कृषि

यस वर्ष अहिलेसम्म देशभर सात लाख ५३ हजार हेक्टर जमिनमा धान रोपाइँ


_dhanकाठमाडौं । यस वर्ष अहिलेसम्म देशभर सात लाख ५३ हजार हेक्टर जमिनमा धान रोपाइँ भएको छ । कृषि विकास मन्त्रालयका अनुसार अहिलेसम्म उच्च पहाडमा ३५ हजार हेक्टर, दुई लाख ३३ हजार हेक्टर र तराईमा चार लाख ८५ हजार हेक्टर जमिनमा रोपाइँ सकिएको छ ।

देशभर करीब १४ लाख २५ हजार हेक्टर जमिन धानखेतीका लागि योग्य मानिएको छ । त्यसमा उच्च पहाडी भेगमा ५८ हजार ४ सय ३८ हेक्टर, मध्य पहाडमा तीन लाख ८२ हजार र  तराईमा नौ लाख ८४ हजार हेक्टर जमिन धान रोप्नका लागि राम्रो मानिएको छ ।

पूर्वी क्षेत्रका झापा, मोरङ तथा सुदूर पश्चिमाञ्चल क्षेत्रको कैलाली, कञ्चनपुरमा थोरै क्षेत्रफलमा धेरै धान उत्पादन हुने गर्दछ । मन्त्रालयका सहप्रवक्ता शङ्कर सापकोटाका अनुसार अघिल्लो आवमा ४२ प्रतिशत मात्र रोपाइँ भएकामा चालु आवमा करीब ५३ प्रतिशत धानखेती सम्पन्न भइसकेको छ । पहाडी तथा उच्च पहाडी भेगका केही स्थानमा भने अझै रोपाइँ सकिएको छैन ।
अघिल्लो आवमा ४७ लाख मेट्रिक टन चामल उत्पादन भएको थियो । चालु आवमा धानको उत्पादन बढेर ५० लाख मेट्रिक टनसम्म पुग्ने अनुमान गरिएको छ । रासस

बिहि, साउन ६, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

प्रधानमन्त्री केपी शर्मा ओलीले किसान नेताका बारीमा ठूला घोगा मकै फल्नुपर्ने बताएका

असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसान नेताका बारीमा ठूला घोगा मकै फल्नुपर्ने र ठूलै टमाटर फल्नुपर्ने बताएका छन् । आफू हलो जोतेर यहाँसम्म आएको हुनाले किसानका समस्याबारे राम्रैसँग जानकार रहेको प्रधानमन्त्री ओलीको दाबी छ । ‘यहाँहरुलाई थाहा छ, म आफैं हलो जोतेर, कोदालो खनेर,...

काभ्रेमा आलुको नयाँ पुस्तका बीउ उत्पादन

चैत ११, काभ्रे : पाँचखालस्थित मसला बाली विकास केन्द्रले विभिन्न जातका आलुको बीउ उत्पादन गरिरहेको छ।   वर्षौंदेखि एउटै जात पुस्तान्तरण गरी आलुखेती गर्दा कम उत्पादन हुने भएपछि नयाँ पुस्ताका बीउ उत्पादन गरिएको केन्द्र प्रमुख युवराज पाण्डेले बताए।   उनले केन्द्रमा आलुको पूर्वमूलबीउ र मूल बीउ उत्पादन गरिरहेको जानकारी दिए।  आलुको...

सातै प्रदेशमा कृषि अनुसन्धान निर्देशनालय स्थापना हुने

भदौ, पोखरा । अब सातै प्रदेशमा कृषि अनुसन्धान निर्देशनालय स्थापना हुने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गत सातै प्रदेशमा निर्देशनालय खोल्ने र प्रत्येक प्रदेशमा हावापानी, वातावरण र माटो सुहाउँदो फरक–फरक अनुसन्धान गरिने भएको हो । नार्कको कार्य प्रणालीलाईसमेत परिवर्तन गर्दै संगठनात्मक पुनर्संरचना गर्न...

बोझो एक परिचय

यो घाटि बसेको निको पार्न, भोक जगाउन र पिनासको उपचार गर्न प्रयोग गरिने सामान्य जडिबुटी हो| यदाकदा यो खानेकुरामा मसलाको रूपमा पनि प्रयोग हुन्छ| जापानी समाजमा यसलाई बीरताको प्रतीकको रूपमा पनि लिइन्छ ( पातको रूप समुराई तरवारको आकारको हुना ले)| यसको स्वाद अलि परपराउने ,...

तिलौराकोट त्यो ऐतिहासिक ठाउँ हो, जहाँ राजा शुद्धोधनले सुनको हलोले खेत जोतेर धान रोप्ने प्रचलन

असार, काठमाडौं । हरेक वर्षजस्तै यस वर्ष पनि १५ असारमा राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव विभिन्न कार्यक्रम गरी मनाइँदैछ । धान दिवसको अवसरमा कृषिमन्त्री चक्रपाणि खनाल (बलदेव) ले हिलो खेतमा पसेर रोपाइँ गर्नेछन् ।   विगतमा पनि असार १५ मा कृषि मन्त्रीले खेतमा हिलो खेल्दै रोपाइमा...

ऐंसेलुबाट ७० लाख आम्दानी

वसन्तपुर (तेह्रथुम) — जंगलमा पाइने काँडादार वनस्पतिको फल ऐंसेलु बेचेर स्थानीयले एक महिनाको अवधिमा ७० लाख रुपैयाँभन्दा बढी रकम आम्दानी गरेका छन् । जंगलमा टिपेको ऐंसेलु संखुवासभाको टुटेमा खुलेको मकालु वाइन इन्डस्ट्रिजलाई बिक्री गरेर गाउँलेले यति कमाइ गरेका हुन् । पेय पदार्थ ‘वाइन’ बनाउन प्रयोग हुने कच्चा पदार्थ...