निबन्ध

हामीलाई जवाफ चाहियो सरकार, विश्वविद्यालयको पाठ्यपुस्तक पढुँ की, कोरियन, हिब्रु र अरबी भाषा पढुँ ?

-केशव प्रसाद पाण्डे


अरे यार तिमी ?
हो यार, म, वनेपा वसपार्कमै भेटियो धनकुमारलाई । धेरै पछिको जम्काभेट, लगभग सात वर्षपछि। हातमा मोटो चाँदीको व्रासलेट ,गलामा सुनको मोटै सिक्रि लगाएको उ झण्डै, चिन्नै गार्हो हुने भएछ। दश वर्षअघि एसएलसी छोडेरै भागेको थियो गाडिमा ढोका ढक्ढक्याउन। कुरैकुरामा गाडिमा सहचालक हुँदादेखि गुरूजी र आफ्नो समेत लगानी रहेको वस चलाउनुसम्मको फेरिहस्त आयो । वनेपामै किनेको जग्गादेखि विहेपछिको जिम्मेवारी सवै कुशल रहेकोसम्म कुरा भयो, तर अन्तमा आफुलाई नपढेकोमा पछुतो र कहिले काँही पोल्ने वतायो र भन्यो अव, ‘म यो भन्दा माथि पुग्ने पद कुनै छ र ?

तिमिसँग त पढाई छ यार! धेरै पढेका छौ।
खरिदार, सुव्वा, अधिकृत,सचिव…धेरै ठुलो वन्न सक्छौ।
मैले खिसिक्क हाँस्दै भने,‘पढेर मात्रै के गर्नु केही गर्नसक्या होईन । त्यो खिसिक्क हाँसोले आफैलाई कुरिकुरी गरेजस्तो लाग्यो । त्यतिकैमा उसको गाडीको पालो आयो । सहचालक भाई उस्कै केही वर्षअघिको पोजिसनमा आईसकेको थियो । जाँउ जाँउ गुरूजीको संकेत पाएपछि स्टार्ट गरेको गाडी विदाईका हात हल्लाउँदै अगाडि वढ्यो वि पि हाईवेतर्फ, आफ्नै रफ्तारमा…।

म पनि आफ्नै गन्तव्यको गाडीमा गृह प्रस्थान गरेँ । घरमा पुगेपछि, वेलुकीको पारिवारिक वसाईमा सवै गन्थनमन्थन भयो । पल्लाघरे उमेशको कुरा आयो विचमा, उसले आठ लाख पठाईसक्यो रे घरमा ठूलै टेलिभिजन जोडि सकेछ । घर उस्तै बनायो, जस्ताको छानो र सिमेन्टीले प्लास्टरले । घर वलियो र व्यवस्थित हुँदै गएछ। यता आफ्नोमा झिँगटी फुटेर पानी चुँहदै ढल्ने वेला भएको छ। पानी रसाउने प्वालैपिच्छे भाँडा थाप्नुवाहेक विकल्प थिएन ंद्द को पढाई विचमै छाडेर तीन महिने होटल तालिम लिएर दुवई हानिएको पनि ३ वर्ष नाघेछ।

भिसा थपेर वसेको छ उ कहिले काँही सामाजिक संजालमा भेटिदाँ सोध्छ,
कति पढ्दैछौँ ?
मैले मास्टर जोईन गरेँ भन्दा उसले भन्थ्यो, मैले नी नछोडेको भए सँगै भईन्थ्यो । पढाई त चाँहिदोरहेछ यार, भन्छ।, विदेशको दुःख नी देखाउँछ। पढ यार, पढाईमा छ सवथोक भन्छ । म भन्छु, त्यही पढाईमा केही नदेखेर विदेशिएको तिमिले के देख्यौ फेरि ?

यि वास्तविक भोगाईहरू हुन्। जुन साथीहरू पढाईलाई लत्याएर जीवन जिउँने वाटोमा केही हदसम्म अगाडि वढेका थिए उनीहरूलाई पढाई पर्याप्त नहुँनुले पोल्दोरहेछ । तर त्यही पढाईको प्रमाणपत्र हुनुले मलाई पोल्छ । कैले, सरस्वती र लक्ष्मी एकै ठाँउमा हुन सक्दैन भन्ने वावुवाजेको भनाई याद आउँछ। के यहीवाट त प्रेरित छैन हाम्रो शिक्षा ?

समग्र शिक्षा पद्धतिलाई विश्लेषण गरेर हेर्ने हो भने जीन्दगीसँग पढाईलाई जोडिएको पाँईदैन। विश्व भुमण्डलीकरणको यो युगमा शिक्षाको अर्थ धार्मिक ग्रन्थ जति सक्दो छिटो भट्याउन सक्यो त्यति जान्ने भन्ने हुँदैन। व्यवहारसँग जोडिने र जीवनमा गरेर खानसक्ने हुनुपर्दछ।

यो आम नेपालीको जीन्दगीसँग प्रत्यक्ष जोडिएको सवाल हो । विश्वविद्यालयवाट प्रमाणपत्र वोकेर निस्कँदा भविष्य आधा सकिसकेको हुन्छ । हातमा प्रमाणपत्र त छ तर शून्य छ सिप । पढाईसकिएपछिको प्रस्तुतिकरणको अभाव देखिन्छ यसवाट ठूलो क्षेत्रफल ओगटेका विश्वविद्यालयहरू वेरोजगार उत्पादनको कारखाना मात्र वन्न पुगेका छन् । विशेषतः दुई प्रकारका शिक्षा दिईने नेपालमा प्राविधिक तर्फकाले त पर्याप्त रोजगारी पाउन सकेका छैनन् भने साधारण शिक्षा प्राप्त गर्नेहरूलाई झनै मुस्किल छ । आज नेपालका शैक्षिक जनशक्तिहरु रोजगारी भएर लोकसेवाको लाईनमा बसी थाकेर मेनपावरको लाईनमा पुग्छन् र उनी त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट श्रमिकको रूपमा अर्को मुलुक विदेशिन बाध्य हुन्छन् । अनी उनीहरु विदेशी माटोमा पुगेर पुर्पुरोमा हात लगाउँदै पढाईलाई धिक्र्काछन् ।

 

प्रत्येक राजनितिक क्रान्तिमा विद्यार्थी वर्गको भूमिका सदैव उल्लेखनीय छ र त्यसवाट अपेक्षा गरिएको आर्थिक, सामाजिक परिवर्तन संस्थागत गर्न नसक्नाले शिक्षावाट राखिएको क्रान्तिकारी अपेक्षा कहिल्यै पुरा हुन सकेन । राजनितिक अभिष्ट पुरा भएपछि विद्यार्थीको जीवनलाई वर्वादी को उपहारमात्र दिइन्छ । यसरी पाएका सट्रिफिकेट वोकेर जागिर माग्दा दशौँ जोर जुत्ताका तलुवा खिईसके, भविष्यदेखि अत्तालिएर कयाँैले स्वाट्ट नशा पिउँछन् । यसको क्षतिपूर्ति के होला ?
आज राज्यले तयार पारेको पाठ्यक्रम पढेर र मुल्यांकनका चरण पार गरेर तिमी सक्षम भयौ भनेर वैधानिक छाप लगाएर दिएको आधिकारिक प्रमाणपत्र निकम्मा भएका छन् । त्यो भन्दा विदेशिनका लागि हिब्रु ,अरवी,कोरियन भाषाको ज्ञान अनिवार्य भएको छ ।

BBS Transcript By TU-750

समयसँगै वौद्धिक गुणस्तरमा आउनुपर्ने र अन्तर्राष्ट्रिय वजारमा प्रष्तिस्पर्धा र हाम्रै वजारको माग अनुसारको शैक्षिक जनशक्तिको उत्पादनमा तालमेल पनि मील्न सकेको देखिदैन।

अहिलेको शिक्षाले राज्यको लक्ष्य एकातिर छ। विद्यार्थीको क्षमता अर्कोतिर र अभिभावकको सपना अर्कै छ। यसले भविष्यको लागि आवश्यक सीप मापन गर्न सक्ने औकात राख्दैन। यसवारे राज्य असाध्यै जानकार छ तर व्यवस्थापन र जवाफदेहिता पटक्के देखिदैन । यसले गर्दा वर्तमान पुस्ताको आवश्यकता र भविष्यका लागि आवश्यक वैज्ञानिक र व्यवहारिक शिक्षाको मागलाई पुरा गर्न नसक्दा शिक्षित, अशिक्षित सवैलाई एउटै टोकरीमा राखिन्छ र फ्रि भिसा र फ्रि टिकटको नाममा सस्तो मूल्यमा खाडीमा वेचिन्छ।

आज तीन महिनाको तालिमले उमेशले आफ्नो वाटो वनाउन सक्यो। केही वर्षका अनुभव र भोगाईले सहचालकवाट, चालक,मालिक हुँदै धनकुमारले जीन्दगी चलाउन सक्यो तर म जस्ता पढाईमा केही छ भन्नेका लागि ,पढाई र कामलाई समय संयोजन गरेर सहरका डेरामा जिन्दगी घिसार्नेका लागि कहाँ छ भबिष्य ? सक्रिय जिन्दगी लगभग ५० वर्षको आधा उर्वर समय र स्रोत खर्चनेको भविष्य अन्तत शुन्य हुन्छ । त्यतिवेला भोको पेट घोकेको पढाईका कुनै पनि फर्मुला र सिद्धान्तले भर्न सक्दैन ।

काठमाडाँै फिर्नै लाग्दा सुनेँ, शहरमा मेरो पनि सर्टीफिकेटको मूल्य तोक्ने होडवाजी चलेछ । ‘रोजगारी र सम्वृद्धिका लागि आर्थिक अभियान’ नामक स्वतन्त्र अभियान र त्यसपछि सत्ताधारी एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले फरक फरक मूल्य राखेर रोजगार दिनुपर्ने, त्यसो नभए प्रमाणपत्र धितो राखेर स्वरोजगार हुने अवस्था सिर्जना गर्नुपर्ने, त्यो पनि नसके वेरोजगार भत्ताको व्यवस्थाको माग राखिएको रहेछ जुन आम विद्यार्थीको माग हो । यसमा कुनै भाईरसले काम नगरे त हो, नत्र प्रत्येक राजनीतिक पार्टी एमाले, माओवादी , कांग्रेस, नयाँ शक्तिको ‘मेड इन नेपाल सेल ईन इन्डिया’ अनेरास्ववियु जस्ता विद्यार्थी संगठनहरू, ‘रोजगारी र सम्वृद्धिका लागि आर्थिक अभियान नामक स्वतन्त्र अभियान’ लगायतको उदेश्य आर्थिक क्रान्तिको अभियानमार्फत वेरोजगारी र गरीवी निवारण गरी सम्बृद्ध नेपाल निर्माण गर्नु नै हो तर सव नारामा मात्र सिमित छन्। अव यी सवलाई समेटेर वातावरण वनाउनु आवश्यक छ । वन्द कलकारखाना खुलाउनु र औद्योगिक वातावरण निर्माण गर्नु र स्वदेशमै जल, जमिन जडीवूटी जस्ता स्रोतको उपयोगवाट स्वदेशमै रोजगारी सिर्जना गरियोस्। दिर्घकालिन लक्ष्य र योजना वनाएर कार्यान्वयन गरियोस्। सम्भावनाको उत्खनन यतै गरियोस्।

त्यो पनि तत्काल सम्भव नभए स्पस्ट लक्ष्य तोकोस् राज्यले, ‘देश रेमिट्यान्सले चलाउने हो या युवाशक्तिले ? र विदेश पठाउँदा पनि दक्ष जनशक्ति पठाउने व्यवस्था होस् र त्यता सिकेको सिप यता उपयोग हुनसक्ने गरी पाठ्यक्रम परिवर्तन गरी हिब्रु ,अरवी,कोरियन भाषाको अनिवार्य कोर्ष राखियोस् ।

अन्यथा यो प्रश्न सम्पूर्ण शिक्षित जनशक्तिको हो यस्तै हुन्छ भने सरकार, जवाफ चाहियो जिवनका उर्वर समय खर्चेर पाएको उपयोगहिन मेरो सर्टिफिकेटको मुल्य कति हो ?

बिहि, बैशाख ९, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

स्मृतिमा प्रिय सखा शाेभा र रामकृष्ण

श्री श्वेत प्रा.बि. चाैकाेटबाट कखरा सिकेर श्रीखण्डपुर मा.बी. बाट S.L.C. पास गरेर छुटिएका हामी ३ जना साथीहरूलाई स्कुलकाे भेटघाट तथा बनभाेज कार्यक्रमले भेट्ने अवसर जुटाइदियाे। हरेक दिन पाैने १० बजे स्कुल जान म घरबाट निस्कन्थे। शाेभा मलाई प्रर्खेर बसेकि हुन्थिन्। म बाटाकाे गरामा पुग्दा उनी घरबाट झर्थिन्।...

पुनर्जिवन पाएकि शुशिलासँग पुनर्मिलन धुलिखेलमा!

कस्लाई के थहाँ मृत्युले कुन बेला कस्लाई कसरी अाक्रमण गर्छ भन्ने कुरा। हामी पाइलै पिच्छे मृत्यु बाेकेर हिडिरहेका छाै र हिडिरहने छाै। कुनै दिन मन मुटु साटेर एउटै बाटाे हिडेका यी साथीहरूलाई केही समय खर्चेर यीनै शब्दहरूकाे उपहार चढाएँ। बचेका फुर्सदका समयहरूमा अक्षरहरूसित खेल्न रमाउँछु। किताब...

हे भगवान ! अर्को जुनीमा अष्ट्रेलियाको कुकुर बनाइदेऊ

कसैलाई गाली गर्नु पर्यो भने हामी नेपालीहरू भन्ने गर्छौं ‘तँ त कुकुरजस्तो रहिछस्, काम नलाग्ने, खत्तम । कस्तो कुकुरजस्तो जीवन तेरो ? के बाँच्छस् ?’ लेखक- राजन घिमिरे कुकुर भनेपछि हेयको दृष्टिले हेर्ने, हेप्ने अनि घृणा गर्ने र खराब जनाबरको रूपमा लिने नेपालीहरू जब अष्ट्रेलिया आउँछन् तब कुकुरलाई हेर्न उनीहरूको सोच र दृष्टिमा नै परिवर्तन...