अन्त्यमा

चौध वर्षको अन्तरालपछि नेपालले युनिसेफको कार्यकारी बोर्डमा


नेपालले शनिबारदेखि संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) को कार्यकारीको कार्यभार सम्हालेको छ ।

Unicefयसअघि एसिया प्रशान्त क्षेत्रले आफ्नो समूहको तर्फबाट नेपाललाई सन् २०१६–१८ का लागि सर्वसम्मतिबाट चयन गरेको हो । उक्त क्षेत्रले संयुक्त राष्ट्रसङ्घका लागि स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलाई कार्यकारी बोर्डको ब्युरो उपाध्यक्षमा निर्विरोध निर्वाचित गरेको संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोगले जनाएको छ ।

चौध वर्षको अन्तरालपछि नेपालले युनिसेफको कार्यकारी बोर्डमा काम गर्ने अवसर पाएको हो । यसअघि नेपालले सन् १९८२ देखि १९८५, सन् १९९२ देखि १९९५ तथा सन् २००२ देखि २००४ सम्म बोर्डमा रही काम गरिसकेको छ ।

विश्व शान्ति स्थापनामा सक्रिय भूमिका निर्वाह गर्दै आएको राष्ट्रसङ्घीय विशेष कमिटीका स्थायी समिति सदस्य नेपालले हाल संयुक्त राष्ट्रसङ्घीय महासभाको प्रशासकीय तथा बजेट समितिको नेतृत्व पनि गर्दै आएको छ ।

सन् २०१३ देखि २०१५ सम्म राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्को सदस्य तथा राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) एसिया प्रशान्त क्षेत्रको कार्यकारी बोर्डको उपाध्यक्षमा रहेर नेपालले आफ्नो जिम्मेवारी पूरा गरिसकेको छ ।

राष्ट्रसङ्घीय बडापत्रमा उल्लिखित सिद्धान्त तथा उद्देश्यप्रति अटल निष्ठा राख्दै आएको नेपालले बितेका छ दशकदेखि यस विश्व संस्थामा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ । रासस

शनि, पुस २५, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

यस्ता छापिएका छन् आजका दैनिकमा कार्टुन

आज मिती २०७३ साल मंसिर महिनाको ६ गते सोमबार । आज काठमाडौंबाट छापिएको प्राय दैनिकले कार्टुनलाई प्रमुख पेजमा स्थान दिएका छन् । आज कान्तिपुर दैनिकमा छापिएको कार्टुन । आज अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको कार्टुन । आज कारोबार दैनिकमा छापिएको कार्टुन । आज नागरिक दैनिकमा छापिएको कार्टुन ।   ...

मञ्जुश्रीको सालिक अन्तिम चरणमा

काठमाडौं- मञ्जुश्रीको सालिक बनाउने काम अन्तिम चरणमा पुगेको छ। कीर्तिपुरको जलविनायक सामुदायिक वन परिसरमा बनाउन लागिएको सो सालिक निर्माणको काम अन्तिम चरणमा पुगेको व्यवस्थापक मिलन खड्काले जानकारी दिए।वि.सं. २०६६ सालमा मञ्जुश्रीको सालिक निर्माणका लागि पहिला नमुनाका रुपमा मैन, माटो, काठ तथा ढलौटको सालिक बनाइएको थियो।...

खोजपाटी

नेपाली–अंग्रेजी मिति परिवर्तन लोडसेडिङ तालिका युनिकोडमा टाइप गर्नुहोस् आजको विनिमयदर सुन–चाँदी सेयर बजार रेडियो सुन्नुहोस् ...

हिमपातग्रस्त क्षेत्रमा सेना खटियो

ईश्वरराज ढकाल, काठमाडौं शुक्रबार राति गोरखाको बारपाक र लाप्राक तथा रसुवाको हिमाली क्षेत्रमा पानीसँगै आएको हिमपातमा परी सयौं भूकम्पपीडितको अवस्था दयनीय भएपछि नेपाली सेनाले ती स्थानमा हेलिकोप्टरसहितको टोली पठाएको छ। मौसम प्रतिकूलताका कारण गोरखाको बारपाक क्षेत्रमा हेलिकोप्टर अवतरण गर्न समस्या परेको थियो। आइतबार सिंहदरबारमा बसेको सुरक्षा परिषद्को...

पुननिर्माणका लागि सरकारले ४९ अर्ब ३३ करोड रुपैयाँ बराबरको बजेट स्वीकृत गरे

काठमाडौं । भूकम्पले क्षतिग्रस्त बनाएका संरचनाको पुननिर्माणका लागि सरकारले ४९ अर्ब ३३ करोड रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको छ । पुननिर्माणसँग सरोकार राख्ने विभिन्न १५ मन्त्रालयलाई कार्यक्रमसहित सो रकम बराबरको बजेट स्वीकृत गरिएको योजना आयोगका सचिव सुरेशमान श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । ‘चालू आर्थिक वर्षमा भुकम्पपछिको...