कृषि

कृषकलाई पेन्सन दिन यसैवर्ष थाल्छुः कृषिमन्त्री चौधरी


काठमाडौं । कृषि विकास मन्त्री गौरीशंकर चौधरीले चालु आर्थिक वर्षबाटै किसानहरुलाई पेन्सन दिन सुरु गर्ने बताएको छन् । राष्ट्रिय कृषक समूह महासंघले बिहीवार काठमाडौमा गरेको आफ्नो स्वागत कार्यक्रममा कृषि विकास मन्त्री चौधरीले किसानहरुलाई नमुनाको रुपमा चालु आर्थिक वर्षबाटै पेन्सन दिइने बताए ।

किसानहरुलाई पेन्सन दिनका लागि बजेटको व्यवस्था भने गरिएको छैन । अघिल्लो सरकारका कृषि विकास मन्त्री हरिबोल गजुरेलले कृषकहरुलाई पेन्सन दिने कार्यक्रमका लागि निकै लबिङ गरेपनि प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अस्वीकार गरेका थिए ।

किसानलाई पेन्सन दिने कार्यक्रमको सट्टा आफ्नो जानकारी विना प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि बजेट छुट्याइएपछि गजुरेलले सार्वजनिक रुपमै बजेटको आलोचना गरेका थिए ।

गजुरेलकै पार्टीबाट कृषि विकास मन्त्रालयको जिम्मेवारी पाएका चौधरीले अलग्गै बजेटको व्यवस्था नभएपनि आफूले नमुनाका रुपमा किसानलाई पेन्सन दिने कार्यक्रम अगाडि बढाउन निर्देशन दिइसकेको बताए ।

उनले शिक्षा र स्वास्थ्यका कार्यक्रमजस्तै किसानलाई पेन्सन दिने कार्यक्रम चालु आर्थिक वर्ष नै कुनै एक/दुई जिल्लाबाट सुरु गरिने बताए ।

कृषि विकास मन्त्री चौधरीले पेन्सनको रकम कुन शिर्षकबाट व्यहोर्ने भन्ने बारेमा भने स्पष्ट पारेनन् । कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघले कृषि विकास मन्त्री चौधरीलाई १८ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्रमा किसानलाई वर्गिकरण गरेर पेन्सन दिइनुपर्ने, पशु र बाली बीमा नीतिलाई किसानमैत्री बनाएर कार्यान्वयन गरिनुपर्ने, सामूहिक जमानीमा महिला किसानलाई ऋण दिने व्यवस्था गरिनुपर्ने लगायतका माग गरिएका छन् ।

बिहि, भदौ २, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

प्रधानमन्त्री केपी शर्मा ओलीले किसान नेताका बारीमा ठूला घोगा मकै फल्नुपर्ने बताएका

असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसान नेताका बारीमा ठूला घोगा मकै फल्नुपर्ने र ठूलै टमाटर फल्नुपर्ने बताएका छन् । आफू हलो जोतेर यहाँसम्म आएको हुनाले किसानका समस्याबारे राम्रैसँग जानकार रहेको प्रधानमन्त्री ओलीको दाबी छ । ‘यहाँहरुलाई थाहा छ, म आफैं हलो जोतेर, कोदालो खनेर,...

काभ्रेमा आलुको नयाँ पुस्तका बीउ उत्पादन

चैत ११, काभ्रे : पाँचखालस्थित मसला बाली विकास केन्द्रले विभिन्न जातका आलुको बीउ उत्पादन गरिरहेको छ।   वर्षौंदेखि एउटै जात पुस्तान्तरण गरी आलुखेती गर्दा कम उत्पादन हुने भएपछि नयाँ पुस्ताका बीउ उत्पादन गरिएको केन्द्र प्रमुख युवराज पाण्डेले बताए।   उनले केन्द्रमा आलुको पूर्वमूलबीउ र मूल बीउ उत्पादन गरिरहेको जानकारी दिए।  आलुको...

सातै प्रदेशमा कृषि अनुसन्धान निर्देशनालय स्थापना हुने

भदौ, पोखरा । अब सातै प्रदेशमा कृषि अनुसन्धान निर्देशनालय स्थापना हुने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गत सातै प्रदेशमा निर्देशनालय खोल्ने र प्रत्येक प्रदेशमा हावापानी, वातावरण र माटो सुहाउँदो फरक–फरक अनुसन्धान गरिने भएको हो । नार्कको कार्य प्रणालीलाईसमेत परिवर्तन गर्दै संगठनात्मक पुनर्संरचना गर्न...

बोझो एक परिचय

यो घाटि बसेको निको पार्न, भोक जगाउन र पिनासको उपचार गर्न प्रयोग गरिने सामान्य जडिबुटी हो| यदाकदा यो खानेकुरामा मसलाको रूपमा पनि प्रयोग हुन्छ| जापानी समाजमा यसलाई बीरताको प्रतीकको रूपमा पनि लिइन्छ ( पातको रूप समुराई तरवारको आकारको हुना ले)| यसको स्वाद अलि परपराउने ,...

तिलौराकोट त्यो ऐतिहासिक ठाउँ हो, जहाँ राजा शुद्धोधनले सुनको हलोले खेत जोतेर धान रोप्ने प्रचलन

असार, काठमाडौं । हरेक वर्षजस्तै यस वर्ष पनि १५ असारमा राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव विभिन्न कार्यक्रम गरी मनाइँदैछ । धान दिवसको अवसरमा कृषिमन्त्री चक्रपाणि खनाल (बलदेव) ले हिलो खेतमा पसेर रोपाइँ गर्नेछन् ।   विगतमा पनि असार १५ मा कृषि मन्त्रीले खेतमा हिलो खेल्दै रोपाइमा...

ऐंसेलुबाट ७० लाख आम्दानी

वसन्तपुर (तेह्रथुम) — जंगलमा पाइने काँडादार वनस्पतिको फल ऐंसेलु बेचेर स्थानीयले एक महिनाको अवधिमा ७० लाख रुपैयाँभन्दा बढी रकम आम्दानी गरेका छन् । जंगलमा टिपेको ऐंसेलु संखुवासभाको टुटेमा खुलेको मकालु वाइन इन्डस्ट्रिजलाई बिक्री गरेर गाउँलेले यति कमाइ गरेका हुन् । पेय पदार्थ ‘वाइन’ बनाउन प्रयोग हुने कच्चा पदार्थ...