राजनिति

नेकपा एमालेका दुई पक्षको वक्तव्यबाजी


दाङ – नेकuml-logo-144x76पा एमाले दाङमा बक्तव्य बाजी सुरु भएको छ । दुइ खेमामा बाँडिएका छुट्टा छुट्ै प्यानलले बैठकले गरेको आधिकरीक निर्णय यो हो, भनेर कार्यकतार्ला विश्वस्त तुल्याउन वक्तव्य बाजी गरिएको आँकल गरिएको छ । पार्टीको तीनदिन सम्म चलेको बैठकमा बहुमत पक्षले गरेको निर्णयलाई अस्वीकार गरेको अल्पमत पक्षले आज घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । एमाले राप्तीअंचल इन्चार्ज खेममान खड्काको निर्देशनमा अल्पमत पक्षका एमाले दाङका सचिव हुकुम बस्नेतको नेतृत्वमा पत्रकार सम्मेलनको आयोजना गरिएको बहुमत पक्षले बताएको छ । पत्रकार सम्मेलनमा सहभागी भएका राप्ती अंचल इन्चार्ज खेममान खड्काले पार्टी हित विपरित अघि बढ्नेलाई कार्वाही गर्ने चेतावनी दिएका छन् ।

अल्पमत पक्षले पत्रकार सम्मेलनमा के के भने ?
१–नबौं राष्ट्रिय महाधिवेशनबाट रिक्त रहेको जिल्ला अध्यक्ष पदपूर्तिका लागि माघ २२ गते जिल्ला प्रतिनिधी परिषदको बैठक बस्ने ।
२–पदाधिकारी बैठकले मनोनीत गरेका १८ जनाको प्रस्ताव अस्वीकृत गरेको ।
३–परिषदका सदस्यहरु मनोनीत गर्न सचिवलायलाई जिम्मा दिएको ।
४–प्रकृया पुरा गरि आएका आएका आवेदनलाई नयाँ सदस्यता दिने र चैत्र मसान्त समम सदस्यता नबिकरण गर्ने ।

यता बहुमत पक्षको तर्फबाट एमाले दाङका अध्यक्ष जोगबहादुर राना, उपसचिव बामदेव खनाल र प्रचारविभाग प्रमुख श्याम डाँगीले संयुक्त विज्ञेप्ती जारी गरि बैठकले गरेको निर्णय सार्वजनिक गरेका छन् । संयुक्त जारी विज्ञेप्तीमा नेकपा एमालेको जिल्ला अधिवेसन जेठ ६ गर्ते गर्ने, पदाधिकारी बैठकले जिल्ला कमिटिको बैठकमा प्रस्ताव गरेको १८ जनाको नाम अनुमोदन गरिएको र सहित उमेश थापाको स्मृती दिवसको अबसरमा लमहीमा कार्यक्रम गर्ने लगाएतका बुँदाहरु उल्लेख गरिएको छ । विज्ञेप्तीमा बैठक पछि पार्टीका जिम्मेवार नेताहरुको सहभागीतामा पार्टीको एकतालाई असर गर्ने गरि गैरराजनीतिक क्रियाकलाप प्रति ध्यान नदिन सबै पार्टी नेता तथा कार्यकर्तामा अनुरोध गरिएको छ । पुष २१ गते देखि सुरु सुरु बैठक हिजो सम्पन्न हुदा सम्म पार्टी कार्यालय परिसरमा दुवै पक्ष विच कुटाकुट समेत भएको थियो । बहुमत पक्षले पार्टीको लेटरप्याड प्रयोग गरेको छ भने अल्पमत पक्षले फोटोकपी पेपर प्रयोग गरेर विज्ञप्ति लेखेका छन् ।
पार्टीको हित भन्दा पनि व्यत्तिगत स्र्वाथमा लिप्त रहेका खेममान खड्काले पार्टीलाई धारासायि र कम्जोर बनाउने तर्फ लागेको नाम नबताउने सर्तमा एक नेताले बतए । राप्ती अंचल इन्चार्ज भए देखि दाङमा मात्र नभई राप्तीका ५ वटै जिल्ला कमिटिमा ठूलो दरार ल्याएको उनले बताए । एमाले जिल्ला कमिटी अध्यक्ष नरुलाल
चौंधरीले पार्टीको नवौं महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेद्धारी दिए पछि उपाध्यक्ष रहेका जोगबहादुर राना अध्यक्ष भएका थिए । एमालेको विधान अनुसार अध्यक्षले केन्द्रिय समितिमा उम्मेदारी दिने वित्तिकै अध्यक्ष पद रिक्त रहने र त्यसमा उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था छ । तर अल्मत पक्षले केहि नेताको उक्काहाटमा सो कुरालाई अस्वीकार गर्दै आएको प्रचारविभाग प्रमुख श्याम डाँगीले बताए ।

 

शनि, पुस २५, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले छायाँ सरकार बनाउने

फागुन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले छायाँ सरकार बनाउने भएको छ ।   शनिबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको संयुक्त बैठकले विधान संशोधन गरेको छ, जसमा सरकारको कामकारबाहीको अनुगमन गर्न छायाँ सरकार बनाउने अवधारणा छ । सांसद गगन थापाले भने, ‘केन्द्रमा जतिवटा मन्त्रालय रहन्छ, त्यति नै...

प्रकाशमान सिंहले औपचारिक रुपमा संसदीय दलको नेतामा आफ्नो दावी सार्वजनिक गरे

फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले औपचारिक रुपमा संसदीय दलको नेतामा आफ्नो दावी सार्वजनिक गरेका छन् । यसअघि कांग्रेसका अन्य नेताहरुले सर्वसम्मत हुने भए महामन्त्री शशांक कोइरालालाई र निर्वाचन लड्ने अवस्था आए प्रकाशमान सिंहलाई संसदीय दलको उम्मेदवार बनाउने बताएका थिए ।   तर, सोमबार काठमाडौंमा आयोजित...

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरु

 फागुन, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरु गरेको छ ।   निर्वाचन आयोगले बिहीबार संसदमा प्रतिनिधित्व गर्ने प्रमुख पाँच राजनीतिक दलसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन संचालन तथा व्यवस्थापनका सम्बन्धनमा औपचारिक छलफल सुरु गरेको हो । छलफलमा आयोगले फागुन २१ गते राष्ट्रपति र चैत्र ३...

एकतापछि जनताको बहुदलीय जनवाद र माओवाद दुवै पथ प्रदर्शक सिद्धान्तको रुपमा रहने

बनेपा । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले नेकपा एमालेसँग पार्टी एकतापछि जनताको बहुदलीय जनवाद र माओवाद दुवै पथ प्रदर्शक सिद्धान्तको रुपमा रहने बताएका छन् ।   मंगलबार प्रेस सेन्टर काभ्रेले आयोजना गरेको अन्तक्रिर्यामा उनले जबज र माओवादको अन्तिम विन्दु एउटै भएकाले कुन मान्ने वा नमान्ने भन्ने...

प्रहरीको आयोजनामा नागरिक सुनुवाइ कार्यक्रम

नुवाकोट जिल्ला प्रहरीले ककनी गाउँ पालिकामा आज नागरिक सुनुवाइ कार्यक्रमको आयोजना गरेको छ। प्रमुख जिल्ला अधिकारि बिरेन्द्र कुमार यादव प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा स्थानीयहरुको बाक्लो उपस्थिति थियो । विभिन्न दलका कार्यकर्ता,नेता एबम आम नागरिकहरुले निर्बाचित स्थानीय प्रतिनिधि तथा सी.डी.ओं.संग  विभिन्न गुनासोहरु व्यक्त गरेका थिए प्रमुख अतिथि...

प्रचण्डलाई अध्यक्ष मानेर भए पनि वाम एकता भड्किन दिँदैनौं- झलनाथ

माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्न आफू तयार रहेको बताएका छन् । वाम एकतालाई कुनै पनि हालतमा भड्किन दिन नहुने भन्दै प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्नुपर्ने स्थिति आए पनि त्यसमा तयार हुनुपर्ने नेता खनालको भनाइ...