समाचार

माघ २ देखि वैशाख १२ सम्म पुनर्निर्माण महाअभियान चलाइने


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त संरचsusil-gyawali-9नाहरुको पुनर्निर्माणका लागि १५ दिने राष्ट्रिय पुनर्निर्माण महाअभियान संचालन गर्ने भएको छ ।

आउँदो माघ २ गतेदेखि सुरु हुने महाअभियान भूकम्प गएको दिन वैशाख १२ गतेसम्म चल्ने छ । गोरर्खाको बारपाक केन्द्रविन्दु भएर गत वैशाख १२ मा गएको भूकम्पले नेपालमा ठूलो जनधनको क्षति भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले महाअभियानलाई अन्तिम रुप दिन यही पुस २७ गते निर्देशक समिति र २९ गते परामर्श परिषदको बैठक बोलाइएको जानकारी दिए ।

शुक्रबार प्राधिकरणको परामर्श परिषद्, निर्देशक समिति र कार्यकारी समितिका सदस्यहरुको स्वागत कार्यक्रममा उनले अभियानबारे जानकारी दिएका हुन् ।

भूकम्पले पुर्‍याएको क्षतिको पुनर्निर्माणलगायतका काम गर्न सरकारले पुनर्निर्माण प्राधिकरण गठन गरेको छ । यही पुस १० गते बसेको मन्त्रिपरिषद बैठकले प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा ज्ञवालीलाई नियुक्त गरेको थियो ।

सरकारले केही दिन अघि प्राधिकरणको निर्देशक समितिमा पूर्वसचिव किशोर थापा र प्रा. डा. तारानिधि भट्टराई, कार्यकारी समितिमा डा. चन्द्रबहादुर श्रेष्ठ, धु्रवराज शर्मा र डा. विष्णु भण्डारी तथा परामर्श परिषदमा प्रा. उमेशचन्द्र उपाध्याय, भवानी राणा र शर्मिला कार्कीलाई नियुक्त गरेको थियो ।

 

शुक्र, पुस २४, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

‘लघु चलचित्र प्रतियोगिता–२०७४’ मा संजिव पौडेलकोे लघु चलचित्र ‘अटुटनाता’ प्रथम घोषित

काठमाडौँ । नेपाली सेनाद्वारा आयोजित ‘लघु चलचित्र प्रतियोगिता–२०७४’ मा संजिव पौडेलकोे लघु चलचित्र ‘अटुटनाता’ प्रथम घोषित भएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालयमा साेमबार साँझ आयोजित समारोहमा उक्त चलचित्रका निर्माता पौडेललाई नगद रु दुई लाखसहित प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा शम्भुसेन थापाको लघु चलचित्र ‘त्याग’ दोस्रो र...

सरकारी गाडीको सदुपयोग हो यो?

    सरकारी गाडीको सदुपयोग हो यो? गृहमन्त्री रामबहादुर थापा बादलले शनिबार गुड्ने सरकारी गाडीलाई कारवाही गर्न निर्देशनपछि सरकारी कार्यालयमा हल्लीखल्ली मच्चिएको छ । गृहमन्त्रीको ठाडो आदेशलाई छल्दै आज एसईईका परीक्षार्थीलाई परीक्षाकेन्द्र (जेम्स स्कुल) सम्म छाड्न गुडेको मन्त्रीको यो गाडीले नियम मिचेको हो की धर्म निभाएको ?   ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना

काठमाडौं, फागुन २८ – युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । बंगलादेशको ढाकाबाट आएको विमानमा अवतरणको क्रममा आगो लागेको हो । आगो निभाइएको र यात्रुहरुकाे उद्धार भैरहेकाे विमानस्थल कार्यालयले जनाएको छ । विमान उछिट्टिएर विमानस्थल पूर्वको फुटवल मैदानमा पुगेको विमानस्थलका प्रवक्ता  प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।...

बाग्मती पुलनजिकैको विजुलीको पोलमा उक्त संकास्पद बस्तुमा ‘खतरा’ लेखेर झुन्ड्याइए

काठमाडौं–तीनकुनेको प्रहरी कार्यालय नजिकै पोलमा बमजस्तै बस्तु फेला परेपछि यस क्षेत्रमा मंगलबार विहान ११ बजेपछि ठूलै आतंक मच्चियो । प्रहरीले तीनकुनेको बागमति पुल पारि र वारी सवारी साधन रोकेर त्यस क्षेत्रलाई सिल ग¥यो । त्यसपछि सेनाले रिमोटबाट चल्ने रोबोट पठाएर उक्त संकास्पद वस्तुको जाँच गरेको...

भ्यालेनटाइन डे को अवसरमा स्पर्श सार्वजानीक

प्रकाश पुष्पक राई २९ माघ, २०७४ काठमाण्डौ । जेनिथ शर्माको लेखन तथा निर्देशनमा एबि पिक्चर्स फार्मको पोष्ट प्रोडक्सनमा स्पर्श नामक टेली चलचित्र (सर्ट मुभी) सार्वजानीक गरिएको छ । हाम्रो देश नेपालमा नव पुस्तालाई समेत यो भ्यालेनटाइन डे को असर परेको छ । एक दशक अगाडी रोमको भ्यालेन...

प्रदेश तीनका ११० प्रतिनिधि हेटौंडामा, शिक्षा निर्देशनालयमा सपथ

७ माघ, हेटौंडा । काठमाडौंसहित प्रदेश नम्बर ३ का १३ जिल्लाका प्रदेशसभा सदस्यहरु हेटौंडामा भेला भएका छन् । प्रदेश ३ को अस्थायी मुकाम हेटौंडामा कायम भएपछि प्रदेशसभा सदस्यहरु यहाँ भेला भएका हुन् । प्रदेश प्रमुख अनुराधा कोइरालाले ज्येष्ठ सदस्य डोरमणि पौडेललाई क्षेत्रीय शिक्षा निर्देशनालयको हलमा सपथ...