’ लेखेर झुन्ड्याइए

काठमाडौं–तीनकुनेको प्रहरी कार्यालय नजिकै पोलमा बमजस्तै बस्तु फेला परेपछि यस क्षेत्रमा मंगलबार विहान ११ बजेपछि ठूलै आतंक मच्चियो । प्रहरीले तीनकुनेको बागमति पुल पारि र वारी सवारी साधन रोकेर त्यस क्षेत्रलाई सिल ग¥यो । त्यसपछि सेनाले रिमोटबाट चल्ने रोबोट पठाएर उक्त संकास्पद वस्तुको जाँच गरेको...

भ्यालेनटाइन डे को अवसरमा स्पर्श सार्वजानीक

प्रकाश पुष्पक राई २९ माघ, २०७४ काठमाण्डौ । जेनिथ शर्माको लेखन तथा निर्देशनमा एबि पिक्चर्स फार्मको पोष्ट प्रोडक्सनमा स्पर्श नामक टेली चलचित्र (सर्ट मुभी) सार्वजानीक गरिएको छ । हाम्रो देश नेपालमा नव पुस्तालाई समेत यो भ्यालेनटाइन डे को असर परेको छ । एक दशक अगाडी रोमको भ्यालेन...

प्रदेश तीनका ११० प्रतिनिधि हेटौंडामा, शिक्षा निर्देशनालयमा सपथ

७ माघ, हेटौंडा । काठमाडौंसहित प्रदेश नम्बर ३ का १३ जिल्लाका प्रदेशसभा सदस्यहरु हेटौंडामा भेला भएका छन् । प्रदेश ३ को अस्थायी मुकाम हेटौंडामा कायम भएपछि प्रदेशसभा सदस्यहरु यहाँ भेला भएका हुन् । प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई क्षेत्रीय शिक्षा निर्देशनालयको हलमा सपथ...