हाइकु

केही हाइकूहरु

-अरुण तामांग


१. मेरो जिन्दगी

स्वाद जिब्रोको

चिनी बिनाको चिया

 

 

२.पालोको पैंचो

आँउछ एक दिन

गोलो संसार

 

३.मनको कुरा

हँसिलो अनुहार

अदृश्य दु:ख

 

४.दयालु भाव

इमान्दार नेपाली

एक्कल काटे

 

५.राम्रो नेपाल

स्वभिमानी नेपाली

स्वर्ग धर्तीको

 

६.जुनेली रात

चम्किलो अनुहार

एक्लै मायालु

 

सोम, अशोज ३, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

लक डाउनका हाइकुहरु

हाइकुहरु १ ) बाटो हगुवा जाे चाेर ठुलो स्वर मार्गदर्शक ! २ ) सिन्काे भाँचेन बिबाद उत्कर्षमा निधार हात ! ३ ) कर्मकाे माया कसलाई लाग्दैन रिक्तिदै जाँदा ! ४ ) हाेशियार है उत्पीडन च्याम्बर फुट्ला जस्तो छ ! ५ ) लजाउ चाँडो सिमानामा पर्खाल नत्र गुम्ला है ! ६) बढी मुल्य लु सहजिकरण माक्स ब्यापार ! ७) अनुगमन कानुन बमोजिम कार्यान्वयन ! ८) स्पष्ट विचार लाेकतान्त्रिक राष्ट्र छिमेकी...

ल र ख का दुई दुईवटा हाइकुहरु

दुई ‘ल’ हाइकु – ************ लर्तराे छैन केही न केही गर्छु जिउँदै छु म । लुकेर खाऊ सकेसम्म फुटाऊ लकडाउन । दुई ‘ख’ हाइकु – ************* खहरे भेल समुद्रमा मिल्दैछ सुनाैलाे साख । खैला र बैला बेमाैसमी नाटक पैसा र पद । ...

तारा के सी का दुई हाइकुहरु

मधुर स्वर गुन्जियाे लाै काेठामा प्रशन्न धुन ! के छ खबर भेटघाट नी छैन साेधनी मेराे ।। ...

केही हाइकु

  १, मेरो हाइकु डाँडामाथिको घाम नवीन यात्रा २, देशको नासो हाम्रो तेल निगम डामेको साढे ३, अनेकौं घुर्की भागवण्डाको आस चुनविदौड ४, एजेन्डामात्रै कान चिरेका जोगी साथमा झोला ५ ,यो भन्दा अरू हाइकु सङ्ग्रहमा पाइन्छ अब। धन्यवाद ! ...

केही हाईकूहरू !

धुवाँ धुलो र काठमाण्डौ शहर पर्याय बाचि ! ~~ धुम्म आकाश मौसम पूर्बानुमान् परेन पानी ! ~~ समाज सेवा देखाउने दाँत भो कुरिस्कै चिन्ता ! ~~ हिउँद्का दिन घाम ताप्ने रहर सुन्तला बदाम् ! ~~ पानीको प्यास काकाकुल शहर मेलम्ची सपना ! ~~ पानीको फोका दुई दिने जिन्दगी दर्पन छायाँ ! ~~ हाम्रो सिमाना छ प्राण भन्दा प्यारो जङ्घे पिल्लर ! ~~ आँखै अगाडि चन्द्रागिरी पर्बत केवल कार ! ~~ बुद्धको देश चिल गिद्द कराए मरेको शान्ती !   ...

केही हाइकुहरु

१. चुलिदो ऋण अपरिचित गोली मृत शरीर ! २. खराब नेता भन्न नमिल्ने कुरा बिग्रदो देश ! ३. बाह्र नेपाली अफगानको घटना स्वर्गको बाटो ! ४. गरिब घर एक छाकको चिन्ता दु:खी जीवन ! ५. पहिलो भेट उनको सम्बोधन नौलो संसार ! ६. फितलो सिमा देशको क्षेत्रफल ??? साघुरो नक्सा ! ७. सिमा सुरक्षा भासणमा सिमित अतिक्रमण ! ८. मेरो कलम दबिएको आवाज परिवर्तन ! ९. झागीँदो माया यो कस्तो...