प्रमुख समाचार

पूर्वराजा ज्ञानेन्द्रले भने- मैले दरबार छाडेको हुँ, घरबार होइन


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले जनताको चाहना अनुसार दरबार छाडेको, तर नेपाली घरबार नछाडेको बताएका छन् ।

Gyanendra-Shahआइतबार वक्तव्य जारी गर्दै पूर्वराजा शाहले भने- ‘शाहवंशीय राजाहरुले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिँदै राष्ट्र हित र राष्ट्रवासीको सुख, सम्वृद्धि र आत्मीय सन्तुष्टिका निम्ति जनताको नासो जनतालाई सुम्पेर मैले दरबार छाडेको हुँ । तर सबैले विचार गर्नुपर्ने कुरा हो कि मैले नेपाली घरबार छाडेको छैन अनि नेपाल र नेपालीको ‘आधारको भार’ पनि परित्याग गरेको छैन ।’

बखेडा नगर्न र एक हुन आग्रह

पूर्वराजा शाहले पृथ्वी जयन्तीका अवसरमा विज्ञप्ति जारी गर्दै हिमाल, पहाड र तराईका जनतालाई एकतावद्ध हुन र बखेडा नगर्न आग्रह गरेका छन् । उनले अब कसले कस्तो भूमिका खेल्नुपर्ने हो त्यो प्रस्ट हुनुपर्ने मागसमेत गरेका छन् ।

पूर्वराजाको वक्तव्यमा भनिएको छ- ‘पृथ्वी जयन्तीको यस ऐतिहासिक क्षणमा सधैं नै हामीलाई मिलिरहने चेतना र प्रेरणाको कुरा राष्ट्रिय एकता र सदाशयता नै हो । हिमाल, पहाड र तराईका हामी सबै नेपाली यही फूलबारीमा जति बढी समाहित हुन सक्छौं उति नै हाम्रो गौरवशाली अस्तित्व तथा स्वाभिमानको नेपालीत्व उचो रहन्छ । यस प्रकारको युग चेतना हुँदाहुँदै पनि अहिले हामी किन, कुन्नि दिग्भ्रमित छौं । सोचनीय कूरा छ, देशभित्र अहिले विधि व्यवस्था, भूरचना र शासन प्रशासनका कुरालाई लिएर जे जस्ता बखेडा खडा भएका छन् यो कदापि राम्रो कुरा होइन ।’

परनिर्भरता र महंगीको चिन्ता

पूर्वराजाले आपसी सद्भाव खल्बलिएर जनसाधारणको जीवन व्यवहारमा आर्थिक संकट, चरम महंगी, अभाव, अनुत्पादन र वाह्य निर्भरताबाट यतिखेर थप मार परिरहेको भन्दै वक्तव्यमा बताएका छन् ।

‘नेपाली जनताले अहिले साँझ बिहान छाक टार्न र सामान्य रुपले जीवन धान्न पनि धौधौ परिरहेको छ’ उनले भनेका छन्- ‘त्यो गम्भीर चिन्ताको विषय हो ।’

भूमिकाको खोजी

‘अब नेपाली जनताले को कसबाट के कस्तो दायित्व, भूमिका र भरोसा चाहेका छन्, खुलस्त हुनु पर्दछ भन्ने पनि समयको माग छ,’ पूर्वराजा शाहले भनेका छन्- ‘नेपाली भएर सोच्ने, सम्झने दिन पुस २७ हो । यही दिन यहाँको पवित्र भूमिमा जन्मिएका हाम्रा बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट नै हाम्रो यो आधुनिक राष्ट्रको संरचना र संयोजन भएको हो ।’

 

 

आइत, पुस २६, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपालका दुई ठुला कम्युनिष्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको सहमति

काठमाडौँः नेपालका दुई ठुला कम्युनिष्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई दलको एकता संयोजक समितिको बैठकले नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय गरेको हो । दुई दलबाट गठित एकता संयोजन समितिको करिब चार...

२००७ साल फागुन ७ गते मुलुकमा प्रजातन्त्र स्थापना भएको सम्झनामा सोमबार काठमाडौंको टुँडिखेलमा विशेष समारोह

काठमाडौं । २००७ साल फागुन ७ गते मुलुकमा प्रजातन्त्र स्थापना भएको सम्झनामा सोमबार काठमाडौंको टुँडिखेलमा विशेष समारोह गरिएको छ ।   सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रहरु, मुख्यसचिव, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका...

ओलीको निर्देशन : झमझम स्टकोट शैली होइन, दौरा सुरुवाल-साडी चोलोमा आउनुस्

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पोशाकमा सर्तक हुन सांसदहरुलाई निर्देशन दिएका छन् ।   पार्टी मुख्यालय धुम्बाराहीमा बसेको संसदीय दलको बैठकमा ओलीले पुरुष सांसदहरुलाई दौरा सुरुवाल र महिलालाई साडी चोलो लगाउन निर्देशन दिएका हुन् । ठाउँ र अवस्था अनुसार पहिरन लगाउनुपर्ने भन्दै उनले भने, ‘पूजाआजाहरुमा जाँदा...

शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदको अन्तिम बैठक बसिरहेको छ

फागुन, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदको अन्तिम बैठक बसिरहेको छ । प्रधानमन्त्री पदबाट राजीनामा दिनुअघि देउवाले प्रधानमन्त्री निवास निवास बालुवाटारमा बैठक आह्वान गरेका हुन् । बैठकलगत्तै उनले  देशवासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री पदबाट राजनीनामा दिनेछन् । प्रतिनिधिसभामा बाम गठबन्धनको बहुमत आएकाले अब एमाले अध्यक्ष केपी शर्मा ओली...

अबको २० दिनमा मेलम्ची खानेपानी आयोजनाको प्रमुख सुरुङमार्ग निर्माण सकिने

फागुन, काठमाडौं । कुनै अवरोध नआए अबको २० दिनमा मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण काममध्येको प्रमुख सुरुङमार्ग निर्माण सकिने भएको छ ।   सुरुङ छिचोल्न बाँकी रहेको ग्यालथुमदेखि सिन्धुसम्मको नौ किलोमिटरमा आजसम्म २४० मिटरमात्र सुरुङ खन्न बाँकी रहेको छ । अहिले दैनिक १२ मिटर सुरुङ खन्ने काम भइरहेको...

भारतीय सेना प्रमुख नेपालमा पहिलो पटकआउँदैछन्

२९ माघ, काठमाडौं । भारतीय स्थल सेना प्रमुख विपिन राउत सोमबार नेपाल आउँदैछन् । महाशिवरात्रीको दिन मनाइने नेपाली सेना दिवसमा सहभागी हुन राउत नेपाल आउन लागेका हुन् । सेनाका प्रवक्ता नैनराज दाहालले भने, ‘आर्मी डेकै लागि भारतीय सेना प्रमुख नेपाल आएको पहिलोपटक नै हो ।’   नेपाल एकीकरण...