कथा

पलायन -कथा

-लेखकः दामोदर ढकाल “दीपक”


damodar“हैन ऊ पलायन भएकै हो त ?” मेडमले अंशुबर्मालाई सोधीन

“हो” मेडम, तपाईको उक्साहट र मेरो कुटनितिको अगाडि उ टिक्न सकेन ।” अंशुबर्माले जवाफ दियो
“के गर्दै छ हिजो आज ऊ ?” पुन जिज्ञासा राखिन मेडमले
“कोही खेती गर्दैछ भन्छन, कोही सुनौली र भैरवाहमा सामान ओसार पसार गर्छ भन्छन ।” अंशुर्माले जवाफ दियो ।
“टेलिफोन, फेसबुकमा पनि भेटीदैन ?” सोधी मेडमले
भेटीदैन मेडम, पलान भइसक्यो ऊ ।” अंशुवर्माले जवाफ दियो
ऊ हरायो कहाँ गयो गयो । अंशुबर्मा र मेडमहरु खुसी भए । ऊ हराएको खबर सुनाउँदै हिड्थे एकदिनको कुरा हो अंशुबर्माले उसलाई भेट्यो सुन्धारामा । ऊ हास्दै कोहीसँग गफ गरिरहेको थियो । अंशुबर्मा उसको नजिक गयो र बोल्यो, “कहा जानु भएको थियो तपाई, तपाईलाई मैले कम्ता खोजिन ।”
“हो र धन्यवाद हजुर कहाँ जानु एतै त छु, मात्र फेसबुक र टेलिफोनबाट टाढा भएको ।”
“अनि के काम गर्दै हुनुहुन्छ?” अंशुबर्माले जिज्ञासा राख्यो
“के काम गर्नु” त्यही पहिलाकै त हो ।” उसले जवाफ दियो । पहिलाकै भन्ने शब्दले अंशुबर्माको अनुहार चुक घोप्ट्याएको जस्तो भयो र फेरि बोल्यो अंशुबर्मा “कत्तिको फाइदा छ तपाईको काममा ? ”
“घाटा छ ।” उसले जवाफ दियो
“किन नछाड्नु भएको घाटा हुँदा पनि?” अंशुबर्माले प्रश्न ग¥यो ।
“बृद्ध बाऊ विरामी हुनुभयो भने औषधी उपचार गर्नु पर्छ । स्याहार सुसार गर्नुपर्छ तर बुवालाई त्याग्न सकिदैन । अब मेरो पेसा मेरो बाऊ हो । प्रेमीका हैन एउटीलाई छाडेर अर्कीलाई अंगाल्ने । ” उसले जवाफ दियो ।
“तपाईसँग कुरा गरेर सकिदैन, पछि भेटौंला ।” अंशुबर्मा ऊ सँग छुट्टीएर मेडमकोमा गयो ।
“मेडम उसलाई मैले भेटें ।” हतारिएर अंशुबर्मा बोल्यो ।
“हो र के गर्दै छ रे ?” मेडमले सोधीन
“पैलाकै काम ।” जवाफ दियो अंशुबर्माले
“अंशु तिम्रो कुटनिती र मेरो उक्साहटले पनि ऊ तह लागेन खै ! त्यो सोझो पात्र र त्यसकी रखैललाई फोन लगाऊ त ।”

अंशुबर्माले सोझो पात्र र उसकी रखैललाई पालै पालो फोन ग¥यो । आफू र मेडम सँगै भएको जानकारी गरायो । तथानाम गाली गरेर फेसबुकको भित्ताभरि उसको विरुद्धमा लेख्न भन्यो । र मेडमलाई फोन दियो । मेडमले पनि अंशुबर्माले झै भनिन, सोझो पात्रले हुन्छ भन्यो ।

करिब आधा घण्टापछि फेसबुकभरि ऊ विरुद्ध प्रचारबाजी गरिए । अंशुबर्मा र मेडमको खुसीको सिमा भएन । अंशुबर्माले फोन ग¥यो । ऊसले फोन उठाएन अरुलाई फोन गर्न भनियो । कसैले गरेको फोन उसले उठाएन । उसले हे¥यो कि हेरेन भनेर फेसबुकमा हेर्थे ऊ अनलाइन नै आएन । दिन भरि उनीहरु सँगै बसे । तर उसले कसैको फोन उठायो । न अनलाइन नै आयो ।

बेलुका अंशुबर्मा मेडमसँग विदाभएर उसको कार्यालयमा गयो । ऊ आफ्नै धुनले काम गरिरहेको थियो । जब उसले अंशुबर्मालाई देख्यो । बस्ने इसारा गरियो । अंशुबर्मा सोफामा बस्यो र बोल्यो, “सर तपाईले थाहा पाउनु भयो तपाईको विरुद्ध फेसबुकमा…………।”
“थाहा पाएँ ।” ऊसले जवाफ दियो ।
“किन केही प्रतिकृया नदिनु भएको ?” अंशुबर्माले जिज्ञासा राख्यो ।

“तपाईसँग सुन्धारमा भेट भयो । तपाई त्यहाबाट मेडमकोमा जानु भयो । मेडम र तपाईले सोझो पात्र र त्यसकी रखैललाई फोन गर्नु भयो । सोझो पात्रले स्टाटस लेख्यो । उसकी रखेलले सुरुमा कमेन्ट गरि अहिलेसम्म गरिरहेका छन् । तपाईले फोन गरेर मलाई फोन गर्न फलाना फलानालाई अह्राउनु भयो । मैले कसैको फोन उठाइन हो की हैन?”

“कहा हुनु सर त्यस्तो, म त सँधै हजुरको मान्छे हो ।” अंशुबर्माले बोल्यो ।
भित्रबाट आवाज आयो, “सर, मेडमले गनेशलाई कमेन्ट लेख्न फोनमा भन्दैछे । मेडमको र गनेशको टेलिफोन संवाद सुनियो ।

अंशुबर्मा छटपटायो र बोल्यो, “यो कसरी सुनिन्छ ?”

मेडमको र गनेशको संवाद सकिन साथ एउटा मान्छे अर्को कोठाबाट निस्कियो र बोल्यो, “अंशुबर्मा भनेको तपाईं हो ?”

“हो ।” अंशुबर्माले जवाफ दियो ।

“तपाई अध्यक्ष हुनुहुँदो रहेछ, पैसा राम्रै उठाउनु भएको रहेछ ।”

“ठिकै” अंशुबर्माले जवाफ दियो ।
“लगभग ९ हजार उठाएर युनिटीले सर्वसाधरणलाई ठग्यो । तपाईले २० हजार उठाएर कतिलाई ठग्ने विचार गर्दै हुनुहुन्छ ?” प्रश्न सोध्यो उक्त मान्छेले ।

“ठग्ने हैन, नाम, दाम र सम्मान तीनवटा कुरा दिनेछु २० हजार खर्च गर्नेलाई । ” अंशुबर्मा बोल्यो ।

“अँ साँच्ची गाऊँमा पहिले एउटा चाइनिज सामान खुब बेच्नु भयो हगी ?”

“कसरी थाहा पाउनु भयो ?” अंशुबर्माले बोल्यो

“गाऊँले त्यो सामान कमसल र चाडै विग्रिएपछि तपाईलाई के नाम दिए ।”

“ठगार (ठग)” अंशुबर्माले बोल्यो ।
“हेर्नुस अंशुबर्मा, तपाईको लगानी गर्ने जुन क्षेत्र चुन्नु भएको छ नी त्यो क्षेत्र अनुत्पादक क्षेत्र हो । यो क्षेत्रमा सबै चम्किन सक्दैनन, एक दुई मात्र चम्किन्छन बाँकी सबै दौड प्रतियोगिताका प्रतियोगी मात्र हुन् । तर विचरा विदेशमा गएर श्रम बेच्नेहरुको २० हजार नखाइ दिनुस् । उनीहरुका स्वास्नी छोराछोरीको श्राम लाग्नेछ तपाईलाई । आवेगको निर्णयले भविष्यमा पछुताउनु सिवाय अर्को कुनै गञ्जाएस छैन । म पुलीस प्रशासनको मान्छे हुँ । तपाईका सम्पूर्ण सदस्यको बायोडाटा छ मसँग । वहाँको निवेदनले संस्कास्पद टेलीफोन, फेसबुक म्यासेज र सुरक्षाको निम्ति हामी खटेका छौं । युवा हुनुहुन्छ यो ठग्ने अर्कालाई बदनाम गर्ने अरुलाई उक्साउने काम नगर्नुस् ।”

त्यतिबेलै मेडमको फोन अंशुबर्मालाई आयो । अंशुबर्माले फोन उठाएन ।

“उठाउनुस, जुन दुलोमा गएर उठाए पनि सुनिन्छ अंशुबर्माजी ।” उक्त व्यक्तिले बोल्यो लगातार तीन पटक फोन आयो । अहं अंशुबर्माले फोन उठाएन लगतै म्यासेज आयो, “अंशुबर्मा किन फोन नउठाको उसको फलानोथोक मोल्दिन थालिसकी क्या हो ?” म्यासेज हेरेर ऊ हास्यो र बोल्यो, “अंशुबर्मा कस्ती छुद्र आईमाईलाई आदर्श मान्दैछौ । आज मलाई जुन बदनाम गराउँदै छौं । भोली त्यसको सयौं गुणा बढी बदनाम तिम्रो हुनसक्छ । अर्काको खेदो खन्ने काम छाडी देऊ । मेरो उमेर गयो । सरकारी जागीर खान पाउँदिन, तिमीहरु पढ, मेहेनत गर, अबसरै अबसर छ तिमीहरुमा किन यो अरुको उक्साहटमा लाग्छौ ।”

फेरि मेडमको एस एम एस आयो, “नालीको किरा नाली मै रमाऊँछ, उहीसँग रमा ।” अंशुबर्माले म्यासेज पढ्यो ।

त्यहाँ केहीबेर सन्नाटा छायो । र पुलिसको संचार उपकरणमा अर्का एस एम एस देखियो, “उसलाई मारेर फालिदिनु पर्छ ।” उक्त कमेन्टलाई तत्काल सोझो पात्र रखेल, मेडम लगाएत २७ जनाले लाइक ठोके । अशुंबर्माले त्यो पनि हे¥यो ।

“ल सर नआत्तिनु होला म हिडें । भोली विहान सबै देखाउँला” उक्त पुलिस हिड्न लाग्यो ।
अध्यक्षज्यू विदा भएँ । दिमागलाई ठग्ने भन्दा श्रम गर्ने बनउनुस ।” अंशुबर्मासँग विदा भएर हिड्यो प्रहरी
ऊ आफ्नै धुनमा काम गरिरहेको थियो । अंशुबर्मा सोफामा बसेर खै के सोच्दै थियो । करिब १५ मिनेट पछि अंशुबर्मा ऊ माथि एक्कासी झम्टियो, “तलाई नमारी मेरो योजना सफल हुँदैन ।” टाउकमो कुट्न लाग्यो पल्लोकोठाबाट २ जना सुरक्षाकर्मी आएर अंशुबर्मालाई समाते ।
“ऊ एक्लै छैन तिमीहरुको पुरै संस्था एउटाको विरुद्धमा लागेदेखि हामी तिमीहरुको निगरानीमा छौं । तैले गल्ति गरि सकिस हिंड अब खोरमा । ” सुरक्षाकर्मीले बोल्यो ।

“हैन, ऊ खोरमा जाँदैन, ऊ अब घर जान्छ म मर्नु मेरो बेइज्जत हुनु ठूलो कुरा हैन, युवाहरु बाच्नु पर्छ र देशका लागि केही गर्नु पर्छ अबस्य अंशुबर्माको दिमागबाट ठग्न धन्दा रोकिनेछ । युवालाई मिठा सपना देखाएर लुट्ने धन्दा बन्द गर्नेछ । यो युवा मन मस्तिष्कलाई सकरात्मकता तिर लाने छ । उसले २, ४ पटक ठगी ग¥यो सफल भयो । अब ऊ सफल नी हुँदैन ती कार्यमा सबैले ऊ तिर आँखा सोझ्याइ सकेका छन् । तसर्थ उसलाई ससम्मान ऊ बस्ने ठाउँमा पु¥याई दिनुस् । म विरुद्ध को को कसरी लागेका छन् । त्यो पत्ता लागिसक्यो । अब मलाई सुरक्षाको पनि आवश्यकता छैन । उसलाई कानुनी झंझट तिर नलग्नुस ।” सुरक्षाकमीहरुले उसलाई उसको बासस्थानतिर ट्याक्सिमा लिएर गए । विहानै एउटा पत्रिकाले समाचार निकाल्यो । युनिटी जस्तै ठगी गर्ने अर्को संस्था जन्मियो । सुरुमा २० हजार तिर्नुपर्ने…..। विभिन्न फेसबुकका वालहरु रंगिए यो समाचारले । तब जिल्ला प्रशासन, गृह मन्त्रालय र सुरक्षा अंगहरु सक्रिय भए । पैसा बुझाएकाहरुले फिर्ता लिए नबुझाएकाले बुझाएनन् । घटना साम्य हुँदै गयो ।

अंशुबर्माले पनि यो कुरा बुझ्यो । लगभग निस्किृय भएर बस्यो । मेडम पनि अंशुबर्मासँग रिसाइ सकेकी थिई । सोझो पात्र इण्डिया तिर भासियो । रखेल केटी ब्वाईफ्रेण्ड फेर्नमै व्यस्त थिई । एक दिन अंशुबर्मालाई उसको धेरै याद आयो । ऊ विहानै उसलाई भेट्न गयो । कार्यलयको भित्तमा टासिँएको थियो
“मैले जति गरें मेरो लागि हैन अरुको लागि गरें । यसमा पूर्णतः सन्तुष्ट छु । मेरो विरुद्धमा जो जो लागे उनीहरुलाई मैले पनि स्थान दिएँ । मेरो छातिमा चढेर लौरोले मेरो मुख घोचे मलाई गाली बेइज्जती गरे, यसमा पनि म खुसी छु । जसरी पृथ्वीमा जन्मेका प्राणीले पृथ्वीमै थुक्छन, कुल्चन्छन, मलमुत्र त्याग्छन । जुन थालमा खायो, त्यही थालमा थुक्ने परम्परा अहिले मात्र सृजना भएको हैन, धेरै अघिदेखि थियो । आफ्नै बच्चाले माकुरालाई आहार बनाउनु प्राकृतिक नियम नै हो । म यो व्यवसायलाई छोडेर कतै सामाजिक कार्य गर्नेछु । मेरो यस निर्णयले मेरा ग्राहक एवं शुभचिन्तकलाई पर्न गएको असुविधा र चोट प्रति हृदयदेखि नै क्षमा याचना गर्दै विदा चाहान्छु ।”

अंशुबर्माले यो पढ्यो उसले मलाई ठगी धन्दाबाट बचाएर उ पलाएन भएछ । अंशुबर्माले मेडमलाई पुनः सम्झियो यो खबर मेडमले सुनिन भने खुसी हुनेछिन । मेडमलाई फोन ग¥यो, “मेडम उ साच्चिकै अब चाही पलाएन भएछ । उसले सूचना पढेर सुनायो ।” तब मेडम बोलीन, “तेरो हजुर बाऊ कसरी पलाएन हुन्थ्यो । मैले काम गर्ने संस्थाको सल्लाहकार सदस्य नियुक्त भएको छ, एक रुपैया हिनामिना हुन दिएको छैन । संस्थामा हामीजस्ता एनि हाऊ पैसा कमाऊ भन्नेको ओठ तालु सुकिसक्यो ।” मेडमले जवाफ दिइन् ।
“अब के गर्ने त मेडम ?” अंशुबर्माले सोध्यो
“हामी नि विस्तारै सुधारीने, कम खर्चमा बाच्न सक्न बन्ने, कसैको लै लै मा नलाग्ने अर्काको विरुद्धमा कसैलाई उक्साउने, नहुँदो र नचाहिंदो सपना कसैलाई नदेखाउने । अर्काले मेहेनेत गरेको पैसामा राल नचुहाउने । नकरात्मक हैन सकरात्मकता तिर ढल्कने ।” मेडमले जवाफ दिइन ।

“उसो भए मैले नि कुटनिती गर्न छाडिदिएँ । अब मिठो सपना देखाएर अरुको पैसामा राज गर्दा वा एउटा झुण्डको नेतृत्व गर्दा नाम र दाम कमाइने हैन रहेछ हगि उसोभए । म पनि लागे मिहीनेत गर्न पृथ्वी रहुन्जेल प्रगति गर्न अरुलाई पलाएन गराउँछु भन्ने सोच खराब रहेछ ।” अंशुबर्माले बोल्यो ।
“हो नी अब सुध्रै हामी नी, मान्छेबाट गल्ति भै हाल्छ, तिमीले २० हजार लिएको ककस्को फिर्ता गर्न बाँकी छ । त्यो गरिदेऊ मलाई नि तिम्रो संस्थाबाट प्रमुख अतिथि बनेर खादा ओड्नु छैन, खाजा चबाउनु छैन, स्वदेश र विदेशमा बसेर श्रम गर्नेले पठाएको पैसा वा चन्दाबाट । प्रमुख अतिथि भएको फोटो फेसबुकमा नहालेरै लक्ष्मी प्रसाद, भानुभक्त, मोतिराम चर्चित भए ।”

“हो मेडम म पनि अब गल्ति गर्दिन धेरै कमाए अरुको श्रमबाट अब आफ्नै श्रमबाट कमाउँछु ।” अंशुबर्माले बोल्यो ।” लु भाई फोन राखें मेरो काम छ ।” मेडमले बोलिन

“ओके बाई मेडम । ”
अंशुबर्माले फोन राख्यो पुनः एकपटक सुचना पढ्यो मेहिनेती मान्छे पलाएन हैन झन अबसर पाएर चम्किदो रहेछ । न उसले कुनै झुण्डको नेतृत्व ग¥यो न अरुलाई मिठा सपना देखायो । सकेजति सबैलाईं सहयोग गरेर ब्यवसाय चलायो र उपयुक्त समयमा छाड्यो तर मलाई र म लगाएर अरुलाई फसाएन जति नि गाली बेइज्जती र हात हाल्दा समेत…..। मनमा यही सोच्दै ऊ बाटो लाग्यो । ੆

आइत, कार्तिक २१, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

विद्वानको कदर

कुनै एक शहरको टोलमा एक जना विद्वान बस्दथे /विद्वान आफ्नो बिषयमा निकै निपूर्ण थिए / उनको बिद्वातालाई सबैले प्रशंसा गर्दथे /राष्ट्र र अन्तरराष्टिय स्तरमा नै नाम चलेका थिए / उनको चर्चा परिचर्चा शहरको टोलमा मात्र सिमित नभएर राष्ट्र भरि नै फैलिरहेको थियो /टोलबासीले पनि निकै...

लघुकथा “संकेत”

शहरमा दाजु भाउजू सानाेतिनाे नाेकरी गरेर जीवन बिताईरहेका थिए । गाउँ बहिनी हान्ने साडे जस्तै मातिएर बसेकी थिई । वल्लाे गाउँ पल्लाे गाउँ जहाँसुकै उनकै कुरा हुुन्थ्याे । समाजमा याे छाेरीले नाक काटने भई । बा अामालाई पीर थियाे । जेठी छाेरीकाे बिहे भैसकेको थियाे...

लघु-कथा = “सनिवारे साहित्य”

एक हुल युवाहरूको समूह गोगबु चोकको मेघा बैक अगाडीबाट माइक्रोमा चढछन । माइक्रो सहयोगी आफ्नै लयमा कानमा ईयरफोन लगाएर गीत सुन्दै हुन्छ । घरि घरि BG मल, बसपार्क, माछापोखरी, बालाजु, बनस्थली, स्वयम्भू, सितापाइला, कलंकी भनेर भटटट भन्दै बडो चाख लाग्दो थियो उसको त्यो भट्याउने शैली...

सपनामा भगवानसङ्ग कुराभएका 

कथा नेपालको एउटा साह्रै पिछडिएको गाउँमा बसेका एकजना गरिब रहेछन् । उनको पेशा भने कृषि नै रहेछ । दिनभरि खेतमा काम गर्ने साँझ परेपछि घर आउने , घरमा राम्रो खाना खान पनि ज्यादै धौःधौ रहेछ । घरमा आई ढिंडो फाँडो जे छ खाइहाल्थे । थकाइले लखतरान परेर सुतिहाल्ने बानीरहेछ...

धनी र गरिबका गीती कथा

एउटा गाउँमा किसानी गर्ने विपन्न वर्गका तोरी फूले नामका एक किसान थिए । तिनले आफ्नु बारीमा तोरीको विउ छर्दथे तोरी उम्रेपछि पहेलो फुल्दथ्यो देखेर दङ्ग पर्दथे । आहा ! पहेलो फूल भनि रमाउथे मेरो घर पहेलो रङ कहिले होला छतमा बसेर कहिले हासौँला भन्ने कल्पना...

शारदा भुसालको वयानः बहिनी बनाएर लुटिएँ, छोरी बनाएर बलात्कृत भएँ

भ्ररष्टाचारविरोधी सामाजिक अभियन्ता शारदा भुसालले आफू किशोरी अवस्थामा त्राशदीपूर्ण यौन हिंसामा परेको र बलात्कृत भएको बताएकी छिन् । ‘धरातल’ नामको मोटो आत्मकथा नै लेखेर भुसालले यस्तो दाबी सार्वजनिक गरेकी हुन् । अर्घाखाँचीमा जन्मेर अहिले ४० वर्ष पुगेकी सामाजिक अभियन्ता भुसालले किन आफूमाथि बलात्कार भयो भन्ने लेखिन्...