कला/मनोरञ्जन

पाइन्ट फुकाल्ने दिवस, अर्धनग्न भएर हिँड्दैछन् युवायुवती


no-trousers4

आइतबार अर्थात् जनवरी १० का दिन विश्वका विभिन्न देशमा पाइन्ट फुकाल्ने दिवस मनाइँदैछ । यो दिवसका अवसरमा मानिसहरु सबवेमा यात्रा गर्दा पाइन्ट लगाउँदैनन् ।

नो प्यान्ट अभियान अर्थात् पाइन्ट नलगाउने अभियानको सुरुवात सन् २००२ मा अमेरिकाको न्युयोर्कबाट सुरु भएको थियो । ७ जना युवाहरुले रमाइलोका लागि यस्तो गज्जबको आइडिया फुराएका थिए । ती युवाहरु पूरै एक दिन रेलको यात्रामा पाइन्ट नलगाइकनै रहे । तर केही समयपछि उनीहरुलाई अश्लीलता फैलाएको भन्दै प्रहरीले गिरफ्तार गर्यो । यद्यपि उनीहरुले छिटै छुटे । अनि अर्को वर्ष पनि एक दिन पाइन्ट फुकालेर घुम्ने कामलाई निरन्तरता दिए, अलिक प्रचार प्रसार गर्दै ।

विस्तारै अन्य मानिसहरुले पनि उनीहरुलाई साथ दिए र पाइन्ट फुकाल्ने दिवसमा मानिसहरुको सहभागिता बढ्दै जानुका साथै यो अभियानमा विभिन्न देशमा फैलिएको छ ।

स्वतस्फुर्त रुपमा मानिसहरु यो दिनमा सबवेमा यात्रा गर्दा पेन्ट नलगाइकन बसेका हुन्छन् । पुरुष मात्र नभएर महिला पनि यसमा सहभागि हुने गरेका छन् ।

गएको वर्ष २५ देशका ६० सहरमा पाइन्ट फुकाल्ने दिवस मनाइएको थियो । मेक्सिकोदेखि लिएर सांघाइ, इस्तानबुल, हंगकंग, बर्लिन तथा पेरिस र लण्डन लगायतका सहरमा पाइन्ट फुकाल्ने दिवस पोहोर साल मनाइएको थियो र अहिले यसले झनै व्यापकता पाउनेछ ।लण्डनमा पाइन्ट फुकाल्ने दिवसको व्यापक तयारी भैरहेको बेलायती संचार माध्यमहरुले जनाएका छन् ।

no-trousersno-trousers1

आइत, पुस २६, २०७२ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन

१३ फागुन, काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ । हृदयाघातका कारण उनको गएराति दुबईमा निधन भएको हो । फिल्म इन्डस्ट्री भित्रका र त्यस बाहिरका धेरै व्यक्तिहरुले श्रीदेवीको निधनमा शोक व्यक्त गरेका छन् । श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो ।...

म्याग्देली लोक गायक अमित बिश्वकर्मा कतारमा जादै ।।

नेपाली मौलिक लोक भाकाहरु लाई अलि बिशेश सम्झने लोक दोहोरी गायक अमित बिश्वकर्मा पहिलो पटक देश बाहिरको कार्यक्रमको लागी कतारमा जाने भएकाछन । बरंजा ६ म्याग्दीमा जन्मिएका बिश्वकर्मा परिवारको एक्लो छोरा हुन,बुवा हर्क बहादुर बिश्वकर्मा र आमा खमिसरा बिश्वकर्मा को काँखमा जन्मिएका अमित हाल भने स–परिवार...

घनश्याम गौतम : रङ्गकर्मी/ कलाकार

झापा जिल्लाको सुन्दर नगर गौरादहको जोघरे गाउँमा बि स २०३८ साल असोज १५ गते माता नरबदा गौतम र पिता गँगा प्रसाद गौतमको चार भाइ छोरा मध्येका कान्छा छोरा को रुपमा जन्मिएका रङ्गकर्मी कलाकार घनश्याम गौतम अहिले नक्कली प्रचण्डका रुपमा निकै लोकप्रिय छन । ११ बर्ष सम्मको बालापन जोरघरे गाउँ र गौरादह वरपरको परिबेशमा...

पोर्नस्टार बन्ने चाहेको बताएर चर्चामा आएकी अर्चना पनेरू विवाह बन्धनमा

केही वर्षअघि पोर्नस्टार बन्ने चाहेको बताएर चर्चामा आएकी अर्चना पनेरू विवाह बन्धनमा बाँधिएकी छन् । पोर्नस्टार बन्ने चाहेको अभिव्यत्ति दिएर चर्चामा आएसँगै केही चलचित्रमा समेत काम गरेकी अर्चनाले आफूले अमेरिकी नागरिकसँग विवाह गरेको बताएकी छन् । सामाजिक सञ्जालमार्फत आफू विवाह बन्धनमा बाँधिएको बताएकी उनले विवाहको तस्विर...

मिस र मिस्टर बिश्वकर्मा सोनिया र सिमान्त 

बिश्वकर्माहरुको प्रतिभा उजागर  गर्ने अभिप्रायले परिवर्तन इभेन्ट हाउसले राजधानीमा केहि समय अगाडी  मिस एण्ड मिस्टर बिस्वकर्मा  आयोजना  गरेको  थियो सिन्धुपाल्चोक  कि कक्षा ११ मा अध्ययन गर्दै गरेकी  सोनिया बिश्वकर्मा र रामेछापको सिमान्त सिंह बराइली मिस एण्ड मिस्टर बिस्वकर्मा  उपाधि आफ्नो हात पार्न सफल भएका छन्...

अनमोल केसीको ‘कृ’ शनिबार देशभरी हाउसफुल .. एक्सन बबाल

चितवन, २७ माघ : रिजिल भएको पहिलो दिन शुक्रबार सुखद शुरुआत नभएको अनमोल केसी अभिनित चलचित्र ‘कृ’ शनिवार नेपालका अधिकांश हल हाउसफुल भए । चितवन, काठमाडौ, पोखरा, हेटौंडाका हल तथा मल्टिप्लेक्स भरिएको निर्माण समुहले जनाएको छ । शुक्रबार प्रदर्शनमा आएको उक्त चलचित्र प्रदर्शनीको पहिलो दिन हल...