साहित्य

युवराज नयाँघरेको ‘आमिल’ विमोचित


काठमाडौं- निबन्धकार युवराज नयाँघरेको नयाँ कृति ‘आमिल’ को नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले विमोचन गर्नुभयो ।  विमोचन मन्तव्यमा उप्रेतीले लेखनमा नयाँ शैलीलाई आत्मसात् गरी लेखिएको यो कृतिले वैदेशिक स्थितिको सूक्ष्म चिरफार गरेर धारणा राख्नुभयो । उहाँले भन्नुभयो – ‘रित्तिरहेको नेपाली समाजको कारुणिक चित्र उतार्न नयाँघरे सफल छन् आमिलमा ।’
aamilकृतिको समीक्षा गर्दै युवा समालोचक महेश पौडेलले कथा र निबन्धको फ्युजन गरी नयाँघरेले नयाँ विधामा मानवीय संवेदनालाई झकझकाएका छन् भन्नुभयो । पौडेलले भन्नुभयो– ‘यो कृति विदेशिएका नेपालीहरूको आँसुहरु प्रतिको यथोचित न्याय पनि हो ।’समारोहमा साहित्यकार राधेश्याम लेकाली, प्रोफेसर रम्जान अलि, रोजगार मिडिया प्रा.लिई.का सम्पादक÷प्रबन्ध निर्देशक उद्धव भट्टराई, एनआरएनका सल्लाहकार नरेन्द्र भाट लगायतले बोल्नुभएको थियो ।

सोही समारोहमा फूलपातीको दिनबाट प्रदर्शनमा आउन लागेको परदेशी चलचित्रका निर्देशक नारायण रायमाझीले परदेशीको पीडाको विषयमा बोल्दै सो चलचित्रको भन्थेऊ आमा बोलको गीत गाएर रौनकता प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा एनआरएन विश् सम्मेलनका लागि काठमाडौँ आउनुभएका एनआरएन अभियन्ताहरुको विशेष उपस्थिति रहेको थियो । मदन पुरस्कार विजेता नयाँघरेको ते¥हौ कृति हो । उहाँका निबन्ध र नियात्रा नेपाली साहित्यमा चर्चित छन् ।

रोजगार मिडिया प्रा.लि.द्वारा प्रकाशित ‘आमिल’ मा वैदेशिक रोजगार, विघटित सामाजिक संस्कृति र अन्यौलपूर्ण समकालीन नेपाली युवा जीवनशैलीको सूक्ष्म शल्यक्रिया गरिएको कोमल गै¥ह आख्यानमूलक कृति हो । घर भित्र–बाहिरको चेतनालाई तरङ्गित पार्नमा नयाँघरेको लेखनी यहाँ घनीभूत देखिएको छ ।

शनि, पुस २५, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अनि सर्बहारा बर्ग रुदै छ : अर्जुन बूढाथोकी

नेपाल आमा मात्र होइन सारा रुदै छ शोषित पिडित अनि सर्बहारा बर्ग रुदै छ सान्ती भुमी देश नेपाल रगतको ताल हुदा तेसैले त फेवा अनि रारा रुदै छ न नेपाल आमा मात्र होइना सारा रुदै छ दिन दिन हाम्रो सिमा अतिक्रमन हुदा खेरी तेसैले त बार्सा आनि बारा रुदै छ नेपाल आमा...

‘बिल गेट्स पण्डित’मा पैसामुखी समाजलाई व्यंग्य

हरेकको आ–आफ्नो दर्शन हुन्छ । दर्शन अनुसार मान्छेले जीवनको लय र ध्येय समात्छ । कसैलाई पैसा कमाउनु नै सबथोक हुन्छ भने कोही पैसालाई रौँ बराबर महत्त्व दिँदैनन् । तर, हाम्रो सामाजिक नियति कस् तो छ भने धनलाई सफलताको मानक मानिन्छ । जति धेरै धन कमायो,...

राजन मुकारूङले पाए ‘पहिचान पुरस्कार’

काठमाडौं । आख्यानकार राजन मुकारुङले दुई लाख रुपैयाँ राशीको ‘पहिचान पुरस्कार’ पाएका छन् । पहिचानको पक्षमा १५ बर्षअघिदेखि कलम चलाउँदै आएका मुकारुङलाई उनको ‘फेरिँदो सौन्दर्य’कृतिका लागि २ लाख २ हजार २ रुपैयाँ राशीको ‘पहिचान पुरस्कार’ प्रदान गरिने निर्णय भएको हो  । भोजपुरको दिल्पा नागी गा.वि.स.मा जन्मिएका...

अशोकमानको ‘म पनि त मान्छे हुँ’ कृति बजारमा

काठमाडौँ :  कलाकार तथा साहित्यकार अशोकमान सिंको ‘म पनि त मान्छे हुँ’ कृति आजदेखि बजारमा आएको छ।  रिड एण्ड राइट पब्लिसीङ हाउसले प्रकाशनमा ल्याएको कृतिमा समाजमा अपाङ्गता भएका किशोर किशोरीलाई केन्द्रित गरी कथावस्तु प्रस्तुत गरिएको छ। कृतिमा साना पाँच लघु उपन्यास कृतिमा समेटिएका छन्।  यहाँ...

​यसरी जन्मियो बुद्धिसागरको फिरफिरे

काठमाडौं : कुनै दिन बुद्धिसागरले दुई बालकलाई भेटे ११/१२ वर्षका। कटासे बसपार्कमा उनीहरु काठमाडौं जाने बस खोज्दै थिए। काठमाडौं जाने बस नपाइने त्यो बसपार्कमा काठमाडौं जाने बस खोज्दै हिँडेका बालकहरु देखेपछि काउन्टरमा मान्छे पनि दंग परे। जब मान्छेहरुले ती बालकलाई उनीहरुको यात्रा बारे प्रश्न गरे,...

अतुल स्मृति गुरुकुल सम्मान २०७२ बाट साहित्यकार प्रकाश सायमीलाई

काठमाडौं, माघ ८ – अतुल स्मृति गुरुकुल काठमाडौंले अतुल स्मृति गुरुकुल सम्मान २०७२ बाट साहित्यकार प्रकाश सायमीलाई सम्मान गरेको छ । तबलाबादक अतुल गौतमको सम्झनामा गठित गुरुकुलले ४४ औँ अतुल स्मृति दिवसको अवसरमा काठमाडौं पशुपति क्षेत्रमा गरेको एक कार्यक्रममा साहित्यकार सायमीलाई सम्मान गरेको हो । यस्तै सतिशचन्द्र सानुबाबा...