हाइकु

केही हाइकुहरु

-आशिष तामांग


१. चुलिदो ऋण

अपरिचित गोली

मृत शरीर !

२. खराब नेता

भन्न नमिल्ने कुरा

बिग्रदो देश !

३. बाह्र नेपाली

अफगानको घटना

स्वर्गको बाटो !

४. गरिब घर

एक छाकको चिन्ता

दु:खी जीवन !

५. पहिलो भेट

उनको सम्बोधन

नौलो संसार !

६. फितलो सिमा

देशको क्षेत्रफल ???

साघुरो नक्सा !

७. सिमा सुरक्षा

भासणमा सिमित

अतिक्रमण !

८. मेरो कलम

दबिएको आवाज

परिवर्तन !

९. झागीँदो माया

यो कस्तो बाध्यता ???

उसको चिनो !

१०. हिजोआज म

कृतिम प्रतिबिम्ब

सेल्फी दुनियाँ !

११. रात्री सडक

रहर ? कि बाध्यता ??

नेपाली चेली !

१२. महँगो शिक्षा 

साधारण जनता

खाडी मुलुक !

१३. कलेज शिक्षा 

कलिला हातहरु 

पैसाको बिटो !

बुध, असार २२, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

केही हाइकु

  १, मेरो हाइकु डाँडामाथिको घाम नवीन यात्रा २, देशको नासो हाम्रो तेल निगम डामेको साढे ३, अनेकौं घुर्की भागवण्डाको आस चुनविदौड ४, एजेन्डामात्रै कान चिरेका जोगी साथमा झोला ५ ,यो भन्दा अरू हाइकु सङ्ग्रहमा पाइन्छ अब। धन्यवाद ! ...

केही हाईकूहरू !

धुवाँ धुलो र काठमाण्डौ शहर पर्याय बाचि ! ~~ धुम्म आकाश मौसम पूर्बानुमान् परेन पानी ! ~~ समाज सेवा देखाउने दाँत भो कुरिस्कै चिन्ता ! ~~ हिउँद्का दिन घाम ताप्ने रहर सुन्तला बदाम् ! ~~ पानीको प्यास काकाकुल शहर मेलम्ची सपना ! ~~ पानीको फोका दुई दिने जिन्दगी दर्पन छायाँ ! ~~ हाम्रो सिमाना छ प्राण भन्दा प्यारो जङ्घे पिल्लर ! ~~ आँखै अगाडि चन्द्रागिरी पर्बत केवल कार ! ~~ बुद्धको देश चिल गिद्द कराए मरेको शान्ती !   ...

केही हाइकूहरु

१. मेरो जिन्दगी स्वाद जिब्रोको चिनी बिनाको चिया     २.पालोको पैंचो आँउछ एक दिन गोलो संसार   ३.मनको कुरा हँसिलो अनुहार अदृश्य दु:ख   ४.दयालु भाव इमान्दार नेपाली एक्कल काटे   ५.राम्रो नेपाल स्वभिमानी नेपाली स्वर्ग धर्तीको   ६.जुनेली रात चम्किलो अनुहार एक्लै मायालु   ...

केही हाइकुहरु

१ .  नेपाली नेता      महिपातको लाखे      को चाहि ठिक ? २ .  सिर्फ बाध्यता      पिएर बाँच्न थाले      चाहना सिता ! ३ .  पोख्न चाहन्छु     अटल स्वाभिमान     प्रत्यक घुम्ती ! ४ .  छरपस्ट छ      दुखको किनारा      मेरो पाइला ! ५ .  सिता चाहेर      परिक्षा लिने राम      अग्नि परिक्षा ! ६ . ...