अर्थ

उद्योग-व्यवसायलाई राहत पुग्ने परिसंघको विश्वास


काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारले खडा गर्न लागेको आर्थिक पुनरुद्धार कोषले उद्योग व्यवसायलाई राहत पुग्ने बताएको छ । भूकम्प, तराई आन्दोलन र भारतीय नाकाबन्दीले मुलुकको उद्योग व्यवसाय लगायत समग्र अर्थतन्त्र धरासायी भएपछि सरकारले एक खर्ब रुपैयाँको पुनरुद्धार कोष खडा गर्ने निर्णय गरेको हो ।

अहिले मुलुकको आर्थिक क्षेCNI-Logoत्र तीन दशक यताको खराव स्थितीमा पुगेको परिसंघको दाबी छ । सरकारको यो निर्णयबाट आर्थिक क्षेत्रलाई चलायमान बनाउन टेवा पुग्ने र उद्योग व्यवसाय धरासायी हुनबाट बचाउने परिसंघले विश्वास लिएको छ ।

वर्तमान असहज अवस्थामा निजी क्षेत्रले भोगेका समस्या र यसको समाधानका सम्बन्धमा सरकारका तर्फबाट तत्काल राहत योजना ल्याउन परिसंघले यसअघि विभिन्न तहमा माग गर्दै आएको थियो ।

तोकिएका उद्योग र व्यवसायलाई केही व्याज अनुदान एवं सहुलियत व्याजदरमा कर्जा उपलब्ध गराउने, न्युनतम विद्युत खपत गर्ने उद्योगहरुलाई विद्युत डिमाण्ड शुल्क छुट गर्ने, व्यापार सहजिकरण गर्ने, सिमा नाकामा भएको अवरोधले बढेको व्यावसायिक लागत न्यूनिकरण एवं व्यापार सहजीकरण गर्न सरकारबाट भएका प्रतिवद्धताको समेत परिसंघले सह्रना गरेको छ ।

 

शनि, पुस २५, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गत वर्ष बैंकहरुमा देखिएको कर्जा योग्य लगानी अभाव समस्या भदौसम्मं कायम

कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०७३/७५ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये ११ वटाको नाफा घटेको छ ।   गत वर्ष बैंकहरुमा देखिएको कर्जा योग्य लगानी अभाव समस्या भदौसम्मं कायम रहँदा यसको प्रभाव बैंकहरुको नाफामा पारेको हो । ‘बैंकहरुले उच्च लागतमा निक्षेप लिनुपर्ने अवस्था आएपछि...

नेपालबाट राँगाको मासुु तेस्रो मुलुक हुँदै चीनमा

असोज, काठमाडौं । नेपालमा विदेशबाट आयातको तुलनामा निर्यातजन्य वस्तु त्यसै पनि कम छन् । निर्यात भइरहेका वस्तुको परिमाण पनि घट्दै गएको छ ।   त्यसैमा पर्छ, भैंसी तथा राँगाको मासु पनि । मासुको उक्त परिकारको चीनमा अत्यधिक माग छ । तर, त्यो सीधा नभई तेस्रो मुलुक हुँदै...

अनुगमन थालेपछि दरबारमार्गका पसल बन्द !

भदौ, काठमाडौं । बुधबार दिउँसो करिब १ बजे आपूर्ति व्यवस्थापन विभाग तथा उपभोक्ताहित संरक्षण विभागको नेतृत्वमा चार टोली अनुगमनका लागि तयार भए । त्यसमध्ये श्रीराम अधिकारीले नेतृत्व गरेको टोली दरबारमार्ग लाग्यो । सँगै मोहन पुडासैनी संलग्न रहेको टोली पनि क्रियाशील भयो । सुरुमा विभागको अनुगमन निरीक्षक...

नेपालको इतिहासमै पहिलोपटक धेरै सुन बरामद

भदौ, काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो । सोमबार बिहान चालक आएर गाडी स्टार्ट गर्नासाथ प्रहरी पुगेर नियन्त्रणमा लिएको थियो । स्ट्रोेम...

‘नेटवर्क मार्केटिङ’ लाई घुमाउरो बाटोबाट ब्युँताउने प्रयासमा सरकार

भदौ, काठमाडौं । सात वर्षअघि प्रतिबन्ध लगाइएको ‘नेटवर्क मार्केटिङ’ लाई घुमाउरो बाटोबाट ब्युँताउने प्रयासमा सरकार आफैं लागेको छ । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले वस्तुको प्रत्यक्ष बिक्री–व्यवस्थापन तथा नियमन विधेयक, २०७४ संसदमा पेस गरेपछि सरकारी प्रयास सतहमा आएको हो । ‘नेटवर्क मार्केटिङ’का नाममा वस्तु तथा सेवाको प्रत्यक्ष बिक्री...

विमानस्थलबाट पछिल्लो समय प्रहरीकै मिलेमतोमा सुन तस्करी भइरहेको खुलासा

साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो समय प्रहरीकै मिलेमतोमा सुन तस्करी भइरहेको खुलासा भएको छ । प्रहरीले सशस्त्र प्रहरीका सइसहित तीनजनालाई दुई किलो सुनसहित पक्राउ गरेपछि यो रहस्य खुलेको हो । विमानस्थलमा खटिएको प्रहरी टोलीले सोमबार सशस्त्रका सइ सञ्जीव मानन्धरसहितलाई पक्राउ गरेको छ । मानन्धर...