राजनिति

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण आगामि फेब्रुअरी महिनामा


काठमाडौ – भारतकालागि नेपाली राजदुत दिपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण आगामि फेब्रुअरी महिनाको दोस्रो साता हुने जानकारी दिएका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमणको रुपमा छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमण फेब्रुअरीको दोस्रो साता हुने गरी तयारी भईरहेको छ । भ्रमणमा नयाँ योजना र अन गोईङ्ग विषयहरुमा काम गरिरहेका छौ । ’ राजदुत उपाध्यायले नेपाल भारत सम्बन्ध करेक्सन गर्ने मोडमा पुगेको उल्लेख गर्दै भने, ‘पहिला भारत र नेपाल विपरित दिशामा थिए । अहिले भारतको सोचमा पनि बदलाव आउन थालेको छ । छिटो समस्या समाधान गरेर नेपाल भारत सम्बन्ध भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेलामा रहेको उचाईमै पुर्याउनु पर्छ भन्ने थालेका छन् ।’ नेपाल भारत सम्बन्धलाई तातो पीडालुको संज्ञा दिदै उनले खाँदा पनि मुख पोल्ने नखाँदा पनि खान मन लाग्ने खान मनलाग्ने तर खान नसक्ने खाल्को भएको बताए । राजदूत उपाध्यायले नाकाबन्दी शब्द उल्लेख नगरी यसलाई राजनीतिक पराकम्पनको रुपमा रहेको यो घटनाक्रमलाई खराब दिनको रुपमा दुःखको रुपमा मात्रै सम्झनु पर्ने टिप्पणी गरे । उनले आफूले भारत र नेपालमा सबैलाई भेटेर सहमतिमा समाधान गर्न आग्रह गरेको उल्लेख गर्दै संसदमा रहेको संविधान संसोधन र त्यसमा परेको संसोधन दुबै पक्षको लागि विन विन स्थिति रहेकोले अब छिटो समाधान गर्नु पर्ने बताए । राजदुत उपाध्यायले भने, ‘संशोधन विन–विन सिचुएसन हो । सहमतिको आधारमा संसोधन भए विश्वासको जग बन्छ । अब सहमतिको लागि सबैले दवाव दिनु पर्छ । जनता भगवान हुन उनीहरुलाई दुख दिने काम कसैले गर्नु हुँदैन । नाकामा बस्दा नेपाल भारत सम्बन्ध राम्रो भएन । अब नाकाबन्दी फिर्ता गर्नु पर्छ । फिर्ता भएको केही घडिमै नाका सहज हुन्छ ।’ नाका खोले पछि तत्कालै यहाँको माग भन्दा दोब्बर आपूर्ति गरेर स्थितिलाई तत्कालै सहज बनाउन सकिने भन्दै स्थिति सहज भएपछि विस्तारै तुषहरु कम हुँदै जाने विश्वास ब्यक्त गरे । उनले नेपालको निर्णय नेपाल आफैले गर्नु पर्ने भन्दै अहिलेको झगडाले नेपाल र भारत कसैलाई पनि फाईदा नहुने तर्फ सचेत गराए ।

शुक्र, पुस २४, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरे

काठमाडौँ, २४ मङ्सिर (रासस) ः त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् । काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसार्इंले अस्पतालभित्रको गणेशमानसिंह नाक, कान,...

निर्मला पन्तको हत्यारा सार्वजनिककाे माग गर्दै देशका सबै ठाउँबाट नागरिक अभियान सशक्त

कञ्चनपुरकी १३ वर्षिय निर्मला पन्तको हत्यारा सार्वजनिककाे माग गर्दै देशका सबै ठाउँबाट नागरिक अभियान सशक्त बन्दै गएको छ । अभियानकर्ताहरुले निर्मलाका लागि न्याय माग्दै सोमबार इटहरीमा समेत पोस्टर टासेका छन। एमआरआर इटहरीका अभियानकर्ताले ‘सरकार भेटियाे न्याय भेटिएन’ लेखिएका पोस्टर इटहरीको मुख्य चोक चोकमा टासेका थिए।...

सरकारले काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा आजबाट ४ दिन जोर–बिजोर प्रणाली लागू गरे

१३ मंसिर, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा आजबाट ४ दिन जोर–बिजोर प्रणाली लागू गरेको छ । मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुने एसिया प्यासिफिक समिटलाई व्यवस्थित गर्न जोर–बिजोर प्रणाली लागू गर्न लागिएको हो । युनिभर्सल पिस फेडेरेसनको आयोजनामा मंसिर १४ देखि १७...

नेकां नेता अर्जुननरसिंह केसीले प्रम केपीओली जंगबहादुर,स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख रहेको आरोप लगाए

कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख रहेको आरोप लगाएका छन् । शुक्रबार रिपोर्टस क्लबमा आयोजित साक्षातकारमा उनले प्रधानमन्त्रीमा शक्तिको उन्माद देखिएको र जंगबहादुर बन्न बन्ने तिब्र आकांक्षा देखिएको बताएका हुन् । ‘प्रधानमन्त्रीले काम...

नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति काठमाडौँको भवन निर्माण कार्य २१ वर्षमा सम्पन्न

कात्तिक, काठमाडौं । नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति काठमाडौँको भवन निर्माण कार्य २१ वर्षमा सम्पन्न भएको छ । ‘गणेशमान स्मृति भवन’ नामकरण गरिएको उक्त भवनको शिलान्यास विसं २०५४ मा भएको थियो । काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वरमा निर्माण भएको चार तलाको १६ कोठे उक्त भवनको शनिबार १०४ औँ...

देउवाले पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न नेता, कार्यकर्तालाई आव्हान गरे

कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न नेता, कार्यकर्तालाई आव्हान गरेका छन् । सभापति देउवाले आपसी मेलमिलाप नभएका कारण निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको उल्लेख गर्दै पार्टीलाई एकतावद्ध बनाउने अभियानमा जुट्न पार्टीका सबै नेता, कार्यकर्तालाई सचेत गराएका हुन् । तिहार तथा...