facebook

बलात्कारीसँग बदला : दम्पत्तिले हत्यापछि गुप्ताङ्ग पकाएर खाए


सुमात्रा – बलात्कारीलाई कस्तो सजाय दिदाँ ठीक होला ? मानिसहरुको उत्तर फरक फरक हुनसक्छ । तर इन्डोनेशियामा एक नवविवाहित जोडीले बलात्कार गर्ने एक व्यक्तिको हत्या गर्दै उसको गुप्ताङ काटेर खाएका छन् । प्रहरीका अनुसार यसअघि बलात्कार गर्ने उक्त व्यक्तीसँग बदला लिन महिलाले आफ्नी श्रीमान्सँग मिलेर यस्तो योजना बनाएकी थिइन् । इन्डोनेशियाको प्रहरीले यस हत्याकाण्डछि यो दम्पत्तीलाई आजीवन जेल सजाय दिने बताएको छ । इन्डोनेशियाका प्रहरी प्रवक्ताले हत्या गर्ने रुडी एफेन्डी र उनकी श्रीमती नूराहलाई सुमात्राको लैमपांग प्रान्तस्थित उनीहरुकै घरबाट पक्राउ गरिएको बताइन् । प्रहरीले चार अक्टुबरमा एक व्यक्तीको नराम्ररी जलेको शव फेला पारेको थियो । पछि उक्त व्यक्ति एक ट्राभल एजेन्सीका लागि ड्राइभर रहेको पत्ता लाग्यो । प्रहरीले एक महिनाको छानविनपछि यो दम्पत्तीले नै हत्या गरेको निष्कर्ष निकालेको हो । यो दम्पत्तीले गत सेप्टेम्बरमा विवाह गरेको थियो । सुहागरातमा श्रीमान्ले श्रीमती कुमारी नभएको पत्तो पाएपछि श्रीमतीले एक हप्ताअघि मात्रै आफू बलात्कृत भएको बताएकी थिइन् । त्यसपछि उनका श्रीमान्ले बलात्कारीसँग बदला लिने योजना बनाए । उनले आफ्नी २० वर्षीया पत्नीसँग उनलाई बलात्कार गर्नेलाई बोलाउन लगाए । त्यसपछिको भेटमा श्रीमान्ले चक्कु प्रहार गरेर बलात्कारीको हत्या गरे र उसको गुप्ताङ काटे । त्यसपछि बलात्कारीको लासलाई जलाईदिए । प्रहरीले अब हत्याको मामिला अघि बढाउनसक्नेछ । जसको अर्थ यो दम्पत्तीलाई फाँसीसम्म हुन सक्नेछ ।

शनि, पुस २५, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अरु कुनै रहर छैनन् सान्तानहरु सक्षम भएको देख्ने मृत्युसंग सेल्फी फोटो खिचेर फेसबुकमा पोस्ट गर्ने अनि मन नपर्नेहरुलाइ पनि( RIP) हार्दिक श्रद्धाञ्जली लेख्न बाध्य पार्ने ! ...

अंग्रेजीमा गो भनेको :- जानु नेवारीमा वा भनेको :- आऊनु :- गोवा गोवा सम्मेलन भनेको त्यस्तै हो , जानु र आऊनु मात्रै अर्थहीन !!!!! ...

रसुवाली कबि

मासु नखा भन्ने मान्छेहरुले त कमसेकम आफु पनि यो धर्तीमा एकदिन रहन्न भन्ने त सोच्नुपर्छ नि ! । ठिकै छ ईको सिष्टम त नबुझे पनि प्रकृति कसरी चलिरहेको छ भन्ने कुरा त था हुन्छ नि महानुभावहरु ! बाघ, स्याल, सिहंले मासु नखाए कसरी बाच्छँ ...

गुप्त बहादुर श्रेष्ठ

सुरक्षाकर्मी र सर्वसाधारणको नृशंस हत्या गर्नेहरुलाई राजनीतिक आवरणमा आममाफी दिने गल्ती यो सरकारले भुलेर पनि नगरोस् । ...

गायक संजय श्रेष्ठ

एउटा सनकीले सलाइन बाट ग्लुकोज चढाएर शरीरमा चाहिने आवस्यक तत्व प्राप्त गर्दै भोकै बसेको भन्दै “आमरण अनशन ” को आठ शृङ्खला पार गर्दासम्म उसको वरिपरि अस्पतालका प्राय सबै डाक्टरहरु हामी साथमा छौ भन्दै उसको सुरक्षामा अहोरात्र खटिने , तर अहिले त्यही अस्पतालमा एउटा गरिबको छोराले...

Pratap Tamrakar

हाम्रो कला र संस्कृति, हाम्रो पहिचान र चिनारी, जोगाअौं सबै मिली साथसाथमा हातेमालो गर्दै, पनौती परिक्रमा अाफ्नोपनको अात्मीयता भर्दै। पनौती गुंलाबाजा परिक्रमामा हामी सबै साथसाथ होअौं। ...