स्थानीय समाचार

राजधानीका भुस्याहा कुकुरहरुको बन्ध्याकरणका लागि ३ करोड रुपैयाँको आयोजना


सरकारले राजधानीका भुस्याहा कुकुरहdog-at-ktmरुको बन्ध्याकरणका लागि ३ करोड रुपैयाँको आयोजना सञ्चालन गर्न लागेको छ । महानगरपालिका अन्तरगत ‘काठमाडौं उपत्यका कुकुर व्यवस्थापन आयोजना’ मार्फत यो बजेट खर्च गरिनेछ ।

काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले शनिबार ललितपुरको गोदावरीमा आयोजित एक कार्यक्रममा उपत्यका कुकुर व्यवस्थापन आयोजनाबारे जानकारी दिएका हुन् ।

उपत्यकामा भुस्याहा कुकुरको समस्या बढ्दो छ । शनिबार गोदावरीमा आयोजित उपत्यकाको एकीकृत विकाससम्बन्धी छलफलमा कुकुरका विषयमा कुरा उठेको थियो ।

सिंहदरबारका कुकुरको चर्चा

काठमाडौंको सुव्यवस्थाका विषयमा महानगरपालिकाका धनपति सापकोटाले आफ्नो प्रस्तुती राख्दै गर्दा कार्यक्रमको सहजीकरण गरेका प्रशासनिक सुधार आयोगका अध्यक्ष काशीराज दाहालले सोधे- ‘सिंहदरबारको कुकुर हटाउने काममा महानगरको ध्यान किन गएको छैन ?’

दाहालको प्रश्नको उत्तर दिन काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङ तयार भए । उनले सुरुमै कुकुरलाई मार्दा ‘एनिमल राइट’ को प्रश्न उठ्ने भएकाले काठमाडौंमा भुस्याहा कुकुर नियन्त्रण गर्न समस्या भएको बताए ।

तामाङले काठमाडौंका भुस्याहा कुुकुरको व्यवस्थापनका लागि अब ‘काठमाडौं उपत्यका कुकुर व्यवस्थापन आयोजना’ सञ्चालन गर्न लागिएको जानकारी दिए । त्यसका लागि झण्डै ३ करोड रुपैयाँ खर्च हुने पनि उनले सुनाए ।

महानगरले कुकुरको स्थायी बन्ध्याकरण गर्ने र रोकथामका लागि अन्य कार्यक्रम अघि बढाउन यो रकम खर्च गर्ने योजना बनाएको तामाङले बताए ।

यसका लागि ह्युमन सोसाइटी इन्टरनेशनल नाम संस्थासँग समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गर्ने तयारी भइरहेको कार्यकारी प्रमुख तामाङले बताए ।

महानगरको यस्तो योजना सुनाउँदै तामाङले भने-‘सिंहदरबारभित्रका कुकर त हामी हटाउँला । तर, फेरि सिंहदरबारभित्र कुकुर नपसाउने ग्यारेन्टी चाँही कसले लिने ?’

तामाङले त्यसो भन्दा हलभित्र हाँसोको फोहोरा छुटेको थियो ।

 

आइत, पुस २६, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

३३ किलो सुन तस्करी गोरेले बाबुलाई भेटेर के भने ? अनुसन्धान प्रभावित पार्ने गोरेको प्रयास!!!

 साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेसँग बिहीबार पनि बयान भएको छ । जिल्ला अदालत मोरङमा करिव ५ घण्टा चलेको बयानमा गोरेले सोधेको प्रश्नभन्दा अनौपचारिक बढी गरेका छन् । बुधबार पनि झण्डै ५ घन्टा बयान भएको थियो । तर, उनले सुन तस्करीको...

जेष्ठ मेला समापन गर्न हेलिकप्टर द्धारा गाँउ जादै अतिथि

शोले युवा कल्ब तमानखोला गाँउपालीका ४ लाम्मेला बाग्लुङ्गले हरेक वर्ष आयोजना गर्ने जेष्ठ मेलाको समापन ११ गते गरिने भएको छ र उक्त समापन कार्यक्रमा प्रभु बैक कमलादी काठमाण्डौका अध्यक्ष देवी प्रकाश भट्टचन,थकाली सेवा समाज काठमाण्डौ का अध्यक्ष खगेन्द्र भट्टचन,तारा प्रकाश भट्टचन र निर्गुन भट्टचन...

महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरे

वैशाख, काठमाडौं । महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ । प्रभागले शनिबार राति गोंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई नियन्त्रणमा...

जागिर दिने प्रलोभन देखाएर मानिस जम्मा पर्ने र रकम लिएर ठगी गर्ने समूहको धन्दा

१९ फागुन, काभ्रे । बेथानचोक ओमविक्रम लामा रोजगारीका लागि विदेश जाने तयारीमा थिए । कक्षा १२ मा अध्ययन गर्दागर्दै भारतको गोवा पुगेर वेटर काम गरेका उनी १२ बैशाख २०७२ को भूकम्पपछि नेपाल आएका थिए । घर बनाउने लगायतका काम गरेपछि गोवा होइन, विदेश जाने सोच बनाए...

लक्ष्मीप्रसाद मिश्रको दोस्रो काव्य कृति नशामा डुबेको जीवनको लोकापर्ण

खोज संवाददाता –लमजुङ, सुन्दरबजार महोत्सवको सु–अवसरमा मिठो स्वरका धनी गीतिकाव्य लेखनका बादशाह लक्ष्मीप्रसाद मिश्रको दोस्रो काव्य कृति नशामा डुबेको जीवनको लोकापर्ण प्रदेश नं ४ का मानननिय मुख्य मन्त्री पृथ्बी शुब्बा गुरुङबाट सुसम्पन्न भयो । राष्ट कवि माधव धिमिरेको जन्मथलो लमजुङलाई साहित्यको राजधानी बनाउनुपर्छ भन्ने अभियानको...

बन्दकर्ताहरुले मोरङको विराटनगरमा विहानै दुई मालबहाक ट्रकमा अागजनी

फागुन ८, काठमाडौं । अाज नेपाल बन्द गर्ने पुर्व जानकारी हुदाहुदैपनि बन्दकाे अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले मोरङको विराटनगरमा विहानै दुई मालबहाक ट्रकमा अागजनी गरेका छन् । मोरङको सलकपुर र ढाटमा आगजनी गरिएको जानकारी प्राप्त भएको छ । नेपाल कम्युनिस्ट पार्टीले अाज अाह्वान गरे‍को नेपाल बन्दले बन्दकाे प्रभाव विहानैबाट देशैभरी...