कृषि

हिलेका कृषकले तरकारीबाटै कराेडाै कमाउन थालेपछि विदेशिएका युवाहरु घर फर्किए


पैसा कमाउनका लागि विदेश नै ताक्ने प्रवृति बिस्तारै कम हुन थालेकाे छ । विदेश गएका नेपालीहरु नै फर्केर स्वदेशमै विभिन्न पेशा अंगाल्न थालेपछि गर्न सके अाफ्नै देशमा धेरै कुरा गर्न सकिन्छ भन्ने युवाहरु बुझ्न थालेका हुन् ।

 

यसैबीच सुर्खेतकाे धारापानी हिलेका कृषकले तरकारी खेतीबाट मनग्गे कमाइ गरेका छन् । परम्परागत कृषि प्रणालीबाट जीवन धान्न धौधौ भएपछि हिजोआज स्थानीय कृषक व्यावसायीक तरकारी खेतीप्रति आकर्षित हुन थालेका छन् । हाल सो क्षेत्रका कृषकका लागि तरकारी खेती आय आर्जनको विकल्प बनेको छ ।

 

परम्परागत तरकारी खेती थालेका उनीहरुले दैनिक जीवनयापन गर्न मिल्ने खर्च आर्जन गरिरहेका छन् । सो क्षेत्रका कृषकहरु बेमौसमी तरकारीबाट कमाई राम्रोे भएको बताएका छन् । हिले–५ का अधिकांश युवा भारततिर कमाउन गर्थे तर आजभोली स्थानीय स्तरमै तरकारी खेतीगर्ने गरेका छन् ।

 

केही वर्षअघि युएसआडी नेपाल सिप्रेडले बिऊ बिज वितरण गरेपछि कृषकहरुमा तरकारी खेतीमा रुची जागेको कृषक गोपाल खडकले बताए । तरकारी उत्पादन गरेपनि मूल्य नपाएकोमा भने कृषक चिन्तित छन् । तरकारी खेतीमा लाग्ने रोगबारे जानकारी नहुँदा समस्या भएको कृषकहरुले बताउने गरेका छन् । कृषकहरुले वार्षिक एक जनाले पाँच लाखसम्म आम्दानी गर्दै आएका छन् ।

 

धारापानी ५ की कृषक रती ओलीले तरकारीबाट आफूले वर्षमा १ लाखसम्म आम्दानी गर्दै आएको बताएकी छन् । ओलीले स्थानीय बोटेचौर बजारमा तरकारी तरकारी बेच्दै आएको बताइन् । आफूहरुले उत्पादन गरेको तरकारीले २० देखि २५ रुपैयाँमा बेच्नु परेको ओलीले गरेको भनाई छ ।

 

कृषकहरुले लगाएको काउली बन्दा, टमाटरमा रोग लाग्छ । तालिम पाएको भए कुन रोग लाग्यो भनेर थाहा पाउथ्यौ । तालिम पाएका छैनौ । वर्ष भरीको मिहनेत मात्र खेर जाने होकी भन्ने चिन्ताले सताउने गरेको किसानहरुको भनाइ छ ।

 

हिलेका मोहवीर ओली वर्षमा ६० हजार कमाउथे भने यो वर्ष चिन्तित भएका छन । काउलीका पातमा पहेलो रोग लागेपछि । उनले आफूले ५ देखि ६ क्वीन्टलसम्म काउली उत्पादन हुने भएपनि रोगका कारण समस्या भएको बताए । मोहवीरले बन्दा, गोलभेडा, करेला आलु, सुन्तला, कागती फर्र्सी, सिमी, चना, केराउबाट पनि आम्दानी गर्दै आएको बताए ।

 

त्यस्तै हिले–५ की डिलसरी ओलीले पनि तरकारीबाटै जीवन गुजरा चलाउँदै आएकी छन् । उने अघिल्लो वर्ष डिलसरीले एक किलोसम्मको आलु फालाएर चर्चा आएकी थिएइन । उनले एक वर्षमा १० क्वीन्टलको आलु फलाउछन् । डिलसराको तरकारीबाट आम्दानी देखेर श्रीमान् विदेशबाट घर फर्केका छन् ।

शुक्र, कार्तिक १२, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

प्रधानमन्त्री केपी शर्मा ओलीले किसान नेताका बारीमा ठूला घोगा मकै फल्नुपर्ने बताएका

असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसान नेताका बारीमा ठूला घोगा मकै फल्नुपर्ने र ठूलै टमाटर फल्नुपर्ने बताएका छन् । आफू हलो जोतेर यहाँसम्म आएको हुनाले किसानका समस्याबारे राम्रैसँग जानकार रहेको प्रधानमन्त्री ओलीको दाबी छ । ‘यहाँहरुलाई थाहा छ, म आफैं हलो जोतेर, कोदालो खनेर,...

काभ्रेमा आलुको नयाँ पुस्तका बीउ उत्पादन

चैत ११, काभ्रे : पाँचखालस्थित मसला बाली विकास केन्द्रले विभिन्न जातका आलुको बीउ उत्पादन गरिरहेको छ।   वर्षौंदेखि एउटै जात पुस्तान्तरण गरी आलुखेती गर्दा कम उत्पादन हुने भएपछि नयाँ पुस्ताका बीउ उत्पादन गरिएको केन्द्र प्रमुख युवराज पाण्डेले बताए।   उनले केन्द्रमा आलुको पूर्वमूलबीउ र मूल बीउ उत्पादन गरिरहेको जानकारी दिए।  आलुको...

सातै प्रदेशमा कृषि अनुसन्धान निर्देशनालय स्थापना हुने

भदौ, पोखरा । अब सातै प्रदेशमा कृषि अनुसन्धान निर्देशनालय स्थापना हुने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गत सातै प्रदेशमा निर्देशनालय खोल्ने र प्रत्येक प्रदेशमा हावापानी, वातावरण र माटो सुहाउँदो फरक–फरक अनुसन्धान गरिने भएको हो । नार्कको कार्य प्रणालीलाईसमेत परिवर्तन गर्दै संगठनात्मक पुनर्संरचना गर्न...

बोझो एक परिचय

यो घाटि बसेको निको पार्न, भोक जगाउन र पिनासको उपचार गर्न प्रयोग गरिने सामान्य जडिबुटी हो| यदाकदा यो खानेकुरामा मसलाको रूपमा पनि प्रयोग हुन्छ| जापानी समाजमा यसलाई बीरताको प्रतीकको रूपमा पनि लिइन्छ ( पातको रूप समुराई तरवारको आकारको हुना ले)| यसको स्वाद अलि परपराउने ,...

तिलौराकोट त्यो ऐतिहासिक ठाउँ हो, जहाँ राजा शुद्धोधनले सुनको हलोले खेत जोतेर धान रोप्ने प्रचलन

असार, काठमाडौं । हरेक वर्षजस्तै यस वर्ष पनि १५ असारमा राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव विभिन्न कार्यक्रम गरी मनाइँदैछ । धान दिवसको अवसरमा कृषिमन्त्री चक्रपाणि खनाल (बलदेव) ले हिलो खेतमा पसेर रोपाइँ गर्नेछन् ।   विगतमा पनि असार १५ मा कृषि मन्त्रीले खेतमा हिलो खेल्दै रोपाइमा...

ऐंसेलुबाट ७० लाख आम्दानी

वसन्तपुर (तेह्रथुम) — जंगलमा पाइने काँडादार वनस्पतिको फल ऐंसेलु बेचेर स्थानीयले एक महिनाको अवधिमा ७० लाख रुपैयाँभन्दा बढी रकम आम्दानी गरेका छन् । जंगलमा टिपेको ऐंसेलु संखुवासभाको टुटेमा खुलेको मकालु वाइन इन्डस्ट्रिजलाई बिक्री गरेर गाउँलेले यति कमाइ गरेका हुन् । पेय पदार्थ ‘वाइन’ बनाउन प्रयोग हुने कच्चा पदार्थ...