खेलकुद

नेपालकै पहिलो भलिबल प्रशिक्षण केन्द्र पोखरामा बन्ने खेलबाट भारतसँग सम्बन्ध सुधार्छौं : राखेप सदस्यसचिव विष्ट


सन्देश श्रेष्ठKeshab-Bista-at-Pokhara
२२ पुस, पोखरा । नेपालकै पहिलो भलिवल प्रशिक्षण केन्द्र पोखरामा बन्ने भएको छ । कास्की जिल्ला भलिवल संघको अगुवाइमा नेपालमै पहिलोपटक क्षेत्रीय स्तरको भलिवल प्रशिक्षण केन्द्र पोखरामा बन्न लागेको हो ।

पचास लाखको लागतमा निर्माण गर्न लागेको सो भलिवल प्रशिक्षण केन्द्रको बुधबार एक कार्यक्रमकाबीच राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले शिलान्यास गरे ।

कार्यक्रममा बोल्दै सदस्यसचिव विष्टले खेलको माध्यमबाट भारतसँग सम्बन्ध सुधार गर्ने बताए । भारतको अघोषित नाकाबन्दीले मानवीय संकट उत्पन्न भएको भन्दै जनस्तरबाट साफ गेम बहिस्कार गर्नुपर्ने आवाज उठिरहेका बेला उनले साफ गेम बहिस्कार गरेर थप सम्बन्ध बिगार्नुभन्दा सहभागि भएर सम्बन्ध सुधार्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘एकथरी मान्छेहरु भारतमा हुने साफ गेम बहिस्कार गर्नुपर्छ भन्दैछन्, तर यो सम्बन्ध सुधार्ने अवसर हो, हामीले बहिस्कार हैन, खेल खेलेर सम्बन्ध सुधार गर्नुपर्छ ।’ उनले भारतले दिएको दुःख र तिक्ततालाई अभावकाबीच पनि उनीहरुकै मैदानमा गएर उनीहरुलाई हराउँदै नेपालले खेल जितेर जवाफ दिनुपर्ने धारणा व्यक्त गरे ।

सदस्यसचिव विष्टले भलिवल प्रशिक्षण केन्द्र ५० लाखमा बन्न लागेको हो भने त्यसमा ५० लाख सरकारको तर्फबाट दिने घोषणा गरे । उनले भने,-‘पचास लाखमा भलिवल प्रशिक्षण केन्द्र बनाउने तपाईंहरुको योजना रहेछ, यदि यो सत्य हो भने पचास लाख तपाईंहरुले जुटाएको डकुमेन्ट पेस गर्नुस्, म तपाईंहरुलाई थप ५० लाख सरकारको तर्फबाट तत्काल निकासा गर्छु ।’

सदस्यसचिव विष्टले भलिवललाई राष्ट्रिय खेल बनाउनुपर्ने पनि बताए । उनले भने,-‘हिमाल, पहाड, तराई जहाँपनि खेल्न मिल्ने खेल भलिवल हो, यसलाई राष्ट्रिय खेल बनाउनुपर्छ, तर यो मेरो वशमा छैन, यो क्याविनेटमा गईसकेको छ, तर मलाई निर्णय गर्न दिने हो भने म एक मिनेटमा भलिवल छनौट गर्छु ।’

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले भलिवल प्रशिक्षण केन्द्र एक वर्ष भित्रमा बनाएर राष्ट्रिय स्तरको भलिवल प्रतियोगिता गरिछाड्ने दृढता व्यक्त गरे ।

कार्यक्रममा कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले विभिन्न संघसंस्थाको सहकार्यमा भलिवल प्रशिक्षण केन्द्र बनाउन लागिएको बताए ।

कार्यक्रममा कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले स्वागत र समितिका कार्यालय प्रमुख प्रकाश वरालले सञ्चालन गरेका थिए ।

एन्फा कास्कीमा विवाद, खारेज गर्ने सदस्यसचिवको चेतावनी

 

यसैबीच अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीमा विवाद चर्किएको छ । कार्यवाहक अध्यक्ष धरमबहादुर लामिछाने र उपाध्यक्ष मिलन गुरुङबीच विवाद चर्किएको हो । एकले अर्कोलाई एन्फा कास्कीले सञ्चालन गरेको मनकामना केबलकार पोखरा कप फुटवल प्रतियोगिताको रकम हिनामिना गरेको आरोप लगाएपछि विवाद चरम उत्कर्षमा पुगेको छ । विवादकै कारण मंसिर अघि नै सम्पन्न हुने पोखरा कप फुटवल प्रतियोगिता यस वर्ष मिति पनि तोक्न सकेको छैन ।

विवाद मिलाउन शुरुमा एन्फा कास्कीको कार्यसमिति र पछि सल्लाहकारसहित बैठक बसेको थियो । तर दुवै बैठकले विवाद मिलाउन नसकेपछि साधारणसभा बोलाइएको छ । साधारण सभाले नै विवाद मिलाउने अपेक्षासहित बैठक डाकिएको एन्फा कास्कीका पूर्व अध्यक्ष खेमबहादुर गुरुङले बताए । उसो त अहिलेको समिति नै बैधानिक नभएको चर्चा समेत चल्न थालेको छ । एक वर्षअघी निर्वाचित अध्यक्ष गोपीबहादुर भट्टराईले घरायासी कारण देखाउँदै राजिनामा दिएपछि कार्यवाहक अध्यक्ष बनेका धरमबहादुर लामिछानेले अधिवेशन नगराई आफू अध्यक्ष भएको बताउँदै आएका छन् । कार्यवाहक अध्यक्ष ६ महिना मात्रै चलाउन पाउने भएपनि उनले एक वर्ष वितिसक्दा पनि अधिवेशन नगराउँदा समिति अबैध भएको खेलकुद क्षेत्रकाहरु टिप्पणी गर्छन् ।

विवाद र आर्थिक हिनामिनाको आरोप बारे प्रतिक्रिया माग्दा कार्यवाहक अध्यक्ष लामिछाने र उपाध्यक्ष गुरुङ दुबैले सामान्य कुरा भन्दै विवाद मिल्ने क्रममा रहेको बताए । उनीहरुले साधारणसभा पछि विवाद मिल्ने दाबी गरे । यद्यपी दुबैले आर्थिक हिनामिना नगरेको जिकिर गरेका छन् ।

एन्फा कास्कीको साधारणसभा आगामी सोमबार बोलाइएको छ ।

यसैबीच, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबबहादुर विष्टले अबैध एन्फा कास्कीलाई कार्वाही गर्ने चेतावनी दिएका छन् । पश्चिमाञ्चल क्षेत्रीय भलिवल प्रशिक्षण केन्द्रको उद्घाटन पछि पत्रकारहरुसँग कुरा गर्दै उनले विवाद बारे आफूलाई थाहा नभएपनि अबैध हो भने खारेज गर्ने बताए । उनले समयमा अधिवेशन नगरेको तथा आर्थिक हिनामिना भएकोबारे छानविन गर्न एक उच्चस्तरीय समिति बनेको र उक्त समितिले सिफारिस गर्ने वित्तिकै कार्वाही प्रक्रिया अघि बढ्ने बताए ।

शुक्र, पुस २४, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

साफ च्याम्पियनसीप अन्तर्गत पहिलो सेमिफाइनल नेपालका लागि इतिहास रच्ने अवसर

काठमाडौँ– साफ च्याम्पियनसीपअन्तर्गत पहिलो सेमिफाइलनमा नेपालले बुधबार दिउँसो ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा माल्दिभ्सविरुद्ध खेल्दैछ । पच्चीस वर्षे साफ च्याम्पियनसीपको इतिहासमा बुधबार हुने सेमिफाइनल नेपालका लागि इतिहास रच्ने अवसर हो । अहिलेसम्म सेमिफाइनलभन्दा माथि नपुगेको नेपाल माल्दिभ्सलाई पराजित गर्नसके साफ च्याम्पियनसीपमा नयाँ इतिहास कायम गर्ने सफल...

अठारौं एसियाली खेलकुद प्रतियोगितामा पदक जित्नेलाई पोखरामा भव्य स्वागतसहित सम्मान

भदौ, पोखरा । अठारौं एसियाली खेलकुद प्रतियोगितामा रजत पदक जित्ने प्याराग्लाइडिङ टीमलाई पोखरामा भव्य स्वागतसहित सम्मान गरिएको छ । इण्डोनेसियाको राजधानी जकार्तामा हालै सम्पन्न एसियाडमा रजत पदक जित्ने प्याराग्लाइडिङको क्रस कन्ट्री इभेन्टका कप्तान विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा तथा प्रशिक्षक...

प्याराग्लाइडिङको पुरुष व्यक्तिगत एकुरेसीमा नेपालका विजय गौतम आठौं भएका छन्

भदौ, काठमाडौं । प्याराग्लाइडिङको पुरुष व्यक्तिगत एकुरेसीमा नेपालका विजय गौतम आठौं भएका छन् । नेपालकै सुशील गुरुङ २४ औं भए । १० चरणको यो स्पर्धामा ३३ खेलाडीले सहभागिता जनाएका थिए । इन्डोनेसिया पहिलो, थाइल्यान्ड दोश्रो तथा दक्षिण कोरिया तेश्रो भए । तेस्रो चरणसम्मको खेल हुँदा विजय...

मोनाकोलाई हराउँदै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्स सुपर कपको उपाधि जिते

 साउन, काठमाडौं । मोनाकोलाई हराउँदै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्स सुपर कपको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई ४-० गोल अन्तरले हराएको हो ।   चीनमा भएको खेलमा पीएसजीले ३३ औं मिनेटमा एन्जल डी मारियाको गोलबाट अग्रता लिएको थियो । ४० औं मिनेटमा क्रिस्टोफर...

 विश्वकपमा जापानको समूह चरणका तीनवटै खेलको भविष्यवाणी मिलाएको अक्टोपसलाई मारिए

 विश्वकपमा जापानको समूह चरणका तीनवटै खेलको भविष्यवाणी मिलाएको अक्टोपसलाई नकआउट चरणको खेल सुरु हुनुअघि नै मारिएको छ । जापानमा राबिओट नामको उक्त अक्टोपसले समूह चरणका कोलम्बिया, पोल्याण्ड र सेनेगलसँगको खेलको नतिजा मिलाएको थियो । तर नकआउट चरणका खेलको अनुमान गर्नु अघि नै उक्त अक्टोपस काटेर बजारमा...

विश्वकप फुटबलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार व्यहोरे

असार, काठमाडौं । विश्वकप फुटबलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार व्यहोरेको छ । यससँगै लियोनल मेस्सीको टिम समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । क्रोएसिया भने समूह डीबाट नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ । बिहीबार भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले पराजित गरेको हो । धेरै अर्जेन्टिना...