साहित्य

पुर्वमन्त्री पाण्डेको कृति ‘कुटनीति र राजनीति’ को चर्चा


पुर्व मन्त्री तथा परराष्ट्र विज्ञ रमेशनाथ पाण्डेको पहिलो पुस्तक ‘कुटनीति र राजनीति’ को विषयमा चितवनमा साहित्यकारहरु विच साक्षात्कार भएको छ ।

कविडाँडा साहित्य समाजको आयोजनामा शनिवार उक्त कार्यक्रममा पुर्व मन्त्री पाण्डेले नेपाल भारतको सम्वन्धमा एउटा रेखा कोरिएको भन्दै राजनीति भन्दा कुटनीति कमजोरहँुदा अन्तराष्ट्रिय सम्वन्धमा असर परेको जिकिर गर्नुभयो ।
कुटनीतिमा दख्खल राख्नुहुने पाण्डेले संविधान निर्माणका क्रममा असल नियत हुँदाहुँदै पनि प्रक्रियागत समस्याका कारण यो अभाव झेल्नुपरेको धारणा राख्नु भयो ।
उहाँले चुलो नबल्दा समेत नेपाली जनता चुप लागेर बस्नु सरकारको लोकप्रियता नभई राष्ट्रप्रतिको समर्पण भएको उल्लेख गर्नुभयो । नेपालको राष्ट्रिय मामिला तथा कुटनीति र राजनीतिको यथार्थ चित्रण गरिएको पुस्तक पाण्डेले आफ्नो अनुभवको आधारमा तयार पार्नुभएको हो ।

पुस्तकमा १७ सालको सेरोफेरो, ईरान क्रान्ति, गिरफतारी, १९५० को सम्झौता, नाकाबन्दी, दरबार हत्याकाण्ड, नेपाल भारत सम्वन्ध, लगायत शिर्षकका लेखहरु समाबेश छन् । चितवनका रमाकान्त सापकोटा र विनोद खण्ड तिमिल्सीनाले पुस्तकको टिप्पणी गर्नुभएको थियो । रासस

आइत, पुस २६, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अनि सर्बहारा बर्ग रुदै छ : अर्जुन बूढाथोकी

नेपाल आमा मात्र होइन सारा रुदै छ शोषित पिडित अनि सर्बहारा बर्ग रुदै छ सान्ती भुमी देश नेपाल रगतको ताल हुदा तेसैले त फेवा अनि रारा रुदै छ न नेपाल आमा मात्र होइना सारा रुदै छ दिन दिन हाम्रो सिमा अतिक्रमन हुदा खेरी तेसैले त बार्सा आनि बारा रुदै छ नेपाल आमा...

‘बिल गेट्स पण्डित’मा पैसामुखी समाजलाई व्यंग्य

हरेकको आ–आफ्नो दर्शन हुन्छ । दर्शन अनुसार मान्छेले जीवनको लय र ध्येय समात्छ । कसैलाई पैसा कमाउनु नै सबथोक हुन्छ भने कोही पैसालाई रौँ बराबर महत्त्व दिँदैनन् । तर, हाम्रो सामाजिक नियति कस् तो छ भने धनलाई सफलताको मानक मानिन्छ । जति धेरै धन कमायो,...

राजन मुकारूङले पाए ‘पहिचान पुरस्कार’

काठमाडौं । आख्यानकार राजन मुकारुङले दुई लाख रुपैयाँ राशीको ‘पहिचान पुरस्कार’ पाएका छन् । पहिचानको पक्षमा १५ बर्षअघिदेखि कलम चलाउँदै आएका मुकारुङलाई उनको ‘फेरिँदो सौन्दर्य’कृतिका लागि २ लाख २ हजार २ रुपैयाँ राशीको ‘पहिचान पुरस्कार’ प्रदान गरिने निर्णय भएको हो  । भोजपुरको दिल्पा नागी गा.वि.स.मा जन्मिएका...

अशोकमानको ‘म पनि त मान्छे हुँ’ कृति बजारमा

काठमाडौँ :  कलाकार तथा साहित्यकार अशोकमान सिंको ‘म पनि त मान्छे हुँ’ कृति आजदेखि बजारमा आएको छ।  रिड एण्ड राइट पब्लिसीङ हाउसले प्रकाशनमा ल्याएको कृतिमा समाजमा अपाङ्गता भएका किशोर किशोरीलाई केन्द्रित गरी कथावस्तु प्रस्तुत गरिएको छ। कृतिमा साना पाँच लघु उपन्यास कृतिमा समेटिएका छन्।  यहाँ...

​यसरी जन्मियो बुद्धिसागरको फिरफिरे

काठमाडौं : कुनै दिन बुद्धिसागरले दुई बालकलाई भेटे ११/१२ वर्षका। कटासे बसपार्कमा उनीहरु काठमाडौं जाने बस खोज्दै थिए। काठमाडौं जाने बस नपाइने त्यो बसपार्कमा काठमाडौं जाने बस खोज्दै हिँडेका बालकहरु देखेपछि काउन्टरमा मान्छे पनि दंग परे। जब मान्छेहरुले ती बालकलाई उनीहरुको यात्रा बारे प्रश्न गरे,...

अतुल स्मृति गुरुकुल सम्मान २०७२ बाट साहित्यकार प्रकाश सायमीलाई

काठमाडौं, माघ ८ – अतुल स्मृति गुरुकुल काठमाडौंले अतुल स्मृति गुरुकुल सम्मान २०७२ बाट साहित्यकार प्रकाश सायमीलाई सम्मान गरेको छ । तबलाबादक अतुल गौतमको सम्झनामा गठित गुरुकुलले ४४ औँ अतुल स्मृति दिवसको अवसरमा काठमाडौं पशुपति क्षेत्रमा गरेको एक कार्यक्रममा साहित्यकार सायमीलाई सम्मान गरेको हो । यस्तै सतिशचन्द्र सानुबाबा...