साहित्य

जापानको टोकियोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न


जापानको टोकियोमा ६ बुँदे घोषणा पत्र जारी गर्दै दुई दिवसीय चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न भएको छ |दोस्रो दिन भएको साहित्य सम्मेलनमा डायस्पोरिक साहित्यको बिश्वब्यापीकरण, नेपाली साहित्यको उत्थानका लागि अनेसासको आगामी दिशालगायतका बिषयमा अन्तरक्रिया भएको थियो भने जापानमा नेपाली साहित्यको बिकासक्रम’ का बारेमा पत्रकार तिलक मल्ले एक कार्यपत्र प्रस्तुत गरेका थिए |

सम्मेलनको 0000अन्तर्क्रिया सेसनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेल, अनेसासका केन्द्रिय अध्यक्ष पदम बिश्वकर्मा, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदी, उपाध्यक्षहरु भीमसेन सापकोटा, सुमलकुमार गुरुङ, राधेश्याम लेकाली, प्रकाश पौडेल माइला’ लगायतका साहित्यकारहरुले नेपाली भाषा र साहित्यको श्रीबृद्धिका लागि चालिनुपर्ने भावी आयामहरुका बारेमा बोलेका थिए भने कार्यपत्रमाथि अनेसास जापानका पूर्व अध्यक्ष दिनेशराज ज्ञवालीले टिप्पणी गरेका थिए | कविगोष्ठी सेसनका सञ्चालकद्वय दिपेन्द्र पाठक (जापान) र भीमसेन सापकोटा (अष्ट्रेलिया) को साहित्यिक शैलीमा गरिएको कलात्मक उदघोषणलाई धेरैले सह्राना गरेका थिए |अनेसासका केन्द्रिय अध्यक्ष बिश्वकर्माको सभापतित्वमा भएको साहित्य सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले डायस्पोरामा रहेका साहित्यिक गतिबिधिलाई थप प्रभावकारी र उन्नत बनाउन अनेसासको भूमिका महत्वपूर्ण रहेको बताएका थिए |

टोकियोमा जारी गरिएको घोषणा पत्र : १.नेपाली भाषाका उत्कृष्ट साहित्यिक कृतिहारू छनौट गरेर विभिन्न भाषामा अनुबाद र प्रकाशन गरि नेपाली साहित्यको विश्व ब्यापिकरण अभियानलाई सशक्त बनाउने | २.अनेसास तथा डायस्पोरा (आप्रबासी )नेपाली साहित्यको इतिहास तयार गर्न प्रत्येक च्याप्टरलाइ क्रियाशील बनाउने | ३.अनेसासको च्याप्टर भएको देशमा पुस्तकालय, इ पुस्तकालयको व्यवस्थापन गर्ने | ४.अनेसासको संसोधित विधानलाई यथासिग्र पारित गरि सोहीअनुरूप संस्था संचालन गर्ने | ५.अनेसास तथा डायस्पोराबाट प्रकासित सामाग्रीहरुको संकलन र व्यवस्थापन गर्न डायस्पोरा डेस्कलाई निरन्तरता दिने | ६.आप्रवासमा नेपाली भाषालाई नया पुस्तामा हस्तान्तरण गर्न विभिन्न मुलुकमा पाठशालाहरुको र कार्यमा थप क्रियाशील हुने |

 

शनि, पुस २५, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अनि सर्बहारा बर्ग रुदै छ : अर्जुन बूढाथोकी

नेपाल आमा मात्र होइन सारा रुदै छ शोषित पिडित अनि सर्बहारा बर्ग रुदै छ सान्ती भुमी देश नेपाल रगतको ताल हुदा तेसैले त फेवा अनि रारा रुदै छ न नेपाल आमा मात्र होइना सारा रुदै छ दिन दिन हाम्रो सिमा अतिक्रमन हुदा खेरी तेसैले त बार्सा आनि बारा रुदै छ नेपाल आमा...

‘बिल गेट्स पण्डित’मा पैसामुखी समाजलाई व्यंग्य

हरेकको आ–आफ्नो दर्शन हुन्छ । दर्शन अनुसार मान्छेले जीवनको लय र ध्येय समात्छ । कसैलाई पैसा कमाउनु नै सबथोक हुन्छ भने कोही पैसालाई रौँ बराबर महत्त्व दिँदैनन् । तर, हाम्रो सामाजिक नियति कस् तो छ भने धनलाई सफलताको मानक मानिन्छ । जति धेरै धन कमायो,...

राजन मुकारूङले पाए ‘पहिचान पुरस्कार’

काठमाडौं । आख्यानकार राजन मुकारुङले दुई लाख रुपैयाँ राशीको ‘पहिचान पुरस्कार’ पाएका छन् । पहिचानको पक्षमा १५ बर्षअघिदेखि कलम चलाउँदै आएका मुकारुङलाई उनको ‘फेरिँदो सौन्दर्य’कृतिका लागि २ लाख २ हजार २ रुपैयाँ राशीको ‘पहिचान पुरस्कार’ प्रदान गरिने निर्णय भएको हो  । भोजपुरको दिल्पा नागी गा.वि.स.मा जन्मिएका...

अशोकमानको ‘म पनि त मान्छे हुँ’ कृति बजारमा

काठमाडौँ :  कलाकार तथा साहित्यकार अशोकमान सिंको ‘म पनि त मान्छे हुँ’ कृति आजदेखि बजारमा आएको छ।  रिड एण्ड राइट पब्लिसीङ हाउसले प्रकाशनमा ल्याएको कृतिमा समाजमा अपाङ्गता भएका किशोर किशोरीलाई केन्द्रित गरी कथावस्तु प्रस्तुत गरिएको छ। कृतिमा साना पाँच लघु उपन्यास कृतिमा समेटिएका छन्।  यहाँ...

​यसरी जन्मियो बुद्धिसागरको फिरफिरे

काठमाडौं : कुनै दिन बुद्धिसागरले दुई बालकलाई भेटे ११/१२ वर्षका। कटासे बसपार्कमा उनीहरु काठमाडौं जाने बस खोज्दै थिए। काठमाडौं जाने बस नपाइने त्यो बसपार्कमा काठमाडौं जाने बस खोज्दै हिँडेका बालकहरु देखेपछि काउन्टरमा मान्छे पनि दंग परे। जब मान्छेहरुले ती बालकलाई उनीहरुको यात्रा बारे प्रश्न गरे,...

अतुल स्मृति गुरुकुल सम्मान २०७२ बाट साहित्यकार प्रकाश सायमीलाई

काठमाडौं, माघ ८ – अतुल स्मृति गुरुकुल काठमाडौंले अतुल स्मृति गुरुकुल सम्मान २०७२ बाट साहित्यकार प्रकाश सायमीलाई सम्मान गरेको छ । तबलाबादक अतुल गौतमको सम्झनामा गठित गुरुकुलले ४४ औँ अतुल स्मृति दिवसको अवसरमा काठमाडौं पशुपति क्षेत्रमा गरेको एक कार्यक्रममा साहित्यकार सायमीलाई सम्मान गरेको हो । यस्तै सतिशचन्द्र सानुबाबा...